डाँले घाँसको बिउ विरुवाले आत्मनिर्भर बनिन् हरिकला
Saturday, April 29th, 2023, 9:07 pm
Kalpristha
रामराज कठायत
नेपालगन्ज, १६ बैशाख
राप्तीसोनारी गाउँपालिका–९ बस्ने वर्ष ३९ वर्षिया हरिकला खड्काले भुई र डाँले घाँसको बिउ विरुवाबाट बार्षिक ५ लाख भन्दा बढी आम्दानी गर्ने गरेकी छन् । २ छोरा श्रीमान् र आफु सहित ४ जनाको परिवार छ उनको । परिवारमा जेठो छोरा विविएस पढ्दै छन् । कान्छो छोरा कक्षा ८ मा पढ्दैछन् । ३ कट्टा जमिन मात्र भएको उनको परिवारमा बर्ष भरि खान लगाउन समेत पुग्दैनथ्यो विगतमा । श्रीमान्को पनि सामान्य पढाई लेखाई मात्र भएकाले आर्थिक रुपमा आत्मनिर्भर हुन निकै कठिन थियो ।
आप्mनो जमिनबाट उत्पादन भएको अनाजले विगतका वर्षहरुमा ३ महिना सम्म पनि खान नपुग्ने भएकोले श्रीमान् कहिले भारततिर त कहिले नेपालमै मजदुरी गरि परिवार पाल्नु पर्ने बाध्यता थियो उनको परिवारमा । २०६७ सालमा हेफर ईनटरनेशनल नेपाल महिला उपकार मञ्च र बी–ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भएको साना किसानहरुको संस्था सबलीकरण परियोजना अन्तर्गत गठन भएको सगरमाथा समुहमा आवद्ध भएकी हरिकला खड्का एक सक्रिय सदस्य भईन् ।
समूहमा सहयोगी संस्था मार्फत विभिन्न क्षमता विकास, सिपमूलक, तालिम, गोष्ठी,छलफल तथा अन्तरक्रिया नियमित सहभागी हुने अवसर पाईन् उनले । उक्त अवसरले हरिकलाको दैनिकमा परिवर्तन ल्याईदियो । त्यसपछि पशु तथा कृषि क्षेत्रमा आप्mनो उद्यम गर्ने उत्पे्ररणा बढ्दै गएको बताउँछिन् हरिकला खड्का । समूहबाट सामान्य घर खर्चको लागि १० हजार देखि २० सम्म ऋण पाईएता पनि बढि ऋण भने पाईदैनथ्यो ।
२०६८ सालमा विधिवत रुपमा संघर्षशिल सामाजिक उद्यमी महिला सहकारी दर्ता भए पछि समूहबाट सहकारीको शेयर सदस्य भईन् । उक्त सहकारीले पनि पशु तथा कृषि व्यवसायमा लागेका कृषकहरुलाई उद्यमी बनाउनको लागि ऋण प्रवाहमा प्राथमिकता दिने निर्णय सहित कार्यान्वयन गरे पश्चात थप प्रोत्साहन बढ्यो हरिकला खड्कालाई ।
समय समयमा कामका लागि भारत जाने आउने गरि राख्ने श्रीमान्लाई आप्mनै गाउँठाउँमा बसी केहि काम गर्ने सोच बनाएकी हरिकलाले श्रीमान्संग सल्लाह गरि भुई तथा डाँले घाँसको श्रोत केन्द्र बनाउने निधो गरिन् । बाख्रापालन गर्दा जंगली जनावरबाट हुने क्षतिलाई कम गर्न आप्mनो खेतवारी वरीपरी भुई तथा डाले घाँसका विरुवाहरु लगाउने उद्देश्यका साथ सहकारीको सिफारिसमा २०७६ सालमा माछापुच्छ«े बैंकबाट सहुलियत कर्जा ४ लाख लिई २ कठ्ठा जमीनमा भुई तथा डाँलेघाँसको स्रोत केन्द्र स्थापना गरिन् ।
२०७९ सालमा १ लाख ६६ हजार बरावरको रकम लुम्विनी प्रदेश सरकारबाट घाँस उत्पादनमा आधारित अनुदान प्राप्त गरेकी थिईन खड्काले । जसले गर्दा भुई तथा डाँले घाँसको नर्सरी स्थापना गर्न सहयोग मिल्यो । विभिन्न भुई तथा डाँले घाँसको विउँ र बिरुवाबाट २०७६ सालमा पहिलो पटक ५० हजार, २०७७ सालमा ३ लाख ५० हजार र २०७८ सालमा ५ लाख २५ हजार ९ लाख २५ हजार उनले आम्दानी गरिसकेकी छिन् । यसरी घाँसको विउँ तथा विरुवाबाट बढ्दो क्रममा आम्दानी भई रहेकोले हरिकला खड्काले आर्थिक रुपमा आत्मनिर्भर हुन सहयोग गरेको बताउँछन् । उनले भनिन, ‘मैले घाँस बिक्रिबाट यसरी आम्दानी होला भनि सोचेको पनि थिएन । घाँसको विउको व्यवसाय पनि हुन्छ होला र भन्ने लाग्थ्यो ।’
उनले खुसी हुँदै भनिन, ‘घाँसको उद्यम संचालन गर्दा बाँके जिल्ला भित्र मात्र होईन बाह्य जिल्लाकाले पनि घाँसको विउबेर्ना लिने गरेका छन् । यसले मलाई खुसी दिएको छ । एउटा फरक उद्यमीको रुपमा पनि सबैसंग चिनिने अवसर पाएकी छु ।’
४ बर्षमा घाँसबाट कमाएको रकमबाट १ घडेरी कोहलपुरमा र गाउँमै ३ कट्टा जग्गा किनेर घाँसको नर्सरी नै बनाएकी छिन् उनले । हाल कान्छो छोरालाई वोडिङ स्कुलमा पढाई रहेकी छन ।
२०७८ सालमा बिबि कृषि नर्सरी तथा पशुपन्छि फर्म दर्ता गरि ४ विगाह जमिन भाडामा लिई भुई तथा डाँलेघाँसको नर्सरी स्थापना गरेकी छिन् खडकाले । गाउँ मात्र नभई जिल्लाकै एउटा नमूना उद्यमीका रुपमा पहिचान बनाएकी हरिकला खड्काले यस आर्थिक बर्षमा किम्बु १८ हजार बकाईनो ८ हजार, भट्मासे २७ हजार मेन्ुदला २ हजार, सुपर नेपियर ८० हजार सेट, पाँसपालम ८ हजार, मुलाटो ७ हजार स्मार्ट नेपियर १२ हजार, रेड नेपियर ४० हजार र ईन्दु ६ हजारको बेर्ना राखेकी छिन् । यस बर्ष उक्त भुई तथा डाँले घाँसका विरुवाहरु बिक्री गरेर १२ लाख आम्दानी गर्ने योजना छ हरिकला खड्काको ।