कथा : तुफान
Saturday, May 21st, 2022, 8:07 am
Kalpristha
पितृसत्तात्मक प्रथाले महिलामाथि गरेको शोसण देख्दा बुबालाई सम्झिन्थ्यो यहि सस्कारको जरो उखेल्न सामन्तीको विरुद्धमा निरन्तर आवाज उठाउँदै समाज परिवर्तन गर्ने सपना बोकेका थिए, तुफानले । भन्ने गथ्र्यो संसारका सबै धर्मले महिलालाई अन्याय सहन उत्प्रेरित गरेको छ ।
पोते सिन्दुर टीका चुरा केहि थिएन न त अन्य खर्चिलो कार्यक्रम नै गरे । मात्र भाषणको भरमा विवाह सम्पन्न भयो ।
कल्पना पौडेल ‘जिज्ञासु’
तुफान बामपन्थी विचार भएका परिवारमा जन्मिएको थियो । सानैदेखि कम्युनिष्टहरु संगको संगत रह्यो त्यसैले तुफानलाई कम्युनिष्ट पार्टीका घोषणा पत्र र माक्र्स एड्गेल्स लेनिन, माओका जीवनीहरु पढ्ने अवसर मिल्यो । समाजमा भएको अन्याय अत्याचार दमन शोसण देख्दा तुफान आक्रोसित हुन्थ्यो । मनभरि समाजवाद र साम्यवादको कल्पना गथ्र्यो, तुफान ।
ठूलो संख्यामा समाजमा महिला हिंसा ब्यापक बढेको थियो, घरेलु हिंसाबाट आतङ्कित छन् । कहिले दाइजोको निहुमा, कहिले छोरी/छोरी जन्म्याएको निहुँमा महिलामाथि कुटपिट भैरहन्थ्यो । पति तथा घरका अन्य सदस्यहरुले यसरी यातना दिएको देख्दा तुफान रिसले दारा किटथ्यो । उसका बुबाले समाज परिवर्तन गर्ने र विभेद्को अन्त्य गर्ने अभियानमा लागेको कुराबाट तुफान निकै उत्साहित थियो । भन्ने गथ्र्योे बुबाले रोजेको बाटो हिँड्नेछु र ती सामन्तीको जरो उखेल्नु छु ।
गलतको खण्डन गर्ने अन्याय अत्याचार पटक्कै नसहने स्वभाब हुँदा एकदिन बिरोधीको जालमा फसे समाजमा भएका गलत प्रवृतिको बिरोध गर्ने हुँदा सामन्तीले झुटो अभियोगमा बुबालाई फसाए र जेलमा पुर्याए । हांसी खुशी परिवारमा बिपतको बादल मडारियो जति कोसिष गरेता पनि बुबालाई निर्दोेष साबित गरेर जेलमुक्त गर्न सकिएन । कारण जेलर र सामन्ती मिलेका थिए । यता घरमा गरिबीको गहिरो खाडल थियो । कमाउने मानिस कोहि थिएनन् । बिचरा आमा सहयोग माग्न गाउँमा जान्थिन, तर सहयोगको साटो अपमानित र लज्जित हुनुपथ्र्यो जवान आमा माथि फटाहाहरुले कू-दृष्टी लगाउँथे ।
दिन चर्या यसरी नै बित्दै गए । दुख अभाब आसुँ र रोदनमा आमालाई एक अवला नारी सम्झेर समाजमा झेल्नु परेको पीडा र चरम यातना कुनै पुरुषसँग बोले हाँसेको आरोपमा लगाइएको झुटा लाल्छना यस्तै दयनीय अवस्था देखेर पल-पल मर्दै तर आफूले केहि गर्न नसक्नुको लाचारीपन सहँदै तुफान जवान भयो । पितृसत्तात्मक प्रथाले महिलामाथि गरेको शोसण देख्दा बुबालाई सम्झिन्थ्यो यहि सस्कारको जरो उखेल्न सामन्तीको विरुद्धमा निरन्तर आवाज उठाउँदै समाज परिवर्तन गर्ने सपना बोकेका थिए, तुफानले । भन्ने गथ्र्यो संसारका सबै धर्मले महिलालाई अन्याय सहन उत्प्रेरित गरेको छ । यो गलत हो आमालाई पनि भन्थे लोग्नेको खुट्टाको पानि खाएर धर्म मिल्दैन, बर्त बस्नु, रजस्वलामा बार्नु पर्ने यी चलन महिलामाथि गरिएको विभेद् हुन् । किनकी जे जति ग्रन्थ लेखिए पुरुषले लेखे तसर्थ आफू सर्बसरा महिलालाई सधैं दोस्रो दर्जाको रुपमा हेरिनुले महिलामाथि अन्याय भएको छ । आमा पनि यहि सिद्धान्त र नैतिकताको पालन गर्थिन् ।
पल्लो गाउँमा एक महिलाको बिहे गरेको दुई महिनामा श्रीमानको मृत्यु भएको कारण ती महिलालाई समाजले निकै दमन गरेको थियो । रातदिन लोग्ने खाइस अलक्छिनाइ भनेर गाउँमा बस्न खान भएन । लोग्नेमान्छे उनको यौवनमाथि आखाँ गाड्थेँ । बाटोमा हिँड्दा देखियो भने साइत पर्दैन भनेर अरु महिलाले बाटो तर्केर हिँड्थे । एक महिलाले अर्को महिलाको पीडा नबुझ्नु कति अज्ञानता होला भनेर तुफान कि आमा निरास हुन्थिन् । उनीमा आफ्नो श्रीमानले दिएको शिक्षा थियो, चेतना थियो यो समाजको रुढिवादी चलनचल्ती रुचाउँथिनन् ।
एकदिन आमाले भनिन्, हेर छोरा समाज परिवर्तन गर्न सजिलो छैन । सुरुवात आफैंबाट गर्नु पर्छ । त्यसैले ती विधुवा महिलालाई तैले बिहे गर । पुरुष भने श्रीमती बितेको १३ दिन नहुँदै अर्को बिहे गर्छन् । बिधुवा हुनुमा ती नारीको के दोष ।
आमाको कुरा सुनेर तुफान निकै खुशी भयो यति धेरै चेतनाको विकास आमामा कसरी भयो ? सायद आफूले भोगेको पीडा अर्को महिलालाई नपरोस भनेर होला आमालाई सलुट ठोक्न मन लाग्यो, तुफानलाई ।
एक विधुवा महिलालाई त्यहि समाजमा अर्को बिहे गर्नु सामान्य कुरा थिएन । महिलालाई त आमा छोरा मिलेर सम्झाए ॅहेर नानि तिम्रो श्रीमान् बितेको झन्डै डेड साल भयो तिमि बल्ल २३ वर्ष कि भयौ यो समाजमा एक्लै बाच्न सजिलो छैन । पल-पल खतरा छ । घरमा ससुरा देवर जेठाजु बाहिर अन्य पिपासुले गिद्दे दृस्टी गाड्ने छन्, तिम्रो यौवन माथि । पुरुषले जसो गरे पनि छुट दिने यो समाजले महिलालाई कसैसँग हाँसे बोलेको आरोपमा अनेकौ लाल्छना लगाउँछन् । नारी र पुरुषको यो विभेद्को अन्त्य गर्न पनि तिमीले पुनर विवाह गर्नु पर्छ ।’
यस्तै यस्तै कुराले महिलालाई राजी । गराए अब बिहे गर्ने टुंगो भयो तर परिवार र समाजले स्वीकार्न मानेनन् । तुफानले कम्युनिष्ट विचार बोकेका कामरेडहरु गाउँमा बोलायो र भव्यताका साथ बेहुला बेहुलीले अबिर र माला लगाएर बाँकी जीवन सँगसँगै बिताउने प्रतिबद्धता जाहेर गरी उपस्थित मानिसहरुलाई साक्षी राखी प्रगतिशील विवाह गर्यो, तुफानले ।
पोते सिन्दुर टीका चुरा केहि थिएन न त अन्य खर्चिलो कार्यक्रम नै गरे । मात्र भाषणको भरमा विवाह सम्पन्न भयो ।
खजुरा, बाँके