‘सडकपेटी हिड्नको लागि बनाइएको हो, यसलाई खाली गर्नुपर्छ’
Monday, September 5th, 2022, 1:20 pm
Kalpristha
सडक तथा सडकपेटी अभिक्रमण नेपालगन्जका लागि पुरानै समस्या हो । यस विषयमा ऐन तथा नियमहरु पनि बनिसकेका छन् । तर पनि अतिक्रण जस्ताको त्यस्तै देख्न सकिन्छ नेपालगन्जमा । सो विषयलाई लिएर नेपालगन्ज उप–महानगरपालिकाले केही दिनदेखि सडकपेटी खाली गराउने अभियान थालेको छ । यस विषयमा नेपालगनज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टसँग गरिएको कालपृष्ठ संवाद ।
सडक अतिक्रमसम्बन्धी ऐन तथा नियम हुँदा हुदै नेपालगन्ज उप–महानगरपालिकाले त्यसलाई कार्यान्वयन गर्न किन सकेको छैन ?
राष्ट्रिय राजमार्गको सवालमा संघीय सरकारले हेर्ने गर्छ । त्यसैले सडक डिभिजन कार्यालय र नेपालगन्ज उप–महानगरपालिकाको सहकार्यमा नै यहाँ भएका अतिक्रमहरुलाई हामी चाडै नै बसेर सुल्झाउने प्रयासमा छौं । यो एकै पटकमा हुने कुरा हैन । यसलाई अभियानका रुपमा लैजानु पर्छ ।
सडक फुटपातमा सामान राख्न नेपालगन्ज उप–महानगरपालिका तथा वडाले सिफारिस दिन मिल्छ ?
छैन, फुटपात र सडकपेटी खाली हुनु पर्छ । मानिसले हिटड्न पाउनु पर्छ भनेर हामी त्यसमा एकदम कडाइका साथ लागेका छौं । फुटपातमा पसल संचालन गर्नु पर्छ वा फुटपातमा सामान राख्न पाउनु पर्छ भन्ने कही कतै भएको जस्तो महलाई लाग्दैन । यसमा कसैले पनि अनुमति दिने, सिफारिस दिन मिल्ने भन्ने हुँदैन ।
नेपालगन्ज उप–महानगरपालिकाभित्र वडाले नै सडकपेटीमा समान राख्न सिफारिस दिएको भन्ने सुन्नमा पनिण् आएको छ नी ?
नियमले त यसरी निवदेन दिएर हामी त्यस्तो गर्दैनौं । तर केही व्यहारिक पक्ष पनि हुन्छन् । त्यस्तो नीति नबनेको कारण यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने तर्फ हामी लगेका छौं । व्यहारिक पक्षमा एक दुई दिन काम गर्दा सहजता दिनु एउटा कुरा हो । पत्रै दिएर फुटपात कब्जा गर्नु पर्छ भन्ने कतै भएको जस्तो मलाई लाग्दैन ।
फुटपात तथा सडकपेटी खाली गराउने तपाई कसरी लाग्नु भएको छ ?
अहिले हाम्रो अभियान भनेको के हो भने, सडकपेटी र फुटपात जो पहिलेनै नक्सा दिँदा छुटेका जस्तो नालामाथि जुन फुटपात छ त्यसलाई मात्र हामीले खाली गर्न लागेका छौं । अझै हाम्रो दोस्रो प्रत्रियामा उहाँहरुलाई नक्सा बनाउन आह्वान गर्छौ । नक्साभित्र के कति क्षेत्र छ त्यो हेर्छौ । अहिले मात्र के हो भने कम्तिमा सडकपेटीमा मान्छेले हिड्न पाउनु पर्छ भनेर यो अभियानलाई चलाएका छौं । एक हप्ता जति भो । म आफै पनि यसमा लागेको छु । सडकपेटीमा मान्छे हिड्न पाउनु पर्छ । यसले गर्दा दुर्घटना पनि न्यून हुन्छ र मान्छेलाई पनि भोली हिड्न सजिलो हुन्छ । मान्छे पनि त्यहि हिड्ने गाडीघोडा पनि त्यही हिड्ने गर्दा दुर्घटना बढी हुने जोखिम हुन्छ । सडक भनेको मन्छे हिड्नका लागि बनाइएको हो । त्यसैले सबै नेपालगन्जवासीले यसलाई बुझिदिनु पर्छ । आफ्नो घर तथा पसल अगाडि भएका सडकपेटी खाली गर्दिनु हुन अनुरोध पनि गर्छु । यसले दुर्घटनाको जोखिम कम गर्छ । नेपालगन्जको सौन्दर्यतालाई बढाउँछ ।
सडकपेटी खाली गराउँदै गर्दा कतै सडकपेटी साना छन् । कतै छँदै छैनन् । यसलाई सुधार गर्न सकिएला ?
नाई सकिन्छ । एकदमै नालामाथि बनाएका संरचनाहरु त हामी हटाउँछौं हटाउँछौं । डिजाइनै गर्दा साना बनेका तथा सडकेपटी नभएका स्थानको नक्सा कसरी पास भएको छ । त्यस विषयमा सम्बन्धित निकायसँग, प्राविधिक शाखासँग समन्वय गरेर अगाडि बढ्छौं ।