बाँके फुटबलका चुनौती र अवसरहरु
Monday, March 14th, 2022, 9:05 am
Kalpristha
जी. थापा
नेपालगन्ज, ३० फागुन
कुनै बेला यस्तो पनि समय थियो जुन बेला नेपालको राष्ट्रिय टोलीमा भेरी अञ्चलबाट खेलाडी छनौट गर्दा बाँकैकै खेलाडीको वर्चश्व हुन्थ्यो । नेपाल फुटबल संघ एन्फाको ड्रिम प्रोजेक्टको रुपमा एन्फा एकेडेमी र गोल प्रोजेक्टजस्ता योजनाहरु संचालन हुनुपूर्व अर्थात् ४० को दशकमा बाँके जिल्लाले धेर थोर रुपमा राष्ट्रिय खेलाडी छनौटमा प्रभाव जमाएको मानिन्थ्यो ।
बाँकेमा धम्बोझी, आदर्शनगर, खजुरा, सैनिक, घरबारी टोल, फुटबलको लागि निकै चर्चित क्षेत्रहरु हुन् । तीमध्ये पुराना क्लबहरुमा धम्बोझी स्पोट्स क्लब र खजुराको न्यू डाँफे स्पोट्स क्लबले मात्र फुटबललाई निरन्तरता दिइरहेका छन् ।
त्यो बेलाको चर्चित क्लबहरुमध्ये ब्याइज युनियन क्लब, आदर्शनगर फुटबल क्लब अहिले अस्तित्वमै छैनन् ।
अहिले नेपालगंज रंगशालामा चलिरहेको बाँके लिग फुटबल प्रतियोगितामा बाँके जिल्ला फुटबल संघमा आबद्ध धम्बोझी क्लब, कारकाँदो क्लब, ओशोनिक क्लब, मिलन युवा स्पोट्स क्लब, रेसिङ्ग सहारा क्लब, मोडेल टिम, बुद्ध युवा क्लब, जय किसन स्पोट्स क्लब, न्यू डाँफे स्पोट्स् क्लब, यूनाइटेड युथ क्लब र नवदुर्गा युवा क्लब गरी ११ वटा प्रतिस्पर्धा गरिरहेका छन् ।
लिगमा प्रतिस्पर्धी कतिपय क्लबहरुमा दर्ता गरेका खेलाडीहरु खेल्न नआउँदा शुरुवाती ११ खेलाउने खेलाडीको समेत अभाव देखिएको छ । हाल भइरहेको लिगमा ११ वटा क्लबहरुले झण्डै १ सय ७० को हाराहारीमा खेलाडीहरु मैदानमा उतारेका छन् । जसमा झण्डै ७० प्रतिशत खेलाडीहरु उमेर समूहमा प्रतिनिधित्व गर्ने उमेरका खेलाडीहरुले लिगमा प्रतिस्पर्धा गरिरहेका छन् । अहिले लिगमा खेलिरहेका युवा खेलाडीहरुलाई राम्रोसँग पहिचान गर्नसके मोफसलहरुमा हुने गोल्डकप प्रतियोगिताहरुमा सहभागिता गराउन राम्रो अवसर बनेको छ ।
जिल्लामा प्रतियोगिताहरु जति हुन सक्यो, नयाँ खेलाडीहरु उत्पादन हुने सम्भावना पनि त्यति नै हुन्छ । त्यसमा पनि जिल्लाको प्रतिनिधित्व गरेर लिग खेल्दै गरेका खेलाडीहरुमा राम्रो खेल प्रदर्शन गर्ने र खेल जीवनलाई सुखद बनाउने अभिप्राय बढी नै हुन्छ । खेलाडीको हौसला र मनोबल बढाउनका लागि फुटबलको अभिभावक संस्था एन्फाको जिम्मेवारी र भूमिका पनि उत्तिकै हुन्छ । प्रतियोगिता संचालनको दौरान हुनसक्ने अमर्यादित र गैरअनुशासित गतिविधिहरु हुन नदिन आयोजक सधैं चलाख बन्नुपर्दछ । खेलमा हार जित हुन्छ । यो विश्वव्यापी मान्यता नै छ । कहिलेकाही जित्ने र हार्ने विषयलाई लिएर वितण्डा मचिइन्छ ।
यस्तो अमर्यादित गतिविधिले अन्ततः फुटबलकै हार हुन्छ । कहिलेकाही आपूmले हारेर पनि फुटबललाई बचाउने आँट गर्नुपर्छ । फुटबल फिजिकल खेल भएकोले धक्का मुक्का हुनु अस्वभाविक होइन । खेल्ने क्रममा कमीकमजोरी हुन्छन् । ९० मिनेटमा राम्रै होला भन्ने छैन् । अप्रिय निर्णयहरु पनि हुन सक्लान् ।
यस्तोमा आत्मसंयमी बनेर स्वयँ समालिनु नै सबैभन्दा ठूलो जित हो ।
फुटबल प्रतियोगितालाई सम्भवतः चुनावी राजनीतिले नराम्रोसँग पिरोलेको छ । एन्फाको आगामी चुनाव नजिकिँदै जाँदा फुटबल क्लबहरु र एन्फा पदाधिकारीहरुबीच माहौल बिग्रने भयले कोही कसैसँग कुनै किसिमको जोखिम लिन चाहिरहेका छैनन् । यसको प्रत्यक्ष असर जिल्ला लिग प्रतियोगिता संचालनमा देखापरेको छ ।
खेल अनुशासन र मर्यादासँग जोडिएका प्रसंगहरु सामसुम पार्नमै समय खर्चदा लिग कार्यतालिका अनुसार खेलिने खेलको समय तल माथि भइरहेको छ ।
भिजन बिनाको फुटबल मुख्य चुनौती ः बाँके जिल्लामा फुटबलको लागि पूर्वाधार नभएको होइन । गाउँ गाउँमा काठकै पोल बनाएर भएपनि विद्यालय र गाउँ टोलमा फुटबल गराउँदै आएको अवस्था जगजाहेर छ । नेपालगंज रंगशालामा वर्षौ अघिदेखि फुटबल भइरहेको छ । धम्बोझीस्थित विशालनगरमा फुटबल एकेडेमी संचालनमा आएको छ ।
कोहलपुरमा पनि फुटबल एकेडेमी संचालनको लागि अध्ययनको क्रममा छ । खजुरास्थित डी गाउँमा मिनी रंगशाला निर्माणकै क्रममा छ । खेलकुदसम्बन्धी भौतिक पूर्वाधार र जनशक्तिको दृष्टिकोणले बाँके जिल्लालाई सशक्त मानिएको छ ।
त्यतो हो भने भौतिक संरचनाहरुबाट कसरी फाइदा लिने ? फुटबललाई व्यवस्थित बनाउन के कस्तो योजनाहरु संचालन गर्ने ? खेलाडीलाई अनुशासित र मर्यादित बनाउन के कस्तो कार्यशाला गोष्ठी संचालन गर्ने ? चोटग्रस्त खेलाडीहरुको पुनस्र्थापना र मनोपरामर्श सेवाहरुले के कस्तो अर्थ राख्दछ ? यी यावत प्रश्नहरुको प्रतिउत्तर खोज्न हामी कत्तिको उत्साहित छौं भन्ने कुराले धेरै हदसम्म भूमिका खेल्दछ । राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भनेर बसिरहँदा बाँकेमा फुटबल नै थला पर्ने अवस्था आइसकेको छ ।
स्थानीय क्लबहरुसँग योजना छैन् । एन्फाले लिग हुँदैछ भनेर टाइ सीट निकालेको भरमा क्लबहरुले खेलाडीहरु जम्मा गर्ने र सिधैं मैदानमा खेलाडीहरु उतार्ने अवस्था छ । कुन खेलाडीले कुन पोजिशनमा खेल्ने हो, कुन खेलाडीले कस्तो परफरमेन्स गर्ने हो भन्ने बारेमा क्लबका प्रशिक्षक र पदाधिकारीहरु नै अनविज्ञ छन् । एउटा खेल खेलेको खेलाडी अर्को खेलमा अनुपस्थित हुने र खेलाडी नपुगेर ९ जना खेलाडी उतारेको तितो अनुभवहरु देखिएका छन् । यस्तो अवस्थामा कसरी क्लब र खेलाडीको विकास हुन्छ ?
अर्को लिगमा कम्तिमा पनि यी यस्ता बेतिथिहरु नदोहोरिउन भन्नका लागि एन्फा पदाधिकारी र क्लबहरुबीच समन्य हुनु जरुरी छ । जिल्ला लिग संचालन भएबाट के कति खेलाडीहरु लाभान्वित हुन सकेका छन् । उनीहरुको खेल हैसियत के कति हदसम्म उकासिने अवस्था छ । यी कुराहरुको अध्ययन र प्mलो अप मात्र हुन सके पनि आगामी प्रतियोगिताहरुमा सुधार हुनसक्ने अनुमान गर्न सकिन्छ । सकिन्छ भने, आगामी कार्यकालको लागि आउने एन्फा नेतृत्वले भिजन सहितको योजना ल्याउन सके लिगको महत्व अझैं बढेर जानेछ ।
नयाँ खेलाडी उत्पादनको सम्भावनाहरु ः
जिल्लामा हुने लिग प्रतियोगिताले धेरै सम्भावनाहरु बोकेको हुन्छ । दाङ्गको आकाश बुढामगर, बाँकेको दिपकसिंह ठकुरी, विजय ठकुरीले जिल्ला लिगबाटै खेल्दै यसै सिजनको ए डिभिजन लिगमा खेल्ने अवसर पाए । यी केही उदाहरणहरु मात्र हुन् । जिल्ला लिग खेलेर उदाएका धेरै अन्य खेलाडीहरु अहिले राष्ट्रिय टोलीमा अटाएका छन् ।
वर्षेनी हुने यस्ता प्रतियोगिताबाट नयाँ प्रतिभावान खेलाडी उत्पादन भइरहेको हुन्छन् । ती खेलाडीहरुलाई राम्रो मौका दिन सके उनीहरुको नेपालभित्र वा छिमेकी मुलुकहरुमा व्यावसायिक फुटबलको शुरुवात गर्न सक्छन् ।
अहिले देशभर ए डिभीजनदेखि सी डिभिजनका लागि धेरै क्लबहरुलाई सयौंको संख्यामा खेलाडीहरु खाँचो छ । अहिले माथिल्लो स्तरको नेपाल सुपर लिगको लागि राम्रा खेलाडीहरुको अंसनको लागि हान थाप चलिरहेको छ ।
यी यस्ता खेलको लागि आगामी दिनमा थुप्रै खेलाडीहरु चाहिन्छन् । यस अर्थमा बाँके जिल्ला लिग प्रतियोगिताबाट पनि राम्रा खेलाडीहरु उत्पादन हुन सक्ने प्रशस्त सम्भावनाहरु छन् । यदि आयोजकले राम्रा खेलाडीहरु उत्पादनतर्पm ध्यान पु¥याउन सके वास्तवमै यस प्रतियोगिताको ठूलो सफलता मान्न सकिन्छ । होइन भने, खेलाडीहरु आउने, जाने क्रमः मात्र चलिरहने छ । यसले नेपाली फुटबललाई खासै फाइदा पुग्ने देखिन्न ।
खेलाडीहरु पनि मन लागे खेल्न आउने, मन नलागे घाँस दाउरा गर्न जाने अवस्था आउन सक्छ । बेराजगारीले पिरोलेको नेपाली युवा पुस्तालाई खेलेर बाँच्न सक्ने र सम्मानजनक जीवनयापनको लागि फुटबल पनि एउटा आधार बन्न सक्छ भन्ने कुरामा आश्वस्त नपारेसम्म फुटबल चलायमान हुने निक्कै कठिन छ । खेलकुदमा व्यावसायिकताको सोच नआएसम्म लटर पटर तरिकाले फुटबल चलाउन खोज्नु भनेको युवा पुस्ताको करियरमाथि नै हस्तक्षेप गरेको बुझाई हुन्छ ।
खेलकुदको माध्यमबाट अवसर प्राप्त गर्न सकिन्छ भन्ने खेलकुदमा अभिभावकत्व गरिरहेको नेतृत्व तहबाट युवा पुस्ताले ठूलो आस गरिरहेको हुन्छ । यसतर्पm जिम्मेवारी निकाय गम्भिर हुनैपर्छ । त्यसपछि मात्र सुन्दर फुटबल र उत्कृष्ट फुटबलको आशा गर्न सकिन्छ ।