जूनोटिक रोक नियन्त्रण गर्न कठिन
Wednesday, March 23rd, 2022, 9:23 pm
Kalpristha
बुधबार नेपलगन्जमा पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पशुजन्य जिवबाट सर्ने जूनोटिक रोगअन्तर्गतका किटाणुको नियन्त्रण गर्न कठिन भएको जनाइएको छ ।
द ब्रुक हस्पिटल फर एमिमल्स, युकेको सहयोगमा संचालित कार्यक्रमका सहभागीहरुले हाम्रै कारणले जूनोटिकलाई बढवा मिलेको बताएका छन् ।
कार्यक्रममा सरोकारवालाहरुसँग पशुबाट मानिसमा र मानिसबाट पशुमा सर्ने रोग विषयमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा जानकी गाउँपालिका, डुडुवा गाउँपालिका, बैजनाथ गाउँपालिका, राप्ती सोनारी गाउँपालिका, नेपालगन्ज उप–उपमहानगरपालिका र विभिन्न कार्यालयका प्राविधिकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जूनोटिक रोगको अवस्थाका बारेमा बताउँदै पशु क्वारेन्टाइन नेपालगन्जका वरिष्ठ पशु चिकित्सक डा. विनय कुमार कर्णले जूनोटिक रोग बढ्नुमा मानिस स्वयम् जिम्मेवारी रहेको बताए । उनले भने, ‘जूनोटिक रोग नियन्त्रण गर्न समाजका सबै व्यक्तिहरुमा सहजीकरण, सञ्चार र समन्वय हुन जरुरी छ । एकजनाको प्रयासले मात्र यो सम्भव छैन ।’
कार्यक्रममा बोल्दै पशु क्वारेन्टाइन नेपालगन्जका वरिष्ठ पशु चिकित्सक डा। विनय कुमार कर्ण
डा. कर्णले एक स्वास्थ्य र जूनेटिक अवधारण बताउँदै वातावरणीय, मानवीय स्वास्थ्य र पशु स्वास्थ्य एक रहेको बताए । उनले वातावरणको सबै प्राणीको स्वास्थ्य अगल नभएर एउटै रहेको बताए ।
कर्णले कार्यक्रममा मानिसमा लाग्ने एक हजार चार सय १५ प्रकारका सुक्ष्म रोवाणु जन्य रोगहरुमध्ये ६० प्रतिशत रोग पशुबाट सर्ने बताए । उनले जूनेटिक रोग बढ्नुको प्रमुख कारण मानिस र जनावरको प्रत्यक्ष सम्बन्ध रहेको बताए ।
‘हाम्रो समाजको प्राय घरमा गाई, बाख्रा, कुकुर, कुखुरालगायतका पाल्तु जनावर आफूसँगै पालेका हुन्छौं । तीनहरुको सम्पर्कमा हामी भई रहने भएका कारण जूनेटिक रोग उनीहरुबाट हामीमा सर्ने धेरै सम्भावना हुन्छ,’ डा. कर्णले बताए ।
उनले फोहोरमैला व्यवस्थापन नहुँदा पनि जूनोटिक रोग सर्ने बताए । साथै वन विनास, बढ्दो जनसंख्या, बढ्दो आवात जावतले पनि जूनोटिक रोगलाई प्रभाव पारेको कर्णले बताए ।
कर्णका अनुसार नेपालमा जूनेटिक रागेसँग सम्बन्धित जूनोटिक इन्फ्लुएस, रेबिज, कोरोना भाइरस, लेप्टो स्पाइरोसिस, ब्रुसेल्लोसिस, क्षयरोग आदिको प्रभाव धेरै रहेका छन् । जसमध्ये क्षयरोगबाट मात्रै बाँकेमा वर्षेनि एक हजार तीन सय बढी व्यक्ति प्रभावित हुन्छन् ।
कार्यक्रममा उपस्थित सहभागीले जूनोटिक रोग नियन्त्रण गर्न नेपाल सरकारले निर्माण गरेको २०७६ को कार्यान्वयनले मात्र नहुने बताए । उनीहरुले ग्रामीण क्षेत्रमा रहेका पशुपालकलाई जूनोटिक रोग र यसका बारेमा थाहा नभएकाले उनीहरुलाई यस विषयमा जानकारी दिनुपर्ने बताए ।
त्यस्तै पशुपालनकर्तालाई व्यवस्थित पशुपालनका विषयमा जानकारी गराउने । छाडा छोडिएका जनावरलाई नियन्त्रण गर्न स्थानीय निकायले कडा कानुनु बनाउनपर्ने सुझाएका थिए ।