‘गुणस्तरीय शिक्षा देखि शिक्षकको हकहितको सवालमा भए उपलब्धीमुलक कार्य
Saturday, September 9th, 2023, 6:00 am
Kalpristha
नेशनल व्याब्सन बाँकेले जिल्लामा गुणस्तरीय शिक्षा कायम गर्नका लागि पहल गरीरहेको छ । यसका लागि जिल्ला देखि केन्द्र सम्म नेतृत्वदायी भुमिकामा काम गरीरहेको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेशनल प्याब्सन बाँकेको ९औँ जिल्ला अधिबेशन आज शनिबार नेपालगन्जमा हुदै छ । यसै सन्दर्भमा हाल नेतृत्व गरीरहनु भएका नेशनल प्याब्सन बाँकेका अध्यक्ष श्याम कुवर संग कालपृष्ठकर्मी साबित्री गिरीले गर्नुभएको कालपृष्ठ संवाद ।
१.बाँके जिल्लामा गुणस्तरीय शिक्षाको अवस्था के छ ?
बाँके जिल्लामा बिगतको तुलनामा गुणस्तरीय शिक्षाको अवस्था सुधारउन्मुख रहेको छ । हिजोका दिनमा घोकन्ते शिक्षा हाबी थियो भने आजका दिनमा यो व्यवहारीक र गुणात्मक बन्दै गएको छ । सरकारी क्षेत्रका मात्र होइन नीजि क्षेत्रका विद्यालयका शिक्षहरुलाई पनि नेशनल प्याब्सन बाँकेले नियमित तालिम दिने र गुणस्तर शिक्षाका लागि प्रेरणा प्रदान गर्ने काम गरेको छ । यसका लागि अभिभावक ,शिक्षक र बिद्यार्थिहरु बिच सुमधुर सम्बन्ध हुनुपर्छ । जुन अहिले सबैजसो बिद्यालयले गरीरहेका छन । यसका लागि नेशनल प्याब्सनले बातावरण तय गरेको छ ।
२.तपाईको ५ बर्षे कार्यकालमा गर्नुभएका महत्वपुर्ण कामहरु के –के हुन ?
मेरो कार्यकालमा गुणस्तर बृद्धिका लागि शिक्षकहरुका लागि ९ वटा तालिम सम्पन्न भएका छन । यस्तैगरी बिद्यार्थी लक्षिक प्रतिभा प्रस्फुटनका ८ वटा कार्यक्रम भएका छन । शिक्षामा गुणस्तर बृद्धिका लागि विभिन्न अन्तरक्रिया ,गोष्टि तटा भेटघाटका कार्यक्रम जिल्लादेखि केन्द्र सम्म नै भएका छन । बिक्रम संवत् २०७४ सालदेखी २०८० सम्मको मेरो कार्यकालमा आएका चुनौतीहरुलाई सहजतामा परिणत गर्दे सम्पुर्णं कार्यसमितिलाई मिलाएर काम गर्न सके । यसलाई पनि उपलब्धिको रुपमा लिएको छु । किनभने योजना बनाउनु मात्र ठुलो कुरा नभएर यसलाई कार्यान्वयन गर्नु सबैभन्दा ठुलो कुरा हो । यसमा सबैलाई मिलाएर लैजान सक्नु नेतृत्वको खुबी हो । शिक्षा क्षेत्रमा आएका चुनौतिहरुका बिरुद्ध निरन्तर आवाज उठाउदै आएका छौ । विशेषगरी विद्यालय शिक्षा विद्येयकको सवालमा हामिले निकै मेहनत गरेर प्रधानमन्त्री समक्ष भेटघाट गरी समस्याको हल खोज्ने काम गरेका छौ । सरकारले पहिला कम्पनीमा जानुपर्छ भन्यो र अहिले आएर सहकारी वा गुठीमा जानुपर्ने कुरा जुन आयो यसको हामि विरोधमा छौ ।
३.बिद्यालय शिक्षा बिद्येयकमा तपाईहरुलाई चित्त नबुझेको कुरा के हो ?
बिद्यालय शिक्षा बिद्येयकमा भनिए अनुसार निजी बिद्यालयहरु सहकारी या गुठीमा जान सक्ने अबस्था नै छैन । निजी बिद्यालयहरुले कम्तिमा पनि १५ देखि २० बर्ष सम्मको क्रृण लिएर बिद्यालय संचालन गरेको अवस्था छ । यो बिद्ययक अनुसार जाँदा अबको ५ बर्षमा क्रृण चुक्ता गर्न सक्ने अवस्था त छैन । त्यसैले यो ब्यवहारिक कुनै पनि हिसाबले छैन र नीजि बिद्यालयको हितमा पनि यो कुरा छैन । यसमा म र मेरो टिमले कडा आवाज उठाएपनि यसमा सम्बोधन भएको छ । अब यो कुरामा निजी बिद्यालय अल्झनु पर्ने छैन । यसका लागि कडा मेहनत गरेर केन्द्रमा पटक –पटक धाउनु परेको र विभिन्न मन्त्रालयमा निरन्तर छलफल गर्नु परेको कुरा सर्बबिबितै छ । सरकारले कहिले कम्पनीमा जानैपर्छ भन्ने अनि कहिले गुठी या सहकारीमा जानुपर्छ भन्ने कुरा हाम्रो लागि सहज र व्यवहारिक छैन । यसमा पनि मेरो कार्यकालमा उपलब्धीपुर्ण काम भएको छ ।
४.सामाजिक सुरक्षा कोषको सवालमा तपाइले शिक्षकको हक हितका लागि के भन्न चाहनुहुन्छ ?
यसमा हामिलाई चित्त नबुझेको कुरा के छ भने सरकारले कम्तिमा ६० बर्ष कार्यरत रहनुपर्छ भनेको छ । तर समस्या के भइदियो भने निजी क्षेत्रमा कार्यरत शिक्षकहरु लामो समय एउटै बिद्यालयमा टिक्दैनन । अवसर पाएको खण्डमा उनीहरु अन्ययत्र पनि जानुपर्ने हुन्छ । सधै एउटै बिद्यालयमा र एकै ठाउँमा सेवारत हुन नसक्ने अवस्थामा उनीहरुले बिद्यालय छोड्दाको समयमा जहिले पनि पाउन सक्ने व्यवस्था होस भन्ने हाम्रो मुख्य माग हो । यो मागका लागि हाम्रो मुख्य कुरा के छ भने ११ प्रतिशत रकम शिक्षकको तलबबाट ,१० प्रतिशत रकम बिद्यालयको तर्फबाट र १० प्रतिशत रकम सरकारले थपदिनुपर्ने भन्ने कुरा हो । यो कुरा लागु भयो भने निजी बिद्यालयमा शिक्षक टिक्छन अनि उनीहरुमा पनि हौसला बृद्धि हुन्छ र शिक्षाको गुणस्तरीयतामा बृद्धि हुन्छ ।
५.गुणस्तरीय शिक्षाका लागि तपाईको राज्यलाई सुझाव के छ ? के भन्न चाहनुहुन्छ ?
सरकारले सबैका लागि निशुल्क शिक्षा भन्दा पनि सबैका लागि रोजगार भन्ने नारा साकार पार्न सकेका मात्र गुणस्तरीय शिक्षा कायम हुन्छ । किनभने यसरी अभिभावकहरुले आफूले चाहे अनुसारको बिद्यालयमा बालबालिका पठाउन सकेका छैनन । अनि बिद्यालय पठाएका बालबालिका पनि बिचैमा हराउछन । यो प्रवित्तिले बिद्यालय बिचैमा छाड्ने दर पनि बढेको छ । सबैका लागि रोजगार कार्यक्रम ल्याउन सकेको खण्डमा आर्थिक सम्बृद्धी हुन्छ र आर्थिक सम्बृद्धी हुनु भनेको शिक्षाको गुणस्तरीयमा सहयोग पुग्ने माध्यम पनि हो । यसरी चौतर्फि रुपमा सोचिनुपर्छ । त्यसपछि मात्र गुणस्तरीय शिक्षा कायम हुन्छ । हामिले राज्यलाई तिरको कररको राज्यले सही सदुपयोग पनि गर्न जरुरी छ ।
६.समन्वय र सहकार्यको काम कसरी गर्नुभएको छ ?
हामिले केन्द्रिय समिति मार्फत समन्वय र सहकार्यको काम गरीरहेका छौ । हामिले शिक्षाको गुणस्तर बृद्धिका लागि सम्वन्धित मन्त्रालयसंग बार्ताहरु निरन्तर गरीरहेका छौ । हामिले बिशेष गरी शिक्षा मन्त्रालय ,श्रम तथा रोजगार मन्त्रालय लागयत जिल्लाका शैक्षिक सरोकारवालाहरु संग निरन्तर समन्वय र सहकार्य गरेर निचोड निकाल्न सकेका छौं । आशा छ नयाँ कार्यसमितिले यसलाई अध्ययन गरी थप मुर्तरुप दिने नै छ । यसमा हामि विश्वस्त पनि छौ ।
७.नयाँ आउने कार्य समितिलाई के भन्न चाहनुहुन्छ ?
हामिले पुर्ववत् रुपमा बनाएका योजनालाई कार्यान्वयनमा लैजान अनुरोध गर्दछु । जसरी शिक्षा क्षेत्रका मुल मुद्धामा हामिले जिल्ला देखि केन्द्र सम्म ताकेदा गरेका छौं ,हो त्यसैगरी यो जांगरलाई अगाडि बढाउन आवश्यक छ । किनभने शिक्षाको गुणस्तर जब सम्म कायम हुदैन तब सम्म १२ कक्षाको अध्ययन पछि बिदेश पलायन हुने दर रोकिदैन । विश्वविद्यालयमा बिद्यार्थि नपाउने सम्मको समस्या हाबी भएको अवस्थामा यसमा सबैजना गम्भिर त हुनैपर्छ । यसका साथै उचित पारिश्रमिक र बिद्यार्थिको भबिष्य सुनिश्चितका लागि पहल थाल्नुपर्छ । हिजोको नराम्रो अवस्थाबाट पाठ सिक्ने आजको दिनमा सुधार ल्याउन अनुरोध गर्दछु । काम गर्दा आउने असहजताका बापजुट पनि नडगमगाएर अगाडि बढ्न अनुरोध गर्दछु ।
८.तपाईको शिक्षा क्षेत्रको अनुभव पनि बताउनुस न ?
म निरन्तर विक्रम संवत् २०५५ सालदेखि शिक्षा क्षेत्रमा सेवारत छु । मैल नीजि बिद्यालयमा लामो समय गरेको यो अध्ययनबाट के सिकेको छु भने बिद्यार्थिको भविष्य निर्धारण गर्ने थलो बिद्यालय भएको र यसमा एकजनाको प्रयास मात्रले केहि हुदैन । व्यवहारिक पाटो नियाल्दै अगाडि बढ्नुपर्छ । मैले बि.एड सम्मको अध्ययन गरेको छु । त्रिभुवन विश्वबिद्यालय अन्तरगत सुर्खेत शिक्षा क्याम्पसबाट मैले यो अध्ययन पुरा गरेको छु । हाल अहिले बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ स्थित हिमालय बिद्या निकेतन संचालकको रुपमा समेत कार्यरत छु । कक्षा ११ सम्म संचालित बिद्यालयमा १२ सय बिद्यार्थि अध्ययनरत छन । मेरो जिवनको सम्पुर्ण समय शिक्षा क्षेत्रमा नै खर्चनै सोचमा छु । म सबैभन्दा बढी रमाउने स्थान भनेको बिद्यालय हो । म बिद्यार्थि संग हुँदा समय बितेको पनि थाहाँ पाउदिन । अब त बिद्यालय नै मेरो घर परिवार जस्तो लाग्छ ।
९.अब अन्त्यमा के भन्न चाहनुहुन्छ ?
शिक्षा क्षेत्रको समस्या समाधानको लागि सबै सरोकारवाला निकायहरु एकजुट हुनुको बिकल्पन छैन । यसमा तेरो मेरो भन्दा पनि हामि सबैको लागि भनेर काम गर्न जरुरी छ । स्वार्थ रहित ढंगले हातमालो गर्दे बनाएका योजनाहरु कार्यान्वयन गरेको खण्डमा समग्रमा शिक्षा क्षेत्रमा क्रमिक सुधारको अपेक्षा गर्न सकिन्छ ।