एभिएन फ्लु : जनस्वास्थ्य सरोकार
Wednesday, July 20th, 2022, 11:39 am
Kalpristha
मुख्य कुरा बिचार गर्नुस् कुनै पनि कुखुरा फार्ममा काम गर्दा मास्क एवं हाथमा पन्जा खुट्टामा बुट एवं एप्रोन लगाउनु अत्यन्त आवश्यक हुन्छ ।
डा. केदार कार्की
जब–जब संचार माध्यमहरुमा कुखुराका बथानहरुमा बर्ड फ्लु फैलिएको खबर आउँछ । त्यतिबेला सामान्य जनसमुदायमा एकखाले त्रास सृजना हुन्छ ।
हालैका दिनमा देशका विभिन्न प्रदेशहरुका ११ जिल्लामा वर्ड फ्लु देखिएको छ । जसमा ६ जिल्ला बागमती प्रदेशमा रहेको खबर संचारका सबै खाले माध्यमहरुमा आइ राखेका छन् । यदयपी कुखुरातर्फ स्वीकृत अन्तर्राष्ट्रिय मापदण्डअनुशार रोग नियन्त्रण एवं नियमनको कार्य भई रहेको छ ।
हामीमध्ये धेरैलाई यस रोगको लक्षण एवं विशेषताबारे जानकारी छैन । तर हामी सबै यसको महामारीबाट धेरै त्रसित हुने गर्दछौं । बर्ड फ्लू पक्षिहरुको एउटा तीव्र रोग हो । जुन कैयांै उपप्रकारहरुको उच्च गतीविधि छन् । यद्यपी एच–५ एच – ६ सबैभन्दा बढी रोगजनक हुन् । यिनले धेरै कम समयमा पंक्षिको शरीरलाई संक्रमित गर्दछ । १०० प्र.श मृत्यु गराछ ।
पहिलोपटक यो रोग १९९६ मा हंगकंगमा मानिसमा देखिएको थियो । इन्फलुएन्जा भाइरसको बाहक जंगली पंक्षि खासगरी जलपंक्षि हो । तिनीहरुले संक्रमण विकाशको बेला एक प्राकृतीक प्रतिरक्षा विकाश गरेर आज तीन मध्ये धेरैजसो संक्रमणका बाहकमात्र हुन् । तर घरेलु पशुपंक्षि प्रजातिहरु विशेषगरी कुखुरा टर्कीमा यस्तो प्रतिरक्षा क्षमता हँुदैन यसैले तिनीहरु छिट्टै नै रोगी हुन्छन तथा मरेर जान्छन् ।
कारण
एभियन इन्फलुएन्जा आर एन ए युक्त भाइरस ओरथोमिकसोभिरिडका कारण हो । जनु समूह ‘ए’को अन्तर्गत आउछ । यी एउटा जटिल संरचना तथा सुरक्षात्मक एन्टीवडीको उत्पादनको सम्भावनामा भिन्न हुन्छन् । आजसम्म वैज्ञानिकहरुले धेरै प्रकारका भाइरसको अध्ययन गरेका छन् । जसमा सबैभन्दा बढी रुची एच–७ एन–७ को कारण पंक्षि प्रजातिमा प्रेग एवं एच–५ एन–१ बन्दछ । जसले पंक्षिहरु ४८ घण्टा भित्रँ मर्दछन् ।
लक्षणहरु
कुखुराहरुमा रोग सामान्य वा गम्भिर हुन सक्छ । सधैजसो कुखुराको पखेटा लत्रिने, फूल पार्न कम हुने गर्दछ । यस प्रकारका लक्षणहरु धेरै मानवीय हस्तक्षेत्र बीना नै चाडै निको हुने गर्दछ । इन्फलुएन्जाको अर्को रुप जनु एच–५ एवं एच–७ को प्रकारका कारण हुन् । बाहिरी लक्षणहरुका साथै तीव्र मृत्यु हुने गर्दछ । एभीएन फ्लुको भाइरसले शरीरको तन्त्रीका तन्त्रलाई बढी प्रभाभित गर्दछ । यसैले कुखुराको बथानमा हिँड्दा ढलमलिने, लड्ने, घाटी एवम् पखेटा बटारने, लत्र्याउने जस्ता लक्षण देखिन्छ । चारो कम खाने ज्वरो ४४ डिग्री सेल्सियस हुने, प्यास कम लाग्ने, छाला मुनी हावा भरिने हुन्छ । संक्रमणको सुरुमा उष्मायनको लगभग २० घन्टा पहिले कुखुराहरु झोत्र्याउने, आँखा बन्द गर्ने, गहिरो सास लिने गर्दछन् । सिउर एवं लोती कालो हुने, श्लेष्मा झिल्लीमा रातो हुने गर्दछ ।
उपचार
कुखुराको लागि हालसम्म उपचार सम्भव भएको छैन ।
बर्ड फ्लुका लक्षणहरु मानिसमा
त्यसो त सामान्यतया कोरोना भाइरस एवं बर्ड फ्लूका लक्षणहरु धेरै हदसम्म मिल्दाजुल्दा हुन्छन् । तर बर्ड फ्लु भाइरुस अर्थात एच–५ एन–१ को संक्रमण भएका बेला लक्षणहरु सामान्य रुघाखोकी, खोकी लाग्नु, नाक बग्नु, घाटी खस खस हुनु, ज्वरो आउनु, टाउको दुख्नु, मांशपेशिहरु दुख्नु, बेचैनी इत्यादी प्रमुख मानिन्छ ।
एभिएन फ्लुबाट कसरी बच्ने
एभिएन फ्लु भाइरस पंक्षि प्रजातिबाट मानिसमा सर्ने गम्भिर समस्या हो । तर केहि बिन्दुहरुमा ध्यान दिदा भने यसबाट बच्न सकिन्छ ।
एभिएन फ्लुबाट बच्नका लागि पक्षिहरु एवम् जनावरबाट सामान्य दूरी बनाउनुका साथै मरेको पंक्षिसँग लसपस गर्नु हुँदैन । कुखुराको खोरमा पस्दा विष्टा सफा गर्दा हाथमा पन्जा लगाउने । यदि पंक्षिको शरीरबाट निस्कने श्रावसँग लसपस भएमा हाथहरु साबनु पानीले धुने । साथै बेला–बेलामा हाथहरुमा सेनिटाइजरको प्रयोग जरुरी हुन्छ । पशुपंक्षिहरुसँग सम्बन्धित कार्य गर्नु पर्ने पशुचिकित्सक, पशु स्वास्थ्य प्राविधिक मासु व्यवशायी, कामदारहरुले व्यक्तिगत स्वास्थ्य सुरक्षा उपकरणको प्रयोगपछि मात्र पशुपंक्षिसँग लसपस गर्नुपर्ने हुन्छ । अन्यथा आवश्यक सावधान हुनु पर्छ । अनावश्यकरुपमा कुखुरा फार्म, घर, बजारमा कुनै पनि संक्रमित व्यक्तिसँग टाढा बस्नु नै बेश हुन्छ ।
काचो मासु तथा फूल नाङ्गो हाथले नछुने । यदि छुनै परेमा हाथमा पन्जा एवं नाकमुखमा मास्क प्रयोग गर्नु पर्छ ।
कुखुराको मासु एवं फूल ७० डिग्री सेल्सियसमा पकाएर खाने गर्नुपर्छ । यसो गर्दा तापक्रमबाट भाइरस नष्ट हुने गर्दछ । काचो कुखुराको मासु एवं फूल भान्साका अन्य खानेकुरासँग सँगै राख्नु हुँदैन ।
यदि हामीले माथि उल्लेख गरिएका बुदाहरुलाई कडाइका साथ अवलम्वन गर्ने हो भने एभिएन फ्लुबाट आफ्नो सुरक्षा गर्न सकिन्छ । यस भाइरस जनित रोगबाट सुरक्षित हुन सक्छौं । मुख्य कुरा बिचार गर्नुस् कुनै पनि कुखुरा फार्ममा काम गर्दा मास्क एवं हाथमा पन्जा खुट्टामा बुट एवं एप्रोन लगाउनु अत्यन्त आवश्यक हुन्छ । रोग प्रभावीत क्षेत्रहरुमा जानबाट बच्नु पर्ने हुन्छ । कुखुरा पालन, कुखुरा वधशालासँगको लसपसबाट टाढा बस्दा बेस ।
ध्यान राखौ एभिएन फ्लुबाट बच्नु नै सर्वोकृष्ट उपचार हो ।