खजुरा गाउँपालिकाको कार्यपालिकामा ६ महिला निर्वाचित
Sunday, May 29th, 2022, 7:43 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, १५ जेठ
बाँके खजुरा गाउँपालिकाको कार्यपालिका सदस्यहरुले पुर्णता पाएका छन । आइतबार सर्वसम्मत रुपमा रुपमा निर्वाचित हुने सबै ६ जना महिला रहेका छन ।
निर्वाचित जनप्रतिनिधिहरुबाट ४ जना र दलित वा अल्पसंख्यकबाट निर्वाचित हुने २ जना सदस्यमा सर्वसम्मत भएपछि कार्यपालिकाले पुर्णता पाएको छ । कार्यपालिका सदस्यलागि नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका थिए ।
दुइ पार्टीबाहेक अन्य दलबाट उम्मेदवारी नपरेपछि आइतबार नै सर्वसम्मत भएको हो ।
नेपाली कांग्रेस र माओवादी केन्द्रबिच सहमति भएपछि सर्वसम्मत कार्यपालिका सदस्यहरु निर्वाचित भएका थिए ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ अनुसार सदस्यहरु निर्वाचित भएका हुन । खजुरा गाउँपालिकामा कांग्रेस र माओवादीबिच गठबन्धनको बर्चस्व छ ।
कार्यपालिकामा कांग्रेसले ४ जना र माओवादीले २ सदस्य लिएपछि सहमति बनेको थियो । कार्यपालिकामा निर्वाचित जनप्रतिनिधिहरुबाट नेपाली कांग्रेसको तर्फबाट सुब्बुन धोबी(चमार), विष्णु सुनार, खतमुल निशा साई र माओवादी केन्द्रबाट मैसरी पुन निर्वाचित भईन ।
दलित वा अल्पसंख्यकबाट कांग्रेसकी पार्वती कुमारी विश्वकर्मा र माओवादीबाट कृष्ण कुमारी पोखरेल विक निर्वाचित भइन । ६ जना सदस्य सर्वसम्मत भएपछि अब खजुरा गाउँपालिकाको कार्यपालिका १६ सदस्यीय बनेको छ ।
आइतबार कपास विकास समितिमा रहेको खजुरा गाउँपालिकाको निर्वाचन कार्यालय मुख्य निर्वाचन अधिकृत लोक बहादुर सुनार, खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफान, उपाध्यक्ष मन्जु मल्लले निर्वाचित सदस्यहरुलाई बधाई दिएका थिए ।