कृति समीक्षा ‘सृष्टि चक्र’भित्र नियाल्दा
Saturday, July 9th, 2022, 11:23 am
Kalpristha
सङ्ग्रहभित्रका पात्र, परिवेश र घटना हाम्रै समाजमा देखिएका सुनिएका र भोगिएका छन् । मान्छेका प्रवृत्ति र उसले बिर्सदै गएको आफ्नो धरातल तथा हराइरहेको मानविय संवेदनालाई पनि यस कृतिले आफ्नो विषय बनाएको छ ।
लघुकथाकार किरण आचार्यको सृष्टि चक्र नामक लघुकथासङ््ग्रह २०७८ सालमा पाँचौ कृतिको रुपमा प्रकाशित भएको छ । उनको पहिलो कृति अनुभूति नामक कवितासङ्ग्रह २०६० सालमा निस्केको थियो । यस कृतिभित्र उनले लेखेका आफ्नो, अस्तित्वको प्रश्न, बडाले जो गर्यो काम, बिदेशमा, बिलो, मामिला अध्ययन लगायत विभिन्न शीर्षकका ६७ वटा लघुकथाहरु राखिएका छन् । यसमा सङ्गृहीत ६७ वटै लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन् ।
यस सङ्ग्रहभित्रको आफ्नो शीर्षकको पहिलो लघुकथामा यस्तो बच्चालाई म पढाउन सक्दिन । बरु मलाई हजुरले जे सजाय दिनुहुन्छ भोग्न तयार छु मेरो पन्ध्र वर्ष शिक्षण अवधिमा छ वर्षे उमेरमा यस्तो अपराधी बच्चा देखेकै थिइन । अत्यन्तै लगनशील शिक्षिकाले एक बालकबारे प्रधानाध्यापकसित गुनासो गरेकी छिन् ।
बडाले जो गर्यो काम शीर्षकको लघुकथामा सञ्चार माध्यमले उसलाई देश विदेशमा वर्षौदेखि तस्करीमा संलग्न भएको र कैयौको हत्या गरिएको खुङ्खार अपराधीका रुपमा प्रस्तुत गरेको सबै थाहा पाएर ऊ भयभीत भएको छ ।
सङ्ग्रहभित्रका सबै लघुकथाहरु सवाल्टर्निक छैनन् । विषय र विचारगत विविधता किरणका कथाहरुको विशेषता हो ।
मामिला अध्ययन शीर्षकको लघुकथामा आआफ्ना बालबालिका लिएर तीन जनै आमा गेटबाट बाहिरिएका छन् । एउटा सानो बाच्छाले छेउमा राखेको माटोको आरीको पानी पिउँदै थियो । यत्तिकैमा एउटी गाई हान्निदै आई । मार्ली भन्ने डरले तीनै जना तर्किए अनि गाई आफ्नो बाटो लाग्ने प्रतीक्षा गरे भनिएको छ ।
किरणका प्रायः लघुकथाले गह्रुङ्गो औपन्यासिक खुराक बन्न सक्ने विषयवस्तुलाई लघुकथाभित्र अटाएका छन् । सूक्ष्मता, तीब्रता, घनत्व, व्यङ्ग्य, सन्देश, पात्रको सन्तुलन र विपरित मार्गबाट जीवनबोध गराउनु लघुकथाको आधारभूत तत्वहरु हुन् । लघुकथा भन्ने शब्दले छोटो कथा भन्ने अर्थ दिन्छ तर अंग्रेजी साहित्यमा भने जति लामो कथालाई पनि सर्ट स्टोरी भन्ने चलन छ । लघुकथाका सम्बन्धमा विविध परिभाषा, बिचार र दृष्टिकोणहरु छन् । जे भए पनि नेपाली साहित्यमा लघुकथाले आफ्नो अलग स्वरुप र विधा ग्रहण गरिसकेको छ ।
यसै सन्दर्भमा नेपाली समाजको यथार्थ भोगाइहरु यसभित्र लेखिएका लघुकथामा खारिएका, माझिएका र टलक्क टल्किएका छन् । थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महत्व बढ्नेछ । यस तथ्यलाई लघुकथाकार किरणले मनन गरेकी छिन् । विषयवस्तुका हिसाबले बहुमुखी छन् । विसङ्गति, सामाजिक बिडम्बना, आर्थिक विपन्नता, बौद्धिक दयनियता, सांस्कृतिक विचलन जस्ता कुराहरुमा किरणका लघुकथाहरुले व्यङ्ग्य गरिएको छ । भाषा सरल छ । कसिएको छ । प्रस्तुुति मिठो छ । सुुरम्य छ । लघुत्व छ । सङ्क्षिप्त छ । पढ्दा निकै आनन्द आउँछ ।
शिक्षा शीर्षकको लघुकथामा रामप्रसाद आफैँमा सम्पन्न व्यक्ति थिए । बुहारी भन्दै थिइन् होटलमा किन नलगेको ? म सक्दिन तिम्रो बुबाआमा हेर्न । मैले ठेक्का लिएकी पनि छैन । बृद्धाश्रम खोलेकको पनि छैन बुहारीको यो सोचले उनी अत्यन्त मर्माहत भएका छन् ।
माटो शीर्षकको लघुकथामा एकदिन ठूलो भोजको आयोजना भएको थियो । त्यही मौका पारेर मुखियाका केही मतियारले खानामा विष मिसाइदिए । खाना खाएपछि धेरैजना मरे, बाँकी बचेकालाई पनि गाउँबाट खेदे भनिएको छ ।
पराकाष्टा शीर्षकको लघुकथामा जिन्दगीको अन्योलले हतास शिक्षकले पुराना डेस्क बेञ्च जलाएर आक्रोश पोखे र पक्राउ गरे । अब के हुने हो ? घरपरिवारको के हुन्छ ? भनिएको छ । स्वास्थ्य सेवा शीर्षकको लघुकथामा सरकारी अस्पतालका धेरैजसो चिकित्सकहरुका आआफ्नै निजी अस्पताल थिए । त्यसैले उनीहरुले अधिकतम समय आफ्नै निजी अस्पतालहरुलाई दिने गर्थे भनिएको छ ।
सङ्ग्रहभित्रका पात्र, परिवेश र घटना हाम्रै समाजमा देखिएका सुनिएका र भोगिएका छन् । मान्छेका प्रवृत्ति र उसले बिर्सदै गएको आफ्नो धरातल तथा हराइरहेको मानविय संवेदनालाई पनि यस कृतिले आफ्नो विषय बनाएको छ । आशावादी भएर समाजका विकृतिलाई निर्मूल पारेर एउटा सुन्दर समाज निर्माण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस सङ्ग्रहभित्रका कथा सक्षम छन्।
स्रष्टा एउटा समाजको द्रष्टा पनि भएकाले ऊ यो समाजबाट अलग हुन कत्ति पनि सक्दैन । यही समाजमा रहेका सङ्गत, बिसङ्गत सबै कुरासँग पौँठाजोरी खेल्नुनै पर्छ ।
लोग्ने छोरा शीर्षकको लघुकथामा ए ठूलेकी आमा त्यो मास्टर साहेब र मास्टर्नी साहेबलाई किन नमस्कार नगरेको तैँले ? कस्तो आइमाई होला ? बेइज्जत गर्छ यो आइमाईले । भारतीय सेनाका भूपू कप्तानले आफ्नो जहानलाई भनेका छन् ।
नेपाली साहित्यमा लघुकथाको आफ्नै विशिष्ट स्थान छ । आजको समयले लघुकथालाई झन् लोकप्रिय बनाएको छ । कथा आफैमा पूणर् भएजस्तै लघुकथा पनि स्वयम्मा पूणर् हुन्छ । अर्थात् लघुकथा कथाको संक्षेपीकरण होइन ।
लघुकथा आख्यानको लघुतम वा सूक्ष्मम विधा हो । लघुकथा छोटो हुन्छ तर पूणर् हुन्छ । छोटो आयाममा जीवन र जगत्लाई समेट्नु लघुकथाको विशेषता हो । लघुकथा लोकप्रिय भएकै कारण यसप्रति लेखनको आकर्षण बढ्दै गइरहेको छ ।
अन्त्यमा
लघुकथाकार किरणको अन्य कृतिहरु पनि प्रकाशित भएर हामीहरुले पढ््न पाउने बाचा गरेको छु ।
कृतिकार : किरण आचार्य
प्रकाशक : शिखा बुक्स
संस्करण : प्रथम वि.सं. २०७८
मूूल्य : रु.२७५ ।-
पृष्ठ : ८०