आज कृष्ण जन्माष्टमी, पूजा आराधना गरी मनाइँदै
Tuesday, August 11th, 2020, 12:21 pm
amit
काठमाण्डौ, २७ साउन । आज कृष्ण जन्माष्टमीको दिन भगवान श्रीकृष्णको पूजाआरधना गरी भव्यरुपमा मनाइने गरिन्छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी मनाउने गरिन्छ ।
त्यस्तै हिन्दु धर्मशास्त्रमा वर्णन गरेअनुसार दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको थियो ।
यसैगरी आज ललितपुर पाटनको मंगलबजारमा रहेको कृष्ण मन्दिर, काठमाण्डौको गोठाटारमा रहेको नवतनधाम, बूढानीलकण्ठमा रहेको कृष्ण मन्दिरमा र देशभरका अरु कृष्ण मन्दिरमा भव्य रुपमा पूजा, आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।
तर कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आज यी मन्दिर सर्वसाधारणका लागि खोलिएको छैन । आज व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभरि जाग्राम बसेर श्रीकृष्णको भजन गाउने गरिन्छ ।
आजको दिन पूजा, आरधना गरी व्रत बसेमा आफ्नो र आफ्नो परिवारका राम्रो हुन्छ भने जनविस्वास रहेको छ।