महेन्द्रका जिर्ण भवन बनाउन १० करोड आउने
Monday, August 8th, 2022, 8:43 pm
Kalpristha
कालपृष्ठ फलोअप
विक्रम बढाक्षेत्री
पश्चिम नेपालमा उच्च शिक्षा प्रदान गर्ने नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसको भवन निर्माणका लागि १० करोड रुपैयाँ केन्द्रबाट आउने भएको छ । जिणर् तथा ज्यानमारा बन्दै गएको उक्त भवनका लागि अर्थ मन्त्रालयले उक्त रकम व्यवस्थापन गर्ने मेहन्द्र बहुमुखी क्याम्पसका प्रमुख लालमणि आचार्यले बताए ।
यसअघि असार १९ गते क्याम्पस प्रमुख आचार्यको नेत्तृवमा सहप्रध्यानाध्यापक तेजबहादुर केसी, मानविकी संकाय सहायक क्याम्पस प्रमुख भुवनेश्वर लामिछाने, व्यवस्थापन संकाय सहायक क्याम्पस प्रमुख सुभाष गौतम र शिक्षा संकाय सहायक क्याम्पस प्रमुख डा. इन्द्रबहादुर भण्डारीसहितको पाँचजनाको टोली क्याम्पसको भौतिक पूर्वाधार निर्माणका लागि डेलिगेसन गर्न काठमाडौं पुगेको थियो । काठमाडौंमा विभिन्न मन्त्रालयका प्रमुखहरुसँग उक्त टोलीले भेटवार्ता गरेर सोमबार नेपालगन्ज फर्केको छ ।
भेटघाटका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री इस्तियाक राई, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, शहरी विकास मन्त्री मेटमणि चौधरी, शिक्षा सचिव रामकृष्ण सुवेदी, शिक्षा सह-सचिव डा. हरिप्रसाद लम्साल, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटा, रजिस्ट्रार प्रा डा पेशल दाहाल, रेक्टर प्रा डा शिवलाल भुसाल, व्यवस्थापन संकायका सहायक डिन हरिप्रसाद अधिकारी, मानविकी संकायका सहायक डिन डा ताराप्रशाद भुसालसंग क्याम्पसको भौतिक पूर्वाधार निर्माणका लागि बजेट माग गरिएको क्याम्पस प्रमुखले बताए ।
भेटघाटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री इस्तियाक राईले महेन्द्रका जिणर् भवन बनाउनका लागि १० करोड रकम निकासा गर्ने बताएको क्याम्पसका शिक्षा संकाय सहायक क्याम्पस प्रमुख डा. इन्द्रबहादुर भण्डारीले बताए । राईले अर्थ मन्त्रालयको मातहतबाट आफ्नो मन्त्रालयको कोषको १० करोड रुपैयाँ क्याम्पसलाई प्रदान गर्ने बताएका हुन् ।
त्यस्तै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले क्याम्पसको भवन निर्माण कार्य सुरु गर्न मास्टर प्लान तयार पार्न क्याम्पसलाई आग्रह गरेको उनले बताए ।
यसअघि असार १२ गते कालपृष्ठ दैनिक एवम् कालपृष्ठ न्युज डटकममा जिर्ण भवनले गिज्याइ रहेछ इतिहासलाई’ भन्ने शिर्षकमा समाचार प्रकाशन तथा कालपृष्ठ टिभीमा क्याम्पसको भौतिक संरचना समेटेर बनाइएको रिपोर्ट प्रशारण भएको थियो । क्याम्पसका शिक्षा संकाय सहायक क्याम्पस प्रमुख डा. इन्द्रबहादुर भण्डारी सो समाचारले भवनको वास्तविकताका बारेमा केन्द्रसम्म अवगत गराएको बताए ।
महेन्द्र विद्यालयको उत्तर तर्फको भवनबाहेक बाँकी सबै भवन पुराना हुन् । यी भवनहरु २०२२ सालमा राजा महेन्द्रको पालमा बनेका हुन् । यसरी हेर्दा ती भवनहरु ५७ वर्ष पुराना भएको देखिन्छ । सरदरमा कुनै पनि भवनको अधिकतम आयु ५० वर्ष हुने गरेको सहायक क्याम्पस डा. भण्डारीले बताए ।
क्याम्पसको उक्त भवन अस्वोभाविक घटना घट्ने पर्खाइमा रहेको देख्न सकिन्छ । उक्तभवनमा रहेका कक्षाकोठा र बरण्डाको माथिल्लो भागहरु धेरैजसो जिणर् भएर खसिसकेका छन् । भवनको छत बनाउन प्रयोग गरिएको भित्री सरियाह प्रष्टै देख्न सकिन्छ । यि भवनहरुमा वर्षातको समयमा पानी पनि चुहिने गर्दछ ।
यसका अलवा क्याम्पसमा रहेको छात्रावास भवनको अवस्था पनि उस्तै रहेको छ । १ नम्बर छात्रा वासलाई त क्याम्पसले पूणर्रुपमा विद्यार्थीलाई बस्न बन्देज गरेको छ । तर पनि केही विद्यार्थीहरु बाध्यताले सो भवनमा बस्न बाध्य छन् । सोही छात्रावासमा बसेका विद्यार्थीहरु छत खस्ने जोखिम हुँदाहुँदै पनि अन्य विकल्प नभएका कारण आफूहरु बस्न बाध्य भएको बताउँछन् ।
संघीय आयोजना कार्यान्वयन इकाईले पनि क्याम्पसमा रहेको भवनहरु पूणर्रुपमा जिणर् भएको निस्कर्ष निकालेको छ ।