जनतामाझ लोकप्रिय बन्दैं रत्न
Saturday, November 5th, 2022, 7:06 pm
Kalpristha
समकालिन राजनीतिमा पार्टीको शीर्ष नेतृत्वसँग निकटको समबन्ध बनाएका खत्री जिल्लामा पार्टीगत मात्रै नभएर फरक पार्टीका नेता कार्यकर्ता र नागरिक समाज तथा विभिन्न पेशाकर्मीसँग पनि समान सम्बन्ध बनाउन उनी सफल भएका नेतृत्व हुन ।
नेपालगन्ज: रत्न खत्री बाँकेको राजनीतिमा चिर परिचित अनुहार हो । करिब तीनदशकदेखि बाँकेको राजनीतिमा सक्रिय खत्रीले विद्यार्थी राजनीतिमा महेन्द्र बहुमुखी क्याम्पस नेपालको स्ववियु सभापतिमा निर्वाचित भएपछि बाँकेमा बिश्व विद्यालय स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरे ।
दोश्रो जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दा तत्कालिन समयमा सुरक्षा निकायले धरपकड तथा मरणासन्न हुनेगरी कुटपिट गरेको थियो । उनी लामो समय भूमिगत र प्रहरी हिरासतमा समेत बसे । एमाले निकट अनेरास्ववियुकोे केन्द्रीय प्रचार विभाग प्रमुख भएर काम गरेपछि खत्रीले एमाले बाँकेको जिल्ला कमिटी सदस्य, उप–सचिव र हाल दोश्रो कार्यकाल सचिव पदमा कार्यरत छन् ।
सुर्खेतको सिम्तामा जन्मिएपनि उनको बाल्यकाल बाँकेमा बित्यो । राजनीतिक कार्यक्षेत्र पनि बाँकेको बैजनाथ र खजुरा गाउँपालिकालाई बनाउँदैं खत्रीले यस क्षेत्रमा समाजको विकासमा लागिरहेका छन् ।
तत्कालिन जिल्ला विकास समिति बाँकेमा एमालेको तर्फबाट दलीय प्रतिनिधी र स्थानीय शान्ति समितिको प्रतिनिधी हुँदा उनले क्षेत्र र जिल्लाको विकास निर्माण र शान्ति स्थापनामा भूमिका निर्वाह गरेका थिए ।
समकालिन राजनीतिमा पार्टीको शीर्ष नेतृत्वसँग निकटको समबन्ध बनाएका खत्री जिल्लामा पार्टीगत मात्रै नभएर फरक पार्टीका नेता कार्यकर्ता र नागरिक समाज तथा विभिन्न पेशाकर्मीसँग पनि समान सम्बन्ध बनाउन उनी सफल भएका नेतृत्व हुन ।
खत्रीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ (१) उम्मेदवारी दिएका छन् । खत्रीलाई एमाले सहित राप्रपाको पनि समर्थन रहेको छ ।
राप्रपाका नेताहरु फत्तेसिंह थारु, ठाकुरसिंह थारु, तारकसिंह थारु लगायतका नेता कार्यकर्ताहरु खत्रीको पक्षमा लागेका छन् । राजनीतिमा पूर्णकालिन भएर लागेका खत्रीले राजनीति शास्त्रमा एमए उत्तिर्ण गरेका छन् । प्रष्टसँग आफ्ना कुरा राख्न सक्ने कुशल नेता खत्रीलाई पहिलो पटक बैजनाथ र खजुराका जनताले प्रतिनिधीको रुपमा पठाउने अवसर पाएका छन् ।
जनताको जीवनस्तर सुर्धान आर्थिक रुपमा आत्मनिर्भर जनता, कृषि, शिक्षा र स्वास्थ्यको विकासलाई उनले आफनो एजेन्डका रुपमा समावेश गरेर चुनावी मैदानमा होमिएका छन् । बाँकेको क्षेत्र नम्बर ३ को विकासमा आफुले राजनिति सुरुगरेदेखि सक्रिय भएर लागेकोले जनतालाई आफुलाई निर्वाचन गराउने विश्वास लिएका छन् खत्रीले ।