धर्म र धारणा
Tuesday, June 28th, 2022, 12:41 pm
Kalpristha
विश्व मानवधर्म एउटै हुन्छ । हाम्रो धर्मशाश्त्रले भन्छ परमात्माको ध्यान गर । मानवहीत गर । प्राणीमात्रको रक्षागर । दीन दुःखिलाई सहयोग गर । भष्मीभूत भएर जाने देह हो । छोडेर जाने सम्पदा हो । यस्मा अभिमान नगर ।
सुशीला शर्मा
भनिन्छ धर्म धारणाकको विषय हो । जस्ले जस्तो धारणा बनाएको हुन्छ, उस्ले धर्मको ब्याख्या पनि त्यसरी गर्छ तर वास्तवमा धर्म धारणाको विषय हुनै सक्तैन ।
धारणा भनेको मत हो । यही मत समूहमा परिणत भयो भने सम्प्रदाय बन्दछ । सम्प्रदाय अनेक हुन्छन । तिनै सम्प्रदाय भित्र उप-सम्प्रदाय बन्छन् । सनातनधर्म भित्र अनेक सम्प्रदाय छन् । शैवमत, वेैष्णवमत र अन्य निराकार मतावलम्बीहरु पनि कति छन कति ।
शिवभक्तहरु आफूलाई शैवमतावलम्बी मान्छन् । विष्णुभक्तहरु आफूलाई वैष्णव भन्छन् । वैष्णव सम्प्रदायभित्र पनि धेरै सम्प्रदाय छन् । हिन्दूधर्म भित्रै ॐ शान्ति, शाइँबाबाका सिद्धान्तलाई सर्वोपरी मानेर भक्ति गर्नेको संख्या पनि कम छैन ।
कुनै पनि मत वा विचार आलोच्य हुँदैनन् यदि ती मानवधर्म वा अझ भनौ प्राणीमात्रको हितमा आधारित छन् भने मानव वा प्राणीहित छोडेर व्यक्ति वा समूहहितमा लाग्यो भने त्यो मत पनि रहँदैन । धर्मको कुरै छोडांै ।
धर्म साश्वत हुन्छ । सत्यमा आधारित हुन्छ । अपरिवर्तनीय हुन्छ । ब्यापक हुन्छ । विभेद्रहित हुन्छ । विश्वव्यापि हून्छ । जाति, धर्म, लिङ्ग, वणर् राज्य, राष्ट्रको बन्धनदेखि मूक्त हुन्छ । धर्म केवल मानवता, जीवन्तता र अझ विश्वकल्याणको भावनाले ओत प्रोत हुन्छ । यदि त्यसो नहुन्थ्यो भने विश्व प्रशिद्ध रशियन साहित्यकार लियो टलस्टाय, भारतीय साहित्यकार रविन्द्र नाथ टैगोर, मुन्सी प्रेमचन्द्र, नेपाली जगतका सोनाम धन्य साहित्यकार महकवि लक्ष्मीप्रसाद देवकोटा, कवि शिरोमणी लेखनाथका रचनामा समानता पाइने थिएन । गहिरिएर अध्ययन गर्ने हो भने यी सबै लेखकहरुको रचनाले एउटै सन्देश दिएको पाइन्छ । उन्नाइसौ शताब्दीको प्ररम्भकाल (सन १८२८) मा जन्मिएका लिंयो टलस्टायका कथाहरु हाम्रो शाश्त्रीय सिद्धान्तसँग पूणर्तः मिल्दछ । उनका दुईटा कथाहरुको संक्षिप्त भावको उदाहरण हेरौं ।
उनको एउटा कथा छ “टू ओल्ड पर्सन्स” आज यसैको चर्चा गरौं । यस्को हिन्दी रुपान्तरण मुन्सी प्रेमचन्द्रले गरेका छन् र शिर्षक दिएका छन “दुई वृद्ध पुरुष” ।
ती दुई वृद्ध पुरुष कृषक हुन् । तिनको नाम छ मोहन र अर्जुन । मोहन निष्काम कर्मयोगी छन् । तर अजुर्न सकाम कर्मयोगी छन् । मोहन ईश्वर भक्त छन् । आफूले काम गरे पनि ईश्वरको कृपाले भएको भन्छन् । अर्जुन पनि इश्वर भक्त छन् । तर काम आफ्नै मेहनतले भएको सम्झन्छन् । दुवैमा फरक एतिमात्र छ । एक दिन सल्लाह गरेर दुवै तिर्थ हिँड्छन् ।
त्यो समयमा आजको जस्तो यातायातको सुविधा थिएन । पैदल यात्रा गर्नु पथ्र्या । मोहन र अर्जुन हिँडेँ । मोहन निश्चिन्त थिए तर अर्जुनलाई घरको चिन्ता लागि रहन्थ्यो । यात्रा अगाडि बढ्यो । बाटोमा मोहनलाई प्यास लाग्यो । अर्जुनलाई अगाडि हिँड्दैगर भनेर एउटा कुटीमा पानी खान पसेँ । कुटीमा एक दम्पत्ति एक सानो बच्चासहित बिरामी अवस्थामा परेर पीडाले कराइरहेका थिए । त्यो देखेर मोहनको मन करुणाले भरियो । उनी तिर्थ जान छोडेर तिनीहरुकै सेवा र उपचारमा लागेँ ।
केही महिना पछि बिरामीहरु ठीक भए । मोहनसँग भएको धन पनि सकियो । मोहन भगवानको दर्शन गर्ने इच्छा अर्को वर्षका लागि थाति राखेर घर फर्के ।
उता अर्जुन अगाडि बढेँ । बाटोभरि फर्कि फर्कि हेरे पनि मोहनसँग भेट भएन । अर्जुनले सोचे मोहन छिटो हिँड्ने मानिस हुन् । बाटोमा छलिएर अगाडि बढे होलान । मन्दिरमै गएर भेट होला भन्ने सोचँे ।
ॅमन्दिरमा गएर दर्शन गर्न लाग्दा भित्र मोहन पनि देखिए । उनी लिन भएर भित्र पूवा गरिरहेका थिए ।’
अर्जुन बाटोमा प्रतिक्षा गरी बसेँ । तर मोहन भेटिएनन् । यस्तै कैयौं पल्ट भयो । अर्जुन छक्क परे । अन्ततः हारेर अर्जुन घर फर्के । मोहन पनि फर्कि सकेका थिए । मोहन र अर्जुनको भेट भयो । दुवैले आ-आफ्ना कुरा विस्तारसँग भने ।
अर्जुनले ‘बुझेँ परकल्याण भन्दा ठूलो धर्म केही रहेन छ ।’
विश्व मानवधर्म एउटै हुन्छ । हाम्रो धर्मशाश्त्रले भन्छ परमात्माको ध्यान गर । मानवहीत गर । प्राणीमात्रको रक्षागर । दीन दुःखिलाई सहयोग गर । भष्मीभूत भएर जाने देह हो । छोडेर जाने सम्पदा हो । यस्मा अभिमान नगर । कुनै पनि देवताको पूजा, अर्चना, बन्दना र ध्यान गरेर स्व-कल्याण हुन सक्छ तर परिवार कल्याण, समाज कल्याण र विश्वकल्याण हुन शक्तैन । ईश्वरकै रचनाको कल्याण नसोची केवल आफ्नो आत्मकल्याण मात्र सोच्नु स्वार्थ हो । धर्म होइन । सृष्टि संरक्षण गर्न स्वयं भगवानले अनेकौं रुप धारण गर्नु परेको छ ।
मच्क्ष्य, कच्क्ष्य, बराह र नृसिंह जस्तो विरुपको रुप धारण गर्नु परेको छ । वनबास जानु परेको छ । बन्दिगृहमा जन्म लिनु परेको छ । उनै परमात्माको सृष्टि मध्यको उत्तम भनिने हामी विवेकशी प्राणी मानिस किन अधोगतितिर लाग्ने ? हामो्र शास्त्रहरुको अध्ययन गरौं । सत्कर्म गरौ ं।
मानवताको परिचय दिउँ । यो धर्तिलाइ स्वच्छ सुन्दर बनाउँ । आजलाइ एतिमात्र ।