तत्कालिन बाँके जिल्ला न्यायाधिश अधिकारी बर्खास्त
Wednesday, August 31st, 2022, 7:34 pm
Kalpristha
जिल्ला अदालत बाँकेको न्यायाधीश हुँदा आर्थिक स्वार्थ र लेनदेनका कारण न्याय सम्पादन प्रभावित हुने कार्य गरेको अधिकारीलाई आरोप लाग्दै आएको थियो । उनी विरुद्ध उजुरी परेपछि त्यसको छानबिनका लागि उनलाई सर्वोच्चमा सरुवा गरिएको थियो ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ भदौं
बाँकेमा रहँदा आर्थिक प्रलोभनमा परेर न्याय सम्पादनलाई प्रभावित गरेको आरोप लागेका न्यायाधिश श्यामसुन्दर अधिकारीलाई बर्खास्त भएका छन् । मंगलबार बसेको न्यायपरिषद् बैठकले जिल्ला न्यायाधीश अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
आर्थिक लेनदेनमा उनको संलग्नता पाइएकोले बर्खास्त गरिएको न्याय परिषदका प्रवक्ता मानबहादुर कार्कीले बताएका छन ।
जिल्ला अदालत बाँकेको न्यायाधीश हुँदा आर्थिक स्वार्थ र लेनदेनका कारण न्याय सम्पादन प्रभावित हुने कार्य गरेको अधिकारीलाई आरोप लाग्दै आएको थियो ।
उनी विरुद्ध उजुरी परेपछि त्यसको छानबिनका लागि उनलाई सर्वोच्चमा सरुवा गरिएको थियो । अधिकारीले सेवाग्राहीसँग आर्थिक रकम लिएको भन्ने आरोप लागेपछि परिषद्ले छानबिन सुरु गरेको थियो ।
पछिल्लो समय न्यायलयमा पनि आर्थिक चलखेलका घटना बढ्दै गएको आरोप लाग्ने गरेको छ । केहि वर्ष अघि बाँके जिल्ला अदालतकै कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले सेवाग्राहीसँग घुस लिएको आरोपमा प्रक्राउ गरेको थियो । बाँके जिल्ला अदालतमा कार्यरत कर्मचारीनै भ्रष्टाचारमा तानिएपछि न्याय सम्पादनमा पनि आर्थिक चलखेल हुने गरेको आरोप लाग्दै आएको थियो ।