नेपाली फुटबल नेतृत्वसँग जोडिएका प्रश्नहरु
Wednesday, June 29th, 2022, 5:11 pm
Kalpristha
फुटबलसँग खेलाडी, प्रशिक्षक, रेफ्री, दर्शकजस्ता मानवीय जनशक्ति जोडिएका हुन्छन् । उनीहरुलाई आवश्यकताअनुसार समय–समयमा उपलब्ध गराउनुपर्ने प्रशिक्षण, गोष्ठी तथा तालिमहरुमा व्यवस्थापन गर्नु पनि एउटा चुनौतीको एउटा पक्ष मान्न सकिन्छ ।
जी. थापा
नेपालगन्ज, १५ असार
फुटबल विश्वमै सर्वप्रिय खेल हो । फुटबल बुभ्mने र हेर्नेहरु भन्छन्, ‘फुटबल भनेको सबथोक हो ।’
फुटबलको आकार गोलो भएकोले यो चलायमान हुन्छ भन्ने भनिरहन पर्दैन ।
समयान्तरमा फुटबल चलाउन र गुडाउन सिपालु व्यक्तित्वहरु पनि राम्ररी बल होल्ड गर्न नसक्दा पछाडि परेका छन् ।
भनिन्छ, ‘फुटबलको आँखा हुँदैन । फुटबलमा जे पनि हुनसक्छ । कहिले कुन अवस्था व्यहोर्नु पर्छ भन्ने विषयमा पूर्वानुमान गरेर बस्न सकिन्न ।’
फुटबलमा के भइरहेको छ ? हामी कतातिर गइरहेको छौं भन्ने बारेमा स्पष्टता भएन भने पनि समस्याहरु आउन थाल्छन् । नेतृत्वले फुटबलको लागि स्पष्ट भिजन र योजनाका साथ अगाडि बढ्न सके नेपाली फुटबल अनुशासित, गतिशील र नतीजामुखी बन्न सक्छ ।
फुटबल एउटा यस्तो प्यासन हो । जसलाई जगेर्ना गर्न जत्ति सजिलो छ, त्यसलाई थामि राख्न पनि उत्तिकै कठिन छ । फुटबलमा लागि परेका हस्तिहरु त्यसकारण पनि फुटबलबाट हतारमा टाढिने र फुर्सदमा पछु्ताउने कुरामा कम विश्वास राख्छन् ।
एन्फानेतृत्वबाट बाहिर रहेका ठूलो पक्ति अहिले पनि फुटबल गतिविधि निहालिरहेका छन् । अहिलेको प्रविधि र भर्चुअल सुविधाको कारण मैदानमा फुटबल गुडाउन नपाए पनि घरमै बसेर फेसबुकमा फुटबल गुडाउनेहरुको संख्या ह्वात्तै बढेको छ ।
एन्फा एकेडेमीको विकल्पको खोजी
काठमाडौंका रैथाले क्लबदेखि नाम चलेका ए डिभीजन क्लबहरुले आफ्नै एकेडेमी संचालन गर्न नसक्दा खेलाडी उत्पादन क्षेत्रमा क्लबहरुको भूमिका सुस्त र कमजोर देखिन्छ ।
झापा, धरान, पोखरा, हेटौडा, बुटवल, नेपालगन्ज, धनगढीका स्थानीय क्लबहरुबाट खेल्दै आएका खेलाडीहरु नै ठूला क्लबहरुसँग अनुबन्ध हुने गरेको देखिन्छ ।
एन्फा एकेडेमीबाट उत्पादन हुने खेलाडीहरुले मात्र लामो समयसम्म चल्ने शीर्ष डिभीजनको लिगलाई थेग्न गाह्रो हुन्छ । आर्मी, एपीएफ तथा पुलिसजस्ता आफ्नै खेल मैदान भएका विभागीय टोलीले पनि खेलाडी उत्पादन गर्न सकेका छैनन् । एउटा एन्फा एकेडेमीको उत्पादनले लिग फुटबल र राष्ट्रिय टोली निर्माणमा सशक्त निर्वाह गर्न कठिन जस्तै बनेको छ ।
लिगको परफरमेन्स र एन्फा एकेडेमीकै उत्पादनको भरमा राष्ट्रिय निर्माण गर्ने परम्पराको भरपर्दा दुई दशक अघि दक्षिण एशियामा कमजोर मानिने भुटान र अफगानिस्तान जस्तो देशहरुले खेलकुदमा मारेको फड्कोलाई हामी सबैले हेरेकै हो ।
उपत्यका बाहिरको फुटबल माहोल
नेपाली फुटबलको कुरा गर्दा पूर्वमा झापाली र धराने फुटबलकर्मीको ठूलो योगदान छ । त्यसैगरी पश्चिममा पोखरेली र धनगढीबासी फुटबल समर्थकको सक्रियता पनि उत्तिकै देखिन्छ । यिनै क्षेत्रहरुबाट उत्पादित अब्बल खेलाडीहरुको साझा गन्तव्य बनेको छ, काठमाडौं उपत्यका ।
काठमाडौं उपत्यकाभित्र रहेका ए डिभीजन क्लबहरुका मुख्य खेलाडीहरु झापा, धरान, सुनसरी, हेटौडा, पोखरा र बुटवल, नेपालगन्ज, धनगढीबाट शीर्ष डिभीजनका क्लबहरुमा खेल्दै आइरहेका छन् ।
काठमाडौं उपत्यकाको ए, बी, सी डिभीजन क्लबहरुको लागि चाहिने जनशक्ति आजको दिनसम्म उपत्यकाबाहिरका प्रतिभाशाली खेलाडीहरुले धानेका छन् ।
उपत्यका केन्द्रित फुटबललाई अबको नेतृत्वले राजधानी बाहिर लैजान प्राथमिकतामा राख्नुपर्दछ । यसका लागि राष्ट्रिय लिगको आयोजना नै मुख्य विकल्प हुन सक्छ ।
फुटबल आपैमा चुनौतीपूर्ण क्षेत्र हो । फुटबलसँग खेलाडी, प्रशिक्षक, रेफ्री, दर्शकजस्ता मानवीय जनशक्ति जोडिएका हुन्छन् । उनीहरुलाई आवश्यकताअनुसार समय–समयमा उपलब्ध गराउनुपर्ने प्रशिक्षण, गोष्ठी तथा तालिमहरुमा व्यवस्थापन गर्नु पनि एउटा चुनौतीको एउटा पक्ष मान्न सकिन्छ ।
प्रो. ए लाइसेन्स प्राप्त प्रशिक्षक नहुनु पनि एन्फाको लागि ठूलो चुनौती बनेको छ । नेपाली राष्ट्रिय टोलीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुँदा प्रो. लाइसेन्स प्राप्त प्रशिक्षक हुनुपर्ने अहिलेको प्रावधानको कारण चाँडै नै यसतर्पm सोच्नुपर्ने हुन्छ ।
शीर्ष डिभीजनका क्लबहरुको स्तरोन्नतिको लागि फुटबलको अभिभावकीय संस्था एन्फाले उपयुक्त वातावरण बनाउनुपर्ने हुन्छ । आगामी लिगको मिति तोकिनुअगावै रानीपोखरी कर्नर टिम (एनआरटी) ले लिग खेल्ने टोलीलाई वैदेशिक भ्रमणको क्रममा थाइल्याण्ड भ्रमाणमा लगेको छ ।
एनआरटीले त्रिपुरेश्वरस्थित आफ्नो मल (व्यावसायिक भवन) भाडामा दिएर त्यसबाट हुने आम्दानीले फुटबलको लागि लगानी गरिरहेको छ । शंकटा क्लबले पनि काठमाडौं मल वरपरका क्षेत्रहरुमा संरचना निर्माण गरी क्लबको आयआर्जनको लागि प्रयास गरिरहेको छ ।
लिग लामो चलोस्, खेलाडीलाई अवसर मिलोस
अबका दिनमा तीन÷चार महिनामा सकिने लिग गराउनु हुँदैन । लिग यस्तो होस, ताकि खेलाडीहरुलाई लिग खेलेको अनुभूति होस् । विगतमा सिंगल लिग, रेलिगेशन बिनाको लिग, डबल लिग, सुपर सिक्स लिग, राष्ट्रिय लिग गरेर धेरै किसिमको लिगको अभ्यास भइसकेको छ ।
सम्भवतः यी बाहेक लिगलाई फरक ढंगले प्रयोग गर्न पनि फुटबलकै लागि अपमान हुने देखिन्छ ।
गत वर्ष मनाङको होम ग्राउण्डको हैसियतमा च्यासल पोखरा रंगशालामा खेल्न गएको थियो ।
त्यस किसिमको पूर्वतयारी बिनाको होम एण्ड अवे प्रतियोगिता यो वर्ष किमार्थ हुनु हुँदैन । आगामी लिगलाई पूर्वतयारीका साथ योजनाबद्ध रुपमा लैजानु पर्दछ । लिगको अवधि र लिगको संरचनाको विषयमा नयाँ नेतृत्वले स्पष्ट भिजन लिएर अगाडि आउनै पर्छ ।
लिगमा सहभागी हुन र रेलिगेशनबाट जोगिनैका लागि मात्र भए पनि क्लबले वर्षेनि डेढ करोड बढीको रकम जोहो गर्नेपर्ने देखिएको छ ।
उपाधि जित्ने टोलीहरुले खेलाडी अनुबन्ध, प्रशिक्षकको नियुक्ति रक्लब व्यवस्थापनकै लागि मात्र तीन करोडको हाराहारीमा खर्च छुट्याउँदै आएका छन् ।
गोल्डकप केन्द्रित प्रतियोगिता
शीर्ष डिभीजनको लिग सकिएसँगै वर्षेनी साना–ठूला गरी दुई दर्जन बढी गोल्डकप आयोजना हुनुलाई नेतृत्वले सफलताको रुपमा हेरिनु हुँदैन ।
मोफसलमा आयोजना गरिने गोल्डकप तथा माथिल्लोस्तरका प्रतियोगिताहरुकोे सफलता र भव्यता भनेको ठूलो पुरस्कार राशीलाई मानिँदै आएको छ । पुरस्कार राशी वृद्धि गर्ने होड चलिरहँदा विविध कारणले गत वर्ष धरान फुटबल क्लबले वर्षौदेखि आयोजना गर्दै आइरहेको बुढासुब्बा गोल्डकप आयोजनामा पूर्णविराम लाग्यो ।
बुढासब्बा गोल्डकपको विगतको उपाधि विजेता मनाङ र पुलिसले समयमै नगद पुरस्कार नपाएको समाचार पनि बाहिरिएको थियो ।
गोल्डकप प्रतियोगितालाई होडबाजीको रुपमा अगाडि ल्याउनु हुँदैन भन्ने जानकारहरु बताउँछन् । गोल्डकप आयोजना गर्ने झापाको आफ्नै छ । झापा गोल्डकपको आयोजकले डोमालाल खेलमैदानलाई दुलहीभैं सिगार्न पछि पर्दैनन् ।
गोल्डकप प्रतियोगितालाई होडबाजीको रुपमा अगाडि ल्याउनु हुँदैन भन्ने जानकारहरु बताउँछन् । गोल्डकप आयोजना गर्ने झापाको आफ्नै छ । झापा गोल्डकपको आयोजकले डोमालाल खेलमैदानलाई दुलहीभैं सिगार्न पछि पर्दैनन् ।
धरान र पोखरालाई फुटबलको शहर पनि भनिन्छ । फुटबलको माध्यमबाट पर्यटकीय प्रबद्र्धनमा जुट्ने धराने र पोखरेलीको छुट्टै पहिचान छ । पश्चिमका ठूला शहरहरु नारायणघाट, बुटबल, नेपालगन्ज, धनगढीमा फुटबलको आफ्नै किसिमको माहोल छ ।
अबको दिनहरुमा मोफसललाई गोल्डकपको फूलबारीको रुपमा विकसित गरिनुपर्छ । प्रतिस्पर्धा र होडबाजीको अनावश्यक आर्थिक बोझ बोकेर हिँड्नु गोल्डकपकर्मीको लागि सधैं सम्भव पनि छैन ।
देशमा देखापरेको आर्थिक शंकटले गर्दा फुटबल र फुटबलसँग जोडिएका उद्योगी, व्यापारी, व्यवसायी, बैंकर्स सबैको अवस्था पहिलेजस्तो छैन । त्यसैले पनि सन्तुलित र सयमित भएर समय, काल र परिस्थितिलाई आंकलन गर्दै सीमित स्रोत साधनमा उत्कृष्टता पस्क्नु नै अहिलेको आवश्यकता बनेको छ ।
नेतृत्वमा पकड बढाउँदै पश्चिमेली
एन्फाको केन्द्रीय समितिमा लुम्बिनी प्रदेशबाट केन्द्रीय उपाध्यक्ष र केन्द्रीय सदस्य गरी क्रमशः एक÷एक जना छनौट भएका छन् । त्यसैगरी कर्णाली प्रदेशबाट दुई जना केन्द्रीय सदस्य र सुदूरपश्चिम प्रदेशबाट एकजना केन्द्रीय सदस्यको छनौट हुनुलाई सकारात्मक रुपमा हेरिएको छ ।
फुटबलमा जसले राम्रो भूमिका सृजना गर्न सक्छ, उसैको नेतृत्वपंक्तिमा पकड बलियो हुन्छ भन्ने गरिन्छ ।
त्यसकै फलस्वरुप फुटबलमा लामोसमयदेखि आबद्ध व्यक्तित्वहरु नेतृत्वमा देखापरेका छन् ।
एन्फाका नवनिर्वाचित केन्द्रीय सदस्य भोजराज शाही भन्छन्, ‘एन्फाको केन्द्रीय समितिमा लुम्बिनी प्रदेशबाट म र दीर्घ केसी, त्यसैगरी कर्णालीबाट भरत थापा र सुदूरपश्चिम प्रदेशबाट अनिल मल्ल गरी ५ जना निर्वाचित भएका छांै ।’
उनले थपे, ‘पश्चिमको फुटबललाई कसरी अगाडि बढाउने, त्यसका लागि गृहकार्य गरिरहेका छौं । नेपालको पश्चिम क्षेत्रका प्रदेशहरु लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ग्रास रुट फुटबललाई विशेष प्राथमिकतामा राखेका छौं । नेपालगन्ज गोल्डकपलाई छुट्टै ट्रस्ट बनाएर यसको दीर्घकालीन विकास र दीगोपनको लागि प्रयासरत छु ।
बाँकेमा नेपालगन्ज, खजुरा र कोहलपुरमा ग्रास रुट फुटबल एकेडेमी संचालनलगायतका थुपै फुटबलसँग जोडिएका क्षेत्रहरुलाई समेट्ने योजना छ ।’