बाँकेको विकासमा साझा धारणा बनाएर अघि बढ्छु : संघिय सांसद शर्मा
Friday, December 23rd, 2022, 9:23 pm
Kalpristha
नेपालगन्ज –
बाँकेबाट संघीय ससदमा समानुपातिक कोटाबाट सांसद बनेकी नेकपा एमालेकी नेतृ दीपा शर्मा रुपाखेतीले २ नम्बर क्षेत्र मात्र नभई बाँके जिल्लाको समग्र विकास निर्माणमा आफु अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
विहिबार सांसदको सपथ ग्रहण पछि शुक्रबार गृहजिल्ला आईपुगेकी नेतृदीपा शर्मा रुपाखेतीले नेपालगन्ज प्रवेश लगत्तै पुष्पलाल चोकमा अवस्थित नेकपा एमालेका संस्थापक महासचिब तथा कम्युनिष्ट आन्दोलनका पथप्रदर्शक पुष्पलाल श्रेष्ठको शालिकमा माल्यापर्ण गरेकी थिईन् ।
सो अवसरमा कम्युनिष्ट आन्दोलनका खम्बा तथा नेकपा एमालेका संस्थापक महासचिब पुष्पलाल श्रेष्ठलाई श्रद्धन्जली अर्पण गर्दै उनले श्रेष्ठको मार्गदर्शनलाई संधै पछ्याउने बताईन् । साथै उनले बाँकेको विकासमा आफ्नो एकल धारण नभई सबैको साझा धारणा बनाएर अघि बढ्ने समेत बताईन् ।

…
पुष्पलालको शालिकमा माल्र्यापण लगत्तै नेकपा एमालेको पार्टीकार्यालयमा भएको अनौपचारिक छलफल पछि एमालेका पुर्व केन्द्रिय नेता दिनेशचन्द्र यादवको समाधिस्थल नरैनापुरमा गई नेता यादवलाई श्रद्धाञ्जली अर्पण गरिन् ।

…
संघिय सांसद दीपा शर्मा विद्यार्थी राजनितिबाट आएकी नेता हुन् ।