कैदी हरिजन मृत्यु प्रकरण : मृतक सुन्दर हरिजनको शव अस्पतालमै
Saturday, May 28th, 2022, 6:35 pm
Kalpristha
रोल्पा कारागारमा मृत भेटिएका नेपालगन्जका सुन्दर हरिजनको शब १० दिनदेखि अस्पतालमै रहको छ । नेपालगन्ज उप-महानगरपालिका-२ दैलेखी बंगलाका २० वर्षीय शव नेपालगन्ज मेडिकल कलेजमा राखिएको हो ।
उक्त घटनाका छानविन पूरा हुन नसकेका कारण उनको शब अस्पताल मै रहेको छ । अझैसम्म घटनाको पूणर्रुपमा छानविन हुन सकेको छै न।
सुर्खेत जिल्लाको बराहताल गाउँपालिका-१ का २७ वर्षीय विजयविक्रम शाहको नामबाट कैद भुक्तान गरिरहेका हरिजनको रोल्पा कारागारमा जेठ ४ गते बुलेकी पौने सात बजे कारागारको शौचालयमा झुन्डिएको अवस्थामा परेको थियो ।
सो घटनामा बाहिर आएपछि कारागार प्रशासन भित्रको लापरबाही पनि बाहिर आएको थियो ।
हरिजनको घटना छानविन गर्न कारागार व्यवस्थापन विभागले निर्देशक झरेन्द्र चापागाईंको संयोजकत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो । उक्त समितिमा जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला प्रहरी कार्यालय रोल्पाका एक-एक जना सदस्य छन् । उनीहरुले गत आइतबार देखि छानविन थालेका हुन् । समितिलाई घटनाबारे अध्ययन गरी दस दिनभित्र प्रतिवेदन बुझाउन भनिएको थियो ।
समितिले नेपालगन्ज र रोल्पा पुगेर आवश्यक अनुसन्धान तथा छानविन गरेको छ । छानविनपछि बिहीबार चापागाईं काठमाडौं फर्किएको बाँकेस्थित नेपालगन्ज कारागारका जेलर रामकुमार सोनकरले बताए । साथै उनले मृतकका दाजु राजकुमारले विजयविक्रम शाह, बाँके र रोल्पा जिल्ला कारागारका तत्कालीन जेलरसहित अन्य केही शंका लागेका व्यक्ति तथा कर्मचारीविरूद्ध उजुरी दिएको बताए ।
पीडित पक्षले जिल्ला प्रहरी कार्यालय बाँकेमार्फत् जिल्ला प्रहरी कार्यालय रोल्पामा उजुरी पठाएको बाँकेका जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुधुसुदन न्यौपानेले जानकारी दिए ।
दाजु राजकुमारले आफ्नो भाइ सुन्दरको हत्या भएको दाबी गर्दै आएका छन् ।
सुन्दर हरिजनलाई चोरी मुद्दामा १६ वर्षकै उमेरमा काराबास सजायको फैसला गर्ने जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीशले पनि कानुनको बर्खिलाप हुनेगरी निणर्य गरेको भन्दै आलोचना हुन थालेको छ । अधिकारकर्मीहरूले उनीहरूमाथि पनि छानबिन हुनुपर्ने माग राखेका छन् ।
सुर्खेतका विजयविक्रम शाहलाई आपराधिक लाभ मुद्दामा जिल्ला अदालतले पाँच वर्ष कैद र ५० हजार जरिवाना तोकेको थियो । त्यस्तै सुन्दर हरिजन एउटा ‘चोरी’ र अर्को ‘नकदजनी’ (मोबाइललगायत सामग्री चोरी) मुद्दामा दोषी ठहर गरेर उनलाई सजाय तोकिएको थियो ।
जिल्ला कारागार बाँकेका जेलर रामकुमार सोनकरका अनुसार बाँके जिल्ला अदालतले सुन्दरलाई पहिलो मुद्दामा १ वर्ष कैद र १० हजार जरिवाना तोकेको थियो । त्यस्तै अर्को मुद्दामा ३ महिना कैद र ५० हजार जरिवानाको तोकेको थियो । त्यही फैसलाकै आधारमा सुन्दर २०७६ भदौ १६ गते पक्राउपछि कारागार चलान भएका थिए । सुन्दरले जरिवाना तिरेका थिएनन् । जसले गर्दा उनी २०७७ असोज २३ गते जेलमुक्त हुनुपर्दथ्यो। सुन्दर जेलमुक्त नहुँदै अर्को मुद्दा जोडियो । २०७५ माघ महिनाको आदेशले २०७७ असोज २३ गतेदेखि नै लागु हुने गरी थप ३ महिना कैद र ५० हजार जरिवाना हुने भयो ।
जरिवाना बुझाएको भए सुन्दर २०७७ पुस २३ गते जेलमुक्त हुने थिए । उनले जरिवाना बुझाउन सकेनन्। जरिवाना नबुझाउँदा पनि सुन्दर २०७८ असार १० गते जेलमुक्त हुन्थे ।
सुन्दर र शाहको स्थानान्तरण २०७७ मंसिर ८ गते नै रोल्पा कारागारमा भइसकेको थियो ।
नेपालगन्जका जेलर सोनकरका अनुसार त्यसैले यो घटना उनी आउनुभन्दा पहिलेकै हो । सोनकर २०७७ पुस ७ गते मात्रै सरूवा भएर बाँके पुगेका थिए ।
त्यसको महिना दिनअघि नेपालगन्ज कारागारमा देवेन्द्र श्रेष्ठ जेलर थिए । उनी बढुवा भएर अहिले उपसचिव भएका छन् । अहिलेका जेलर सोनकरका अनुसार कागजातका आधारमा उतिखेर ४ जना कैदी बन्दीले रोल्पा जिल्ला कारागारमा सरूवाको लागि माग पत्र पेश गरेका थिए ।
तीमध्ये विजयविक्रम शाह र सुन्दर हरिजन (चमार)को मात्रै २०७७ मंसिर ८ गते रोल्पा कारागारमा स्थानान्तरण भएको थियो। विभागबाट सरूवा पत्र असोजमा आएको भए पनि मंसिरमा मात्रै उनीहरूलाई रोल्पा पठाइएको थियो ।
कारागार व्यवस्था विभागबाट रोल्पा कारागारमा ठाउँ अभाव भएको पत्रका आधारमा दुई जनाको मात्रै सरूवा भएको देखिन आएको जेलर सोनकरले जानकारी दिए। त्यसैले तत्कालीन जेलर श्रेष्ठकै पालामा शाह र हरिजनको सरूवा भएको स्पष्ट हुन्छ ।
त्यसपछि रोल्पा कारागार प्रशासनको ठूलो कमजोरी वा मिलेमतो स्पष्ट हुन्छ । जतिखेर रोल्पाको जेलर कमला घिमिरे थिइन् । उनी सुब्बा तहकी कर्मचारी हुन् ।
सुन्दरको नाममा विजयलाई जेलमुक्त गर्ने काम उनकै पालामा भएको हो । घिमिरेको अहिले सरूवा भइसकेको छ ।
सेतो पाटीको सहयोगमा