मजदुरलाई खुसी दिने थलो बन्दै रामलिला मैदान
Friday, March 11th, 2022, 7:05 am
Kalpristha
रजनी योगी
नेपालगन्ज, २७ फागुन
नेपालगन्जको रामलिला मैदान यहाँको प्रख्यात स्थल हो । प्ररम्परागत रुपमा हरेक वर्ष नवदुर्गाको मुर्ति राखेर नाटक मन्चन गर्ने थलो हो रामलिला । नगरवासी धेरैका लागि विहान शारीरिक अभ्यास गर्ने थलो पनि हो । तर आज भोली रामलिला मैदानमा केहि फरक दृश्य देख्न सकिन्छ एका बिहानैं । विहानीको उदयसँगै मानिसको भिड लाग्न सुरु हुन्छ । ति भिडमा आउने मानिसहरुको चिन्ता हुन्छ आज काम पाइन्छ कि पाइदैन भन्ने । थु्रपै कामदारहरुको दैनिक गुजारा चलाउन जोहो गर्ने स्थल बनेको छ अहिले रामलिला मैदान । विहानै देखिने मानिसहरुको भिडलाई नियाल्ने हो भने मिश्रित अनुहार देखिन्छ ।
मिठो मुस्कान सहित दैनिक काम खोज्न आउने काममा पाउँदा खुसी हुँदै जान्छन । तर केहि भने काम नपाएपछि निरास हुँदै घर फर्कन्छन । उनीहरुको मुहार काम पाउँदा खुसी र नपाउँदाको चिन्ता प्रस्त देखाउँछ मुहारले । एक किसिमले भन्ने हो भने रामलिला मैदानले हजारौं कामदारको मुहारमा खुसी दिएको छ ।
काम खोज्न थुप्रै कामदारहरु बिहानैदेखि लस्करै लागेर मानिसहरु उभिनु त्यहाँको दैनिक हो । विगतमा त्रिभुवन चौकमा लाग्ने भिड अहिले यता लाग्न लागेको हो ।
दैनिक ज्याला मजदुरी गरेर दैनिकी गुजार्नेहरुलाई त्यहाँ देख्न सकिन्छ । दैनिक ५ देखि ८ घण्टा काम गर्ने कामदारहरु कामदार खोज्दै आउने साहुलाई कुरेर बसिरहेका हुन्छन् । बिहानको समयमा लगभग २ सय जती त्यस्ता कामदारहरुलाई देख्न सकिन्छ ।
रामलिला मैदानमा काम खोज्न आउने कामदारहरु नेपालगन्जका स्थानीय कामदार, बर्दिया लगायत भारतबाट समेत आउने गर्दछन् । दैनिक बिहानै ७ बजेदेखि काम पाउने आशामा बस्नुपर्छ यदी काम पाईएन भने खाली हात घर फर्किनुपर्ने हुन्छ, भारतबाट कामको खोजीमा आएका एकजना मजदुरले बताए । उनले भने, ‘दिनमा ८ घण्टा काम गर्दा ६÷७ सय मात्र रुपैयाँ पाईन्छ तर कहिले काँही त्यही काम पनि नपाईने हुँदा खाली फर्किनुपर्छ ।’
यसरी दैनिक काम खोज्ने आउनेहरु पुरुष कामदार मात्र नभई महिला कामदारहरु पनि हुनुहुन्छ । कामको सिलसिलामा नेपालगन्जमा डेरामा बस्दै आएकी बर्दियाकी एक महिला मजदुर भन्छिन, ‘बर्दियामा काम पाईएपनि भने जती पैसा पार्इँदैन त्यसैले नेपालगन्जमा बसेर काम गर्नेगरेको छु । कहिले काम पाईन्छ त कहिले पार्इँदैन । यसरी गरेको कामबाट आएको पैसाले कोठा भाडा तिर्ने, तरकारी किन्ने लगाय काममा खर्चमा सहयोग भएको छ ।’
आफुले घरायसी काम लगायत ईट्टा, गाहे बोक्ने काम गर्छु त्यही पनि कहिले पाईन्छ कहिले पाईँदैन, काम नपाएको दिन कोठामा दिनभर खाली बसेर दिन बित्ने गरेको उनीसँग पनि तितो अनुभव छ ।
पुरुषलाई जसरी महिलालाई काम गर्न त्यती सजिलो भने छैन तर दैनिक यसरी काम गर्नुको विकल्प पनि छैन । न त राम्रो पढाई लेखाई छ न त कुनै आफ्नो व्यापार व्यवसाय नै छ जागिर भने पनि व्यवसाय भने पनि आफ्नो लागि सबै थोक यही काम भएको कामदारहरु बताउँछन् ।
स्थानीय सरकारले आफुलाई अहिलेसम्म कुनै किसिमको सहयोग नगरेको कामदारहरुको भनाई छ । आफ्नै गाउँठाउँमा काम पाए गाउँ छोडेर काम गर्नकै लागि बाहिर डेरा गरेर बस्नु बाध्यता नरहने डेरामा बस्दै आएका कामदाहरु बताउँछन् ।