कल्पिएका अनुपम अनुराग
Monday, July 17th, 2023, 1:19 pm
Kalpristha
अनुपम अनुराग (हरि)
मैले माया गरेको केवल फिल्म मा मात्र देखेको थिए अरु साथीहरुको लभ परेको छ भन्दा नी खासै वास्ता नै लाग्थेन म निरन्तर आफ्नो काम मा व्यस्त हुन्थे । मलाई माया प्रेम गरे पछि छिट्टै बिहे गर्नु पर्छ पढाई बिग्रिन्छ भनेर एक दीन कक्षा ११ मा पढ्दा सरले भन्नु भएको सम्झेर माया गर्न मनै लागेन या समय न जुरेको त्यो भगवानलाई नै सोध्नु पर्छ । धेरै केटीहरु मेरो नम्बर मागेर लिन्थे अनि मिस्कल आउँथ्यो । मैले कहिल्यै कल ब्याक गरिन । फेसबूक नाम सोधे भने पनि मैले फेसबूक चलाउँदैनन् । भन्थे सानै देखि विद्यालयका हरेक कार्यक्रम मा सहभागिता जनाउदै केही न केही स्थान ओगट्न सफल हुन्थें ।
विद्यालयको बाल क्लबको अध्यक्ष पनि म नै थिएँ । विद्यालयमा हुने औपचारिक कार्यक्रम सञ्चालन गर्ने जिम्मा सँधै मेरो नै हुन्थ्यो । अझ भनौं म विद्यालय का सम्पूर्ण कर्यक्रम उद्घोषण गर्ने विद्यालयका सम्पुर्ण कार्यक्रममा मनै अगुवा हुन्थे कक्षा १२ मा पढ्दै गर्दा कक्षा ११ का विद्यार्थिलाई स्वागत कार्यक्रम कक्षा १२ का विद्यार्थीले त्यो कार्यक्रमको उद्घोषण पनि मलाई जिम्मा दिएको थियो । त्यही दिन एक जना केटी जो मलाई एकोहोरो अगाडि बाट हेरिरहेकी थिईन् । मैले खासै वास्ता भने गरेन । किनकि मेरो नाम पुरै कलेज भरी सबैले चिन्थे सबैले सम्मान गर्थे । मलाई हेर्नु मेरो उदघोषण मा खुसी हुनु मलाई सामान्य लाग्यो । केही छिन पछाडी कार्यक्रम पनि सकियो । म घर फर्किदै थिए नयाँ नम्बर बाट ५ पटक सम्म कल आयो म साथी सँग बाटोमा गफ गर्दै हिँड्दै थिए । मैले छैटौं पटक फोन रिसिभ गरे ‘हेलो नमस्कार आवाजको धनी मान्छे’ भनेर कोही केटी मान्छेको आवाज थियो । मैले धन्यबाद यो धोक्रो आवाज लाई पनि आवाजको धनी भन्नु भएकोमा भने अनि फोन काटिदिए ।
म घरमा सबै काम गर्थे चुलो चौको देखि मेलापात सबैमा ममीलाई सहयोग गर्थें । ममी र म सँगै घाँस काटिरहेका थियौं । फेरी त्यही नम्बरबाट फोन आयो । घर पुग्नु भयो ? खाजा खानु भयो ? के गर्दै हुनुहुन्छ हजुर ? एकोहोरो प्रश्न गरिन् मैले लजाउँदै फोन काटिदिए । किनकि, त्यतिबेला सम्म मैले ममीको अगाडि केटी मान्छे संग कहिल्यै फोन मा कुरा गरेको थिएन । मलाई यो गर्नु पनि थिएन । म सधै आफ्नो कर्ममा विश्वास गर्थें । प्रेम भन्ने बित्तिकै कहिले काँही त्यो मोबाइलमा हेर्ने चलचित्र जस्तै भयो भने । कृष्णले बृन्दाबन छाडेको । राधाले जीवनभर कृष्णलाई प्रेम गरेको । कृष्ण ले १६ हजार गोपिनि संग प्रेम गरे पनि राधा नै उनको प्रेमिका बनेको । जवकी राधाले कहिल्यै कृष्णकी रानी हुने सौभाग्य पाइनन् । माया प्रेम भाग्यमा हुनुपर्छ चाहेर कोही कसैको हुन सक्दैन । किन समय खेर फाल्नु, पैसा कहाँ बाट पाउनु दिनकै रिचार्ज कार्ड किन्ने ? त्यो भन्दा ममी लाई सहयोग गरे आनन्द मनले एक गाँस खान पाइन्छ भन्ने सानै देखि मनस्थिति बनाएको थिएँ ।
त्यसैमा गाउँका एक जना दाईले एक जना केटीलाई माया गरेकै कारण आफ्नो जीवनलाई त्यागिदिनु भएको थियो । यस अर्थमा केटी मान्छे धोका दिन्छन्,भन्ने मेरो मानसिकता बनीसकेको थियो । उनी मलाई निरन्तर फोन गर्न थालिन् । प्रत्येक दिन बिहान गुड मर्निङ खाजा खाइसियो ? के गर्दै होईसिन्छ आज कलेज आइसिन्छ की नाई ? दिनमा घर पुग्नु भयो ? खाना खानु भयो ? साँझ खाना खानु भयो ? गुड नाइट । प्रतेक दिन यसरी नै दैनिकी जस्तै भइसकेको थियो हाम्रो । कलेज जाँदा खाजा पनि उनी आफै ल्याइदिने । खाजा नल्याएको दिन कलेज नजिकैको रेस्टुरेन्ट मा जबर्जस्ती खाजा अर्डर गरेर आफु जान्थिन् ।
यसरी नै कलेज को उनको र मेरो दैनिकी सँगै हामी बोलेको हिँडेको देखेर सबैले हामी रिलेसन मा भएको भनेर हल्ला गर्न थाले । मलाई अनौठो लाग्यो मैले त उनलाई दिदी बहिनी जस्तो सोचेको छू । फेरी मलाई यो सब मन पर्दैन सँधै यही भन्थें ।
एक दिन कुरै कुरामा उनले ‘म हजुरलाई माया गर्छु,’–भनिन् । ‘हजुरको त्यो समझदार स्वभाव अनि कसैलाई हर्ट नगर्ने बानी मलाई पहिल्यैदेखि निकै मन परेको हो ।’
उनको यो कुराले मलाई धेरै सोच्न बाध्य बनायो । ‘माया नगर्ने योजना छ मेरो । मलाई यो सब मन पनि पर्दैन ।’–भनें । फेरी एक छिन सोचे म धेरै समयसम्म घोरिएँ । प्रेमका धेरै अर्थ र परिभाषाहरू पो छन् । हरेक कुरा हेरे । आफूलाई मन बुझाउने कुनै परिभाषाले सकेन । यो दुई वटा अक्षर मिलेर बनेको प्रेम मा कति शक्ति छ है । अझ सोचें हिजो आज सानो बच्चा पनि प्रेम, लभ भनेर हिँड्दै गर्छन् । शक्ति छ कि सस्तो जफाव नै पाएन । मैले मायाका प्रकार हेरे ती त आकाश भन्दा विशाल प्रकार भेटे बरु आकाशमा नौ लाख तारा होलान् तर मायाको प्रकार कति हुन्छन बुझेन मेरी आमाले मलाई गर्ने माया, बाबाले गर्ने माया साथीले गर्ने माया, तिमीले गर्ने माया कति प्रकारको हुन्छ यो माया । आदिआदि मायाका धेरै स्वरूपहरूको गहिराइमा म फसेँ ।
तर, मायाको कुनै निश्चित वस्तु हातमा लागेन । म केही नबोलेको कारण उनले रिसाएर फोन कटिन् । उनको यो जाफाब मैले दिनै पर्ने भयो । तर मायाको अनुभुती नभएर होला कुनै जवाफ नभेटिएको मैले हजुरबालाई यो मायाको बारे सोधे । हजुरबाले नर र नानीको दुई वटा मात्र विकल्प हुन्छ कि विवाह की वियोग । यो भयन भने माया दुर्घटना हुन्छ । मैले अब यो कुनै नभाको विकल्प हुन सक्दैन ? भनेर सोधे । उहाँले भन्नु भयो ‘तिमी त्यो आफै आफु भित्र खोज ।’
अब मैले माया गरे पछि विवाह गर्नै पर्छ भन्ने पनि सुनेको छू । तर मलाई यो मान्य छैन किनकी माया पछिको विवाह अन्तिम जस्तो लाग्छ । विवाह पछिको माया बढी सफल र खुसी भको देखेको छु । फेरी उनको फोन आयो मैले तिम्रो प्रश्नको उत्तर खोजिरहेको छु । माया अनुभुती हो । यो माया गर्छु भनेर हुने र अनि गर्दैन भनेर नहुने हुन्छ र ? भावना नबुझी र विचार नमिली माया हुँदैन ।
‘भावना बुझ्ने कुरा संसारमा सबैभन्दा महँगो छ, मोल हुँदैन भावनाको ।’ सोचे हाम्रो माया बीउ बाट भु्रणको रूप भको होला । मैले अब बुझ्यौ माया गर्छौ कि गर्दैनौ भन्ने अब साँच्चै तिमीलाई भनूँ ? तिम्रा मनमा म प्रति एउटा प्रश्न उब्जिएको हुनुपर्छ– ‘प्रेम प्रस्ताव राख्नेहरू मध्ये पनि त साँचो प्रेम गर्ने थिए होला नि ! तर मलाई लाग्छ– नारीको शरीर छामेर भन्दा मन छामेर सजिलै नारीलाई चिन्न सकिन्छ । मन छाम्ने प्रयास गरेको हो । मलाई तिम्रो प्रश्नको उत्तर दिन एसएलसी को परीक्षा भन्दा पनि गार्हो भको छ । कतै पढेको थिए । आफूले आफैँलाई बिर्सेर अरूमा आफूलाई पाउनु र आफूमा अरूलाई पाउनु माया हो ।’
आजभोलि बुझ्दैछु, एकतर्फी प्रेममा अर्कोले पनि माया त गरेकै हुन्छ तर अर्काको मायाको गहिराइ कति छ बुझेको हुँदैन । प्रेम गर्नेले बुझाउन सक्दैन । सम्भवतः त्यही कारणले उनीहरूको प्रेम सफल हुँदैन । यति भने पछि अब हामी रात भरी नाना थरी कुरा गर्न थाल्यौ विवाह पछाडि छोरी भए अनुपमा र छोरा भए अनुराग हामीले भविष्यका हाम्रा सन्तानको नाम बाट फेसबुकको नाम देखि सबै सामाजिक सञ्जालमा अनुपम अनुराग राख्यौ । उनले हरेक दिन भन्ने गर्थिन् हामी माया प्रेमको समुन्द्रमा छौं है अनुपमको बाबा । यो समुन्द्रको यात्रामा हजुर सँगै तैरिने मन छ । यो यात्रामा जति सुकै ठूलो छाल र आधी आए पनि सँगै हात समातेर हिड्नु है । यात्रा कठिन भएसँगै विश्राम लिने है । अनुपमको बाबा हजुर बिना मलाई रत्ती सेकेन्ड पनि बाँच्नु छैन् । हजुरको आयु जति होस मेरो आयु सधै उनी हामी नछुट्ने कुरा मात्र गर्थिन् ।
सायद उनलाई हामी छुट्टिनु नपरोस भन्ने धेरै चाहन्थिन् । महिना बिते केही बर्ष पनि बिते यतिकैमा उनले बिहे प्रस्ताव गरिन् । घरमा हामीले लभ गरेको थाहा पाए मलाई कहाँ क्षेत्री सँग बिहे गर्न लागि हामी ठकुरीको नाक काटी भन्न थाले । त्यसको के काम छ ? न जागिर न पढाई छ ? भन्छन भनेर रुँदै फोन काटिन मैले फोन गरे केटा के गर्छ ? इन्डियन आर्मी हो ? फेरी उनले यौटै शब्द भनिन् ,‘मलाई लिन आउनु नत्र म मर्दिन्छु ।’
मैले पनि साथी लाई भनेर उनलाई लिन भनेर चार पाँच जना उनको गाउँ तिर लाग्यौ । खै कसले म उनलाई भगाउन आउन लागेको कुरा उनको घर परिवारलाई भन्दिएछ । उनका बाबाले मेरो घरमा तेरो छोरो लाई यहाँ आयो भने हामी मार्दिन्छौ, भनेछन । मलाई घर बाट मामिको फोन आयो बाबु त भएर मैले यो समाजमा बाँच्न सकेकी छु । मलाई मार अनि त मर भन्नु भयो । ममीले रोएर भन्नु भयो ‘उनलाई लिन नगए उनी मात्र मर्ने छिन । तर बाबु तिमी लिन गयौं भने तिमीलाई मार्छन् । अनि उनलाई अर्को केटा संग बिहे गर्दिन्छन् । तिमी सँग मैले मर्नु पर्छ बाबु । मलाई नमार बाबु ।’– भन्नु भयो ।
म सोच्नै नसक्ने भए । यता ममी उता उनी । मेरो दिन धमिलो भयो । चारै तिर बादल लाग्यो । तर यी आँखामा उनले हजुर मलाई माया गर्नु हुन्न आवाजको धनी मान्छे ? भनेको, कलेज बाहिर होटलमा बसेर समोसा खाएको, रात भरी मीठा मीठा कुरा गरेको, अनुपम अनुराग को जन्म भएको, सोच्दा सोच्दै मेरो संसार सकियो जस्तो लाग्यो । अनि सोचे म केही भए मेरा बा आमा रहनु हुन्न भने, मैले उसलाई विहे गरे भने उसका बाबु आमा ले के गर्लान् । तिनीहरूको पनि सपना होला । आफ्नो छोरी लाई राम्रो परिवारमा दिने मैले उनी संग बिहे नगर्दैमा उनको जिन्दगी खुसी हुन्छ भने मैले यति गर्न नसके के माया गरे सोचे । अनि आफू सँग भएको मोबाइल ढुङ्गाले हानेर फुटाई दिए । आफूलाई यक्लो महसुस गर्दिन । भन्दा पनि उनका हरेक कुराले मलाई परिवर्तन हुन दिएनन् । फेरी सोचे राजा शुद्दोधनको आमा माया देवि र पत्नि यशोधराको निःशर्त प्रेम पांउदा पनि बुद्वले किन आध्यात्मिकता रोजे त ? शारिरीक सामिप्यता र भौतिक सम्पन्नताले पनि त एक्लोपन मेटिइहाल्ने त रहेनछ नि ।
बुद्वले भनेका पनि छन अति प्रेमले पनि त दुख नै दिन्छ । यस्तै यस्तै सोचे तर मलाई यो सेकेन्ड पनि युगौ युग जस्तो लाग्यो । म मेरा अगाडि जे देख्छु उनलाई लाई मात्र देख्छु । धरती भासिएको देख्छु । मेरो प्राण लिलाम भएको देख्छु । घरमा ममीको मोबाइलबाट फेरी एसएमएस लेखे,‘प्रिय, मेरो भोक तिमी, प्यास तिमी, निन्द्रा तिमी मात्र रहेछौ । तिमी नहुँदा मलाई न भोग लागेको छ, न प्यास, न तिर्खा, अँझ भनौं अब म बाँचेकै छैन । तिमीलाई बिर्सिन सक्दिनँ । तिम्रा ती स्वर्गको आभास दिलाउने अमूल्य, अदभुत, अदृश्य भलकहहरु । ती भव्यताले भरिपूर्ण झलकको सहारामा मैले स्वर्गको कल्पना गरेंको सपना । तिम्रो तस्वीरलाई मेरो मुटुमा टाँगेंको । दिलको बाकसमा लुकाएँ र तिमीलाई कसैले चोर्न सक्दैन सोचेको थिए । तिम्रो महिमा गाउन, तिम्रो भव्यताको तारिफ गर्न । तिमीलाई सम्बोधन गरेर बोलाउन कुनै उपमा पनि उचित छन् जस्तो लाग्दैन् । तिमी सबैभन्दा अग्रस्थानमा छौ । प्रेमको कहिल्यै ननिभ्ने आगलागीमा परेर म अविराम जलिरहेछु । वैवाहिक जीवनको शुभकामना सानु ।’
फेरी उनको यसरी जफाब आएको थियो हजुर सदैव मेरो साथमा हुनुहुन्छ । मेरो छातीमा हुनुहुन्छ मेरो हजुर । मलाई लिन आउनु यति भनिन् । मैले पाउनु मात्र माया होइन, गुमाउनु पनि माया हो । यदि पाउनको लागि प्रेम गरिन्छ, भने व्यापार हो त्यो प्रेम होइन । हाम्रो प्रेम को फूल बारीमा रोपेका अनुपम र अनुराग तिम्रो मायाको फूल बारीमा सर्वत्र अनुराग बनून् । तिमि बोलेको, हासेको, हिडेको, बसेको, खाएको, आएको, गएको सबै कुुरा मेरा मानसपटलमा यसरी सेट भएर बसिरहने छन् । यी हटाउन लागि त म लास भएर खरानी हुुँदापनि विर्सन सक्दिन होला । कसम अब आउने दिनमा प्रेमील रंगहरु भरेर जीवन बिताउनु बर्षौ वर्षपछि समय बद्लिने छ, हालत बद्लिने छ, मान्छेहरू बद्लिने छन् तर मेरो प्रेम त्यो बेला सम्म पनि उस्तै रहनेछ…….!
मैले भनेको थिएँ नी,–‘म चाहेर पनि तिम्रो बन्न सक्दैन भनेर तिम्रो हात समातेर रमाउन सक्दिन भनेर । हाम्रो बिहे सम्भव छैन् । तिम्रो लागि म योग्य छैन् । तिम्रो सिउँदोमा मेरो हातको सिन्दुर भर्न यो समाजले तिमी ठकुरी र म क्षेत्री र गरिब भएकै कारण दिएनन् । जन्म सँगै मृत्यु सँग गरेको सम्झौता पूरा नभई चाहेर पनि प्राण फाल्न सम्भव रहेनछ । हाम्रा अनुपम अनुराग लाई बिचल्ली नपार्नु । तिमी पनि युगौ युग बाँच्नु ।