घोराहीमा फोहरबाट ग्याँस उत्पादन
Wednesday, May 11th, 2022, 5:52 pm
Kalpristha
लिलाधर वली
दाङ, २८ वैशाख
घोराही उप–महानगरपालिकामा फोहरबाट ग्याँस उत्पादन गरेर उपभोक्ताको घरघरमा पु¥याउने तयारी गरिएको छ । फोहरबाट उत्पादन भएको ग्याँस स्थानीय उपभोक्ताको घरघरमा पु¥याउनका लागि पाइप विस्तारको काम भैरहेको बायो ग्याँस प्लान्टले जनाएको छ ।
उपभोक्तालाई वितरण गर्ने ग्याँसको पाइप आइककाले अहिले उभोक्ताहरुको घरघरमा ग्याँस पु¥याउने गरि काम सुरु भएको बायो ग्याँस प्लान्टका म्यानेजर हरिशरण श्रेष्ठले जानकारी दिएका छन् ।
उनका अनुसार एक महिना अघि ग्याँस उद्घाटन भएपनि प्राविधिक समस्याका कारण ग्याँस वितरणमा ढिलाई भएको थियो ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र नेपाल उर्जा विकास कम्पनी प्रा.लि. र घोराही उपमहानगरपालिकाबीच त्रिपक्षीय सहकार्यमा फोहरबाट ग्याँस उत्पादन गर्न थालिएको हो । त्रिपक्षीय सम्झौता २०७५ मंसिर ५ गते सम्झौता भएको थियो ।
फोहरबाट ग्याँस उत्पादनका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले ४० प्रतिशत रकम दिनेछ भने ६० प्रतिशत व्यहोर्ने सहमति भएको नेपाल उर्जा विकास कम्पनी प्रालिका प्लान्ट म्यानेजर श्रेष्ठले बताए ।
उनका अनुसार ग्याँस प्लान्टको लागि नगरपालिकाले घोराही उपमहानगरपालिका १६ मा करौतीडाडाँमा करिब ३ बिगाहा जग्गा उपलब्ध गराएको छ । ग्याँस प्लान्ट २ हजार घनमिटरको रहेकोे प्लान्ट म्यानेजर श्रेष्ठको भनाइ छ । ग्याँस उत्पादन गर्नका लागि करिब २२ करोड लगानी भएको प्लान्ट म्यानेजर श्रेष्ठले बताए । परीक्षणका रुपमा केही समय अघिदेखि उद्योगमै फोहरबाट ग्याँस उत्पादन गरेर खाना पकाउने काम हँुदै आएको छ ।
अहिले दैनिक ३ सय घनमिटरसम्म ग्यास उत्पादन हुने गरेको छ । ‘अहिले फोहरकम राखिएकाले ग्याँस उत्पादन कम छ’, म्यानेजर श्रेष्ठले भने,‘केही समयपछि फोहर बढाउँदै ग्याँस उत्पादन वृद्धि गरिने छ ।’ उत्पादन भएको ग्याँस पाइप लाइनमार्फत उपभोक्ताको घर–घरसम्म पु¥याउने योजना छ । जसका लागि आवश्यक पर्ने पाइप भारतबाट आउन नसक्दा ढिला भएको श्रेष्ठले बताए ।
‘ग्याँस उपभोक्ताको घरघरमा पु¥याउनका लागि आवश्यक पर्ने एनडिपी पाइप हो । यो अर्डर दिएपछि मात्र निर्माण गरिने भएकाले ढिला भएको हो’, प्लान्ट म्यानेजर श्रेष्ठले भने,‘पहिलो केही पाइप आएको छ ।
हामीले सुरुमा ७ सय ५० घर धुरीमा पु¥याउने तयारीमा जुटेका छौ ।’ यसरी उत्पादन गरिएको ग्याँस घोराही–१६ का स्थानीयसँगै वडा नं. १० नारायणपुर र वडा नं. १६ को सर्रासम्म पु¥याइने लक्ष्य रहेको छ । पाइपमार्फत ग्याँस प्रयोग गरेवापत मिटर अनुसार रकम उपभोक्ताले तिर्नुपर्ने छ ।
सुरुमा ग्यास उत्पादन गरेर सिलिण्डरमा भरेर बजारमा पठाउने योजना भएपनि नयाँ डिपिआर गरेर पाइप लाइनमार्फत ग्याँस वितरण गर्न थालिएको उनले बताए । ‘सुरुमा ग्याँस सिलिण्डरमा भरेर वितरण गर्ने सोचेका थियौ’,म्यानेजर श्रेष्ठले भने,‘सिलिण्डरबाट वितरण गर्नुभन्दा पाइपलाइनमार्फत सहज हुने भएपछि नयाँ तरिकाले काम सुरु गरेका हौ ।
’ जसले गर्दा सम्झौता समयभन्दा केही ढिलाई भएको बताए । फोहरबाट ग्याससँगै कम्पोष्ट मलसमेत उत्पादन गरिने तयारी गरिएको छ । कम्पनी र नगरपालिकाबीच २० वर्षको सम्झौता गरिएको छ ।
सम्झौता अनुसार २० वर्षपछि संरचनासहित सबै पूर्वाधारहरु घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गरिने म्यानेजर श्रेष्ठले बताए । २० वर्षसम्मका लागि कम्पनीले नगरपालिकालाई नाफाको ५ प्रतिशत रकम दिनेछ ।
फोहरबाट ग्यास तथा कम्पोष्ट मल उत्पादन भएपछि उपमहानगरपालिकालाई फोहर व्यवस्थापनमा समेत सहजता आउने नगरपालिकाले अपेक्षा लिएको छ ।