किसानलाई दुख दिन्छन् विद्युत्का हाकिम
Wednesday, July 20th, 2022, 12:08 pm
Kalpristha
कृषकलाई अनावश्यक दुख दिने र आर्थिक प्रलोभन कारण समयमा काम नगर्ने प्रवृति विद्युत कार्यालयका कर्मचारीमा रहेको अनुभव सुनाउँछन खजुराका किसानहरु । कार्यालयमा आएका केहि किसानहरुले त कार्यालयका कर्मचारीलाई केहि रकम दिए छिटै कृषि मिटर पाइने बताउँछन ।
२०७८ भदौमा खजुरा गाउँपालिका वडा नम्बर २ गौघाटका हरि बिसीले कृषि मिटरको सिफारिसकालागि वडा कार्यालयबाट २ सय रुपैयाँको रसिद कटाए । वडा कार्यालयबाट उनीपालिकाको कृषिशाखामा आईपुगे । कृषिशाखाले कृषि मिटरको सिफारिसकालागिकम्तीमा ५ कट्ठा जमिनहुनु पर्ने बताउँदै सिफारिस दिननमिल्ने बतायो । कारण हरिको नाममा ४ कट्ठा जमिनमात्रै थियो ।
कृषिशाखासँगको सुझावमा ३ दिनपछि उनले उनको श्रीमतिको नाममा रहेको १ कट्ठा र आफ्नो नाममा रहेको ४ कट्ठा जमिनसहितकूल ५ कट्ठा जमिनको लालपूर्जा र नागरिकता पेस गरे । सो क्रममा कृषिशाखाले वडा कार्यालयबाट आएको चिठीमा चलानी नम्बर नभएको बताउँदै फेरि वडा कार्यालय जान सल्लाहदियो । हरि फेरि वडा कार्यालय पुगे ।
त्यसपछि उनीअसार २३ गते फेरि कृषिशाखामा कृषि मिटरको सिफारिसकालागिपुगे तरउनले सिफारिस पाएनन् । कारण रसिद काटेको ३५ दिनम्याद नाघेको ।
हरि भन्छन्, ‘कस्तो अचम्मको नियम छ । कमसेकम एउटा रसिदले एउटा आर्थिक वर्षभरि त कामगर्नु पर्ने होइन् र ?’
सिफारिस नपाएपछि उनले सिफारिसका लागि तयार पारेको फाइल नै वडा कार्यालयमा फालेर आएको बताउँछन् । ‘कृषिशाखाले जब मलाई रसिद काटेको ३५ दिनभित्रगाउँपालिकामादर्ता गरिसक्नु पर्छ । नत्रसिफारिस पाइन्न भन्नु भयो । मैले उहाँसँग ३५ दिनकहाँ लेखेको छ देखाउनु होस् भन्दाउहाँहरु बोल्दै बोल्नु भएन । अनि मैले मेरो फाइलत्यही डस्टबिनमा फालेर आए,’ उनले भने ।
कृषकलाई अनावश्यक दुख दिने र आर्थिक प्रलोभन कारण समयमा काम नगर्ने प्रवृति विद्युत कार्यालयका कर्मचारीमा रहेको अनुभव सुनाउँछन खजुराका किसानहरु । कार्यालयमा आएका केहि किसानहरुले त कार्यालयका कर्मचारीलाई केहि रकम दिए छिटै कृषि मिटर पाइने बताउँछन ।
यसैगरी खजुरा गाउँपालिका वडा नम्बर ६ पुरैनाका सोमबहादुर सुनारले गाउँपालिकाबाट सिफरिस लिएर खजुरा नोलाइट कार्यालयमा बुझाएको १८ महिना भईसक्यो । तर उनले कृषि मिटर पाएका छैनन् ।
सोम भन्छन्, ‘पहिला मिटर छैन भन्नु भयो । अहिले असार मसान्त सम्ममा हुन्छ भन्नु भयो । यो कृषि मिटर पाइन्नकी जस्तो लाग्नलाग्यो ।’
यी त केहीप्रतिनिधिपात्रमात्र हुन् । जो कृषि मिटरको लागि सास्तीभोगिरहेका छन् । खजुरा गाउँपालिका, जानकीगाउँपालिका, बैजनाथगाउँपालिकाका धेरै किसानहरुले कृषि मिटरको लागि कि त गाउँपालिकाबाट वा खजुरामा रहेको नोलाइट कार्यालयबाट सास्ती भोगिरहेका छन् ।
तर खजुरा गाउँपालिका भने किसानलाई कृषि मिटर उपलब्ध गराउन गाउँपालिकाले सहजै सिफारिस दिने गरेको बताउँछ । पालिकायोजना अधिकृत दिलबहादुर पौडेल कृषि मिटर सिफारिसकालागिआर्थिक वर्ष परिवर्तन भएपनि फरक नपर्ने बताउँछन् ।
पौडेल भन्छन्, ‘सिफारिस लिनको लागी ३५ दिन भन्ने हुँदैन । कितपय अवस्थामा आर्थिक वर्ष परिवर्तन भएको अवस्थामा पनि पुरानै कागजातले सिफारिस दिनमिल्ने अवस्थापनि हुन्छ । जस्तो कुनै व्यक्तिअसार महिनामा कृषि मिटरको सिफारिसकालागिआउनु भयो भने उहाँको कामगर्दा १ महिना बढी लाग्यो भने पनि त आर्थिक वर्ष परिवर्तन हुन्छ । त्यस्तो अवस्थामाकागजात परिवर्तन गर्नु परेन ।’ उनीलामो समयपछि आएका रसिदले भने कामगर्न नमिल्ने बताउँछन् ।
त्यस्तै खजुरा नोलाइट कार्यालय प्रमख कृष्ण पौडेल भने गाउँपालिकाबाट सिफारिस लिएर आएको हप्तादिनमै किसानले कृषि मिटर पाउने बताउँछन् । उनले भने, ‘यदि हामीसँग कृषि मिटर छ र किसानले सिफारिस लिएर कार्यालयमा दर्ता गराउनु भएको छ भने हप्तादिनमै उहाँले कृषि मिटर पाउनु हुन्छ ।’
पौडेललाई दुई वर्षसम्म किसानले कृषि मिटर नपाएको गुनासो गर्छनी ? भन्ने प्रश्नमा पौडेल आवश्यक प्रक्रिया नपुगेकाकारण त्यस्तो भएको हुनसक्ने बताउँछन् । उनी भन्छन्, ‘कतिपयकिसानहरु कार्यालयमाआएर दर्ता गराउनु हुन्छ ।
त्यसपछिलामो समयमा आउनु हुन्छ । कतिपयव्यक्तिहरु चिनेजानेको भरमाकार्यालयकाकर्मचारीलाई फाइल छोडेर जानुहुन्छ । उहाँको फाइलकता हुन्छ थाहै हुँदैन । जस्ता घटना पनि छन् । अनिकतिलाई मिटर राख्नको लागि घर बनाउनु पर्छ भन्छौं बनाउनु हुन्न । यस्तै कारणहरुले गर्दा कतिले लामो समयसम्म कृषि मिटर नपाएको हुन सक्छ ।’
खजुरा नोलाइटकार्यालयको मातहतमाखजुरा गाउँपालिका पुरै, जानकी र बैजनाथगाउँपालिकाका केहीभागहरु पर्ने गर्दछ । तर आर्थिक वर्ष २०७८/०७९ मा कृषि मिटरकालागिकतिसिफरिस आएका छन भन्ने तथ्यांक नै छैन । नोलाइटले आर्थिक वर्ष २०७८/०७९ मा भने आफ्नो क्षेत्राधिकार भित्र १ सय ४७ कृषि मिटर जडान गरेको छ ।