म असभ्य नागरिक
Sunday, August 29th, 2021, 12:45 pm
Kalpristha
समिर शाही
कोठाबाट बिहान निस्किएपछि प्राय म दिनभर बजार तिर नै हुने गर्दछु । कहिले चिया पसल, कहिले सडकमा हिँडिरहेको अवस्थामा हुन्छु । आफूद्वारा सिर्जित फोहोरसमेत स्थानीय सरकारी निकायले व्यवस्थापन गरिदियोस भन्ने मेरो बानीले मलाई असभ्य नागरिकको संज्ञा त दिएका छैन ।
मेरो दैनिकी सधाझै आज (शनिबार) उस्तै रह्यो । बस शनिबार भएकाले अरु दिनजसो म बेस्त भने भइन् । व्यक्तिगत कामदेखि कोठा सरसफाइलगायतका काममाम म आफैंले आफूलाई व्यस्त बनाइ रहेँ । यसैबीच मेरो मानसपटलमा म र मेरो समाजको वर्तमान अवस्थाका केही घटना झ–झलकियो र म आफैँलाई प्रश्न गर्न पुगेँ ।
म सभ्य की असभ्य नागरिक ?
अरुको देखासिखीमा मइले गर्ने कृयाकलापले समाजप्रति हुने समस्या र मेरो असभ्य व्यवहार तिर मेरो ध्यान गयो ।
म सदाझै बिहान करिब ५ बजे तिर बिउँझिन्छु । सधाझै मैिनङ वाल्कको लागि वाटर पार्क निस्किने गर्छु । नेपालगन्ज बाँकेमा कोरोनाको लहर त्यस्तै छ । बिना माक्स निस्कने गर्दछु । प्राय सबै म जस्तै बिना माक्स नै बाटो भरी हिँडिरहेको देख्छु । माक्स लगाउन पर्छ भन्ने मलाई थाहा छ । तर किन म त्यो गरिरहेको छु, आफँैलाई प्रश्न सोध्न मन लाग्ने गर्दछ ।
किन म अबुझ बनेको छु ? थाहा भई–भई किन मैले आफ्नो स्वास्थ्यको ख्याल गर्न सकेको छैन ? यो विषयमा मलाई कसैले आएर माक्स लगाएर हिड् भन्नु पर्ने होर ।
दिउँसोको समयमा पनि नेपालगन्जमा एकहातले मात्र मास्क प्रयोग गरेको देख्छु । त्यसमा पनि कतिको मास्क त चिउँडोमुनि हुने गर्दछ ।
गरिबले फोहोर उठाउँदा नराम्रो नामाकरण गर्ने मेरो समाजमा म पनि त्यस्तै रहेछु । यहाँ फोहोर व्यवस्थापन गर्नको सट्टा आफँैले फोहार गर्दै हिँडेको हुन्छु ।
कोठाबाट बिहान निस्किएपछि प्राय म दिनभर बजार तिर नै हुने गर्दछु । कहिले चिया पसल, कहिले सडकमा हिँडिरहेको अवस्थामा हुन्छु । आफूद्वारा सिर्जित फोहोरसमेत स्थानीय सरकारी निकायले व्यवस्थापन गरिदियोस भन्ने मेरो बानीले मलाई असभ्य नागरिकको संज्ञा त दिएका छैन ।
हेर्दा साना झिनामसिना देखिने चाउचाउ, चकलेटका खोल जस्तै अन्य फोहोर पनि यस्तै फ्याक्ने मेरो बानी । प्राय चियाको प्लाष्टिकका गिलास, बाटोमा रहेका ठेलागाडामा बनाइने फास्टफुडका कागजका प्लेट अरुले झै जता पाए त्यतै मिल्काउने बानी परेको छ मलाई ।
ट्रफिक नियम उल्लघंन पनि मेरो असभ्य व्यवहारमा पर्ने गर्छ सायद । नेपालगन्ज शहरको चोक–चोकमा ट्राफिक बसेको हुन्छन भन्ने मेरो भ्रम र बसे पनि नदेखिने गरी बस्छन् भनेर होला सायद । मैले सवारीसाधन चलाउँदा पटक–पटक नियम उल्लघंन गरे जस्तो लाग्दछ । अरुले झै मेरोपनि ट्रफिक नियम पालना गरी पर्किङ गर्ने बानी बसेको पाउँदिन । मसँग त्योभन्दा अरु विकल्प नभएको महसुस गरेको हुन्छु ।
म एउटा मोटरसाइकल चालक भएर मेरो सुस्त गतिमा मोटरसाइकल चलाउने बानी परेको छैन । कहिले कसो त ट्राफिकलाई छलेर तीनजनासमेत सवारी गरेको हुन्छु । मलाई हतार भएसम्म बाटो क्रस नगर्ने ठाउँबाट पनि क्रस गरिरहेको हुन्छु ।
धम्बोजी चोकदेखि उत्तरतर्फ ठेलामा सब्जी बेच्न राखिएको हुन्छ जुन प्राय ठेला बिच सडकमा हुन्छ । सबैले बिच सडकमै आफ्नो सवारीसाधन रोकेर किनमेल गरेको देख्छु अनी मैले पनि त्यस्तै गर्ने गरेको हुन्छु । मनमा सडकका यस्ता व्यापारले गर्दा त्यहा सडक जाम भएको देख्छु मन खिन्न हुन्छ तर मैले पनि लहै–लहैमा अरुले जे गरेको हुन्छ त्यही गरको हुन्छु ।
भनिन्छ सभ्य मानिसको पहिचान सफा र स्वच्छ वातावरण राख्नुमा हुन्छ । तर म मेरो समाजका मानिसको देखासिखी र आफ्नै मनमानीमा जीवन बिताई रहेको छ । सायद म असभ्य नागरिक नै हु ।