कहिले होला नगरमा अटो र रिक्सा व्यवस्थापन ?
Tuesday, January 31st, 2023, 6:00 am
Kalpristha
पछिल्लो समय नगर देखि लिएर गाउँघरका कुना काप्चा सम्म अटो र इ–रिक्साहरुको गुड्ने गरेका छन् । अटो र रिक्साको संख्या बढदै गएपछि यसको व्यवस्थापनमा भने निकै चुनौति देखिएको छ । नेपालगन्ज नगर त झन अटो र रिक्सा व्यवस्थापन नयाँ चुनौतिको रुपमा देखिएको छ ।
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, १६ माघ
पछिल्लो समय नेपालगन्जमा इ–रिक्सा र अटो रिक्साहरुको संख्या बढीरहेको छ । नयाँ प्रविधिसँगै भित्रिएका इ–रिक्सा र अटोले नगरको यातायात सेवालाई सहयोग गरेका छन् । रिक्सा चढन् सहज छ । त्यसैले पनि पछिल्लो समय नगर देखि लिएर गाउँघरका कुना काप्चा सम्म अटो र इ–रिक्साहरुको गुढने गरेका छन् । अटो र रिक्साको संख्या बढदै गएपछि यसको व्यवस्थापनमा भने निकै चुनौति देखिएको छ । नेपालगन्ज नगर त झन अटो र रिक्सा व्यवस्थापन नयाँ चुनौतिको रुपमा देखिएको छ ।
नेपालगन्जमा इ–रिक्सा चलाउँदै आएका नौकु साउले केहि समय अघि मात्र आफ्नै बलबुतामा रिक्सा किनेका थिए । नगरमा रिक्सा चलाउँदा आफुले निकै समस्याहरु भोग्नु परेको नौकुको अनुभव छ ।
‘हामीलाई त पार्किङमा खडै गर्न दिंदैन । लठ्ठीले हान्छ । लखेटिहाल्छ । यसले हाम्रो व्यवसायमा झनै अफ्ठ्यारो परेको छ । अटोको संख्या धेरै भएकै कारण तोकिएको भाडा पाउन पनि मुस्किल हुन्छ हामीलाई ।’–उनले भने । ‘हाम्रो यहाँ अटोहरु धेरै भयो । पहिले–पहिले हामी यहि अटो चलायर २५ सय तिन हजार रुपैयाँ कमाउथ्यौं । अहिले जता हेर्नुस अटो मात्रै देख्नुहुन्छ । अटो यति धेरै छ । तर, पार्किङ गर्ने ठाँउ छैन । यहि नचलाऔं भने रोजिरोटि कसरी चलाउने ।’
नेपालगन्ज उप–महानगरपालिका २१ नम्बर वडाका रामकृष्ण गोडियाले अटो चलाउन थालेको ३ वर्ष भयो । सुरुसुरुमा खासै धेरै अटोहरु नभएको उनि बताउँछन् । पछिल्लो समय बग्रेल्ती रुपमा बढेको अटोहरुले बजारलाई कुरुप बनाएजस्तो लाग्छ उनलाई । अटोहरुको छुट्टै रुटनै सन्चालनगरि उचित पार्किङको व्यवस्थापन पनि व्यवस्थित गरिदिए हुन्थ्यो जस्तो लाग्छ उनलाई तर, कसले व्यवस्थापन गरिदिने ।
नेपालगन्जका सोहेल ढपाली अटोहरुको छरपस्ट अवस्थाको साक्षी मध्यका एक हुन् । उनि आफै पनि विगत आठ बर्ष देखि अटो चलाएरै जिवन निर्वाह गरिरहेका छन् । तरपनि उनलाई अटोहरुको अस्तव्यस्त अवस्था देखेर झिझो लाग्छ ।
‘नेपालगन्जमा अहिलेसम्म १ ठाँउमा बाहेक अटोहरुलाई नै भनेर पार्किङ गर्ने ठाँउ कतैपनि छैन । अब भन्नुस हामीले कहाँ लगेर अटो पार्क गर्ने । अनि हामीलाई मात्रै दोस दिएर हुन्छ ? अटो चलाउनु हाम्रो बाध्यता हो भने । यसको व्यवस्थान गर्नु स्थानिय पालिका र ट्राफिकको दायित्व हो । हामलाई देखाईदिन प¥यो पार्किङ गर्ने ठाँउ । त्यसमा हामीले पार्किङ गरेनौं भने बल्ल हामीलाई कारवाहि गरेको सुहाउछ ।’
नेपालगन्ज उप–महानगरपालिकाले भने यसको दोस यातायात व्यवस्था कार्यालयलाई दिएको छ । नगर प्रमुख प्रशान्त विष्ट यातायात कार्यालयले जथाभावि अटोरिक्सा दर्ता गरिदिंदा समस्या उत्पन्न भएको बताउँछन् । ‘हामीसंग कुनैपनि समन्वय नगरिकन यातायात कार्यालयले अटो रिक्सा दर्ता गरिदिंदा त्यसको व्यवस्थापनको अनावश्यक भार हामीलाई परेको छ ।’–उनल भने । ‘यसको अर्थ हामी गर्दैनौं भन्ने हैन । नगरको बोर्ड बैठकबाट अटोरिक्सा व्यवस्थापन सम्बन्धमा बनेको कार्यविधि समेत पारित भैसकेको छ भने नगरसभाबाट पास हुने वित्तिकै अघाडिको बाटो खुल्छ । अनि मात्रै हामी यस विषयमा ट्राफिक प्रहरी संग आवश्य समन्वय गछौं । त्यसपछिमात्रै यसको दिगो समाधान सम्भव छ ।’
नेपालगन्ज उप–महानगरपालिकामा हालसम्म १८ सय अटोरिक्सा सुचिकृत भएका छन् । बाँकेमा आएदेखिनै अटोरिक्सा व्यवस्थापनको विषयलाइृ केन्द्रमा राखेर काम गरिरहेका जिल्ला ट्राफिक प्रहरी प्रमुख हिमालय शाह पनि आफुहरु यस सन्दर्भमा पुर्ण रुपमा सफल भईनसकेको स्विकार्छन् ।
‘यस विषयमा सबैभन्दा पहिला त राजनितिक नेतृत्व एकमत हुन जरुरी छ । मेरै पहलमा नेपालगन्ज उप–महानगरले अहिले कार्यविधि तयार पारेको छ । मेरो कामको पहिलो प्राथमिकतामा अटो रिक्सा व्यवस्थापनको विषय छ ।’