पहिलो क्याडेडमा भारतलाई जितेर क्लबका प्रशिक्षार्थी सविन थापाले गोल्ड मेडल ल्याए । बंगलादेशमा भएको दोस्रो क्याडेडमा क्लबकै प्रशिक्षार्थी युवराज साहु, दीपा गुरुङले दुईवटा गोल्ड मेडल र रेखा सुनारले रजत पदक जितेर ल्याइन् । भुटानमा भएको तेस्रो क्याडेड च्याम्पियनसशीपमा रेखा सुनार र युवराज साहुले दुईवटा गोल्ड मेडल ल्याए । भर्खरै ओलम्पिक खेलेर आएकी सोनिया भट्टले पनि २०१८ सम्म सोही क्लबमै प्रशिक्षण गरेकी थिइन् । यी सबै उपलब्धिका पछाडी खेलाडीसँगै अथक मिहिनत छ विजय गुरुङको ।
भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस् ।
विक्रम बुढाक्षेत्री
खजुरा, २४ साउन
विजय गुरुङ आफूले सानोमा जुडो खेल्दाका दिन सम्झन्छिन्, ‘कुनै समय नेपालगन्ज गेम खेल्न जाँदा अरुले टिकिया र चना खाएको हेरेर थुक निल्दै घर आउनुपथ्र्याे ।’ उनले आफैले भोगेको त्यो तीतो अनुभव आफ्ना प्रशिक्षार्थीहरुले नभोगुन् भनेर उनले क्याम्पमा परेको बेला खेलाडीहरुलाई अण्डा र चना बच्चाहरुलाई खुवाउने गरेको बताउँछन् । ‘हामी त्यस्तो बेला पहिले नै डाइटको व्यवस्था गरेर तयारी अवस्थामा रहन्छौँ ।’
बाँकेको खजुरामा रहेको मंगोलियन जुडो क्लबका प्रशिक्षक गुरुङका कारण खजुरा जुडो खेलको हब बन्ने बाटोमा छ । पहिलो क्याडेडमा भारतलाई जितेर क्लबका प्रशिक्षार्थी सविन थापाले गोल्ड मेडल ल्याए । बंगलादेशमा भएको दोस्रो क्याडेडमा क्लबकै प्रशिक्षार्थी युवराज साहु, दीपा गुरुङले एकवटा गोल्ड मेडल साथै साग खेलकुदमा कास्य पदक (टीम एभेन्टमा) र रेखा सुनारले कास्य जितेर ल्याइन् । तेस्रो क्याडेड च्याम्पियनसशीपमा रेखा सुनार र युवराज साहुले दुईवटा गोल्ड मेडल ल्याए । साउथ एसियन गेममा दुईवटा कास्यपदक ल्याउने खेलाडी मंगोलियन जुडो क्लबकै प्रशिक्षार्थी हुन् । भर्खरै ओलम्पिक खेलेर आएकी सोनिया भट्टले पनि २०१८ सम्म सोही क्लबमै प्रशिक्षण गरेकी थिइन् । यी सबै उपलब्धिका पछाडी खेलाडीसँगै अथक मिहिनत छ विजय गुरुङको ।
हालै नेपालबाट छनोट भई क्लबमा आवद्ध दुईजना खेलाडी स्वीट्जरल्याण्ड प्रशिक्षणको लागि गएका छन् ।
मंगोलियन जुडो क्लब
हाल दुई सिफ्टमा ८० जनाभन्दा बढी प्रशिक्षार्थी गुरुङबाटै प्रशिक्षण लिइरहेका छन् । कोरोनाको समयमा पनि निरन्तर शिक्षण भइरहेको छ । ‘अझै कतिपय खेलाडी बोलाउन सकिएको छैन,’ गुरुङ भन्छन् । त्यसपछाडीको कारण हो क्लबसँग हल छैन । स्थानीय ज्ञानोदय माविले एउटा कोठा दिएको छ । सोही कोठामा उनले खेलाडीहरुलाई प्रशिक्षण गराइरहेका छन् । हलमा २० जनाले पनि राम्ररी खेल्न सक्दैनन् । म्याटलाई १० देखि १५ लाख पर्छ । जुन जुडो संघले सहयोग उपलब्ध गराएपछि संभव भएको हो ।
अहिले उनले खेलाडीलाई विशेषगरी नवौँ राष्ट्रिय खेलकुद र २०२३ मा पाकिस्तानमा हुने साफ गेमको लागि तयारी गराईरहेका छन् ।
अहिलेसम्म प्राप्त सबै नतिजा हेर्दा खजुरा जुडोको हब भइसकेको गुरुङ बताउँछन् । खजुरालाई जुडोको हब बनाउने उदेश्यले नै उनी विसं. २०५८–५९ देखि नेपालगन्जमा प्रशिक्षण गर्न छाडेर खजुरामा आएका थिए । उनी त्यसपछि निरन्तर साँझबिहान प्रशिक्षणमा खटिइरहेका छन् । तर, उनको त्यो खटाई पूर्णतया स्वयंसेवी हो । उनले जुडोको प्रशिक्षण गराउन थालेको भने २०५१–५२ सालदेखि नै हो । तर प्रशिक्षणको लागि उनले कुनै औपचारिक तालिम लिएका छैनन् । अरुले गराएको हेर्ने र युट्युब हेरेर प्रशिक्षण गराउँदै आएको उनी बताउँछन् । तर, इमान्दारीपूवर्क आफूमा भएको सीप प्रशिक्षार्थीहरुलाई दिइरहेको उनको भनाई छ । ‘मैले नेपालगन्जमा प्रशिक्षण गराउँदा पनि उत्तिकै प्रशिक्षार्थी थिए । अहिले यहाँ पनि त्यस्तै छन् । रिजल्ट पनि राम्रो छ,’ उनी भन्छन्, ‘तर अब भने आफूलाई थप निखार्न जरुरी लागेको छ । त्यहीअनुसार तालिमका लागि जुडो संघमा कुरा राखेको छु ।’
खेलाडीको संख्यासँगै खजुरामा क्षमतावान् खेलाडीहरु पनि उत्तिकै रहेको गुरुङले बताए । ‘अहिले हाम्री प्रशिक्षार्थी वाइल्ड कार्डबाट ओलम्पिकमा सहभागी हुन पाइन् । अब डाइट र खेल्ने ठाउँ राम्रो भयो भने प्रतिशस्पर्धाबाटै छनौट गराउन सकिन्छ,’ उनले दृढ विश्वास व्यक्त गरे । खजुरा क्षेत्रमा अहिले आर्मी र पुलिसपछि मंगोलियन जुडो क्लबमा क्षमतावान् खेलाडी रहेको उनको दावी छ । बाहिर गएर खेल्ने कम्दी र मंगोलियन जुडो क्लबकै हुन्छन् । क्लबका प्रशिक्षार्थीहरु ओलम्पिक खेल्नु र वैदेशिक प्रशिक्षणमा जानु धेरै गर्वको कुरा भएको गुरुङले उल्लेख गरे ।
प्रशिक्षणमा
स्थानीय सरकारसँग गुनासो
खजुरामा प्रतिभावान् खेलाडीहरु प्रशस्त भएपनि स्थानीय सरकारबाट भने पर्याप्त सहयोग नपाइएको गुरुङ बताउँछन् । ‘वडा नम्बर ३ ले राम्रो सहयोग गरेको छ । तर, गाउँपालिकाबाट सहयोग पाइएको छैन,’ गुरुङले भने । हाल क्लब आफ्नो व्यक्तिगत लगानी र साथीभाइको सहयोगबाट चलिरहेको उनको भनाइ छ । ज्ञानोदयले हल दिएर क्लबलाई ठूलो गुन लगाएको छ । त्यसका लागि उनी विद्यालयप्रति आभार व्यक्त गर्छन् ।
हलकै लागि उनले गाउँपालिकासँग लामो समयदेखि जग्गा माग गर्दै आएको बताए । गाउँपालिकाले जग्गा पनि दियो । तर उक्त जग्गा विवादित रहेछ । उनी गाउँपालिकाले राजनीतिक पूर्वाग्रह नराखी नतिजाका आधारमा सहयोग गर्नुपर्ने बताउँछन् । ‘सबै क्लबलाई राखेर हेर्नुहोस् आफ्नो जिल्ला, क्षेत्र र राष्ट्रको लागि के गरिरहेका छन् । त्यसकै आधारमा सहयोग गर्नुहोस्,’ उनले हात जोड्दै भने ।
गाउँपालिकाले खेल क्षेत्रमा प्रशस्त लगानी गरेपनि उपयुक्त क्षेत्रमा हुन नसकेको उनको बुझाई छ । ‘कतिपय खेलका भवन भएपनि खेलाडी छैनन् । हामीकहाँ खुट्टा टेक्ने ठाउँ छैन । हल नहुँदा खेलाडी र विद्यार्थीहरुलाई समस्या छ,’ उनले थप प्रष्ट्याए ।
उनी निराश भने छैनन् । फेरि गाउँपालिकामा सहयोगका लागि अनुरोध गर्ने उनले बताए । गाउँपालिकाले पनि क्लबले दिएको नतिजाका आधारमा सहयोग गर्ने उनको विश्वास छ ।