भ्रष्टाचार विरुद्ध जागरण ल्याउँदै नेपालगन्ज वाकाथन
Saturday, December 9th, 2023, 7:08 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ मंसिर
भ्रष्टाचार बिरुद्ध सचेतनामुलक सन्देस प्रवाह गर्दै भ्रष्टाचार बिरुद्ध तेश्रो नेपालगन्ज वाकाथन भब्यताका साथ सम्पन्न भएको छ ।
२०औं भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा ‘भ्रष्टाचार बिरुद्धको लागि सँगै हिँडौं’ भन्ने नाराका साथ बास नेपालको आयोजना र अन्तरालको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । कालपृष्ठ दैनिक मिडिया पार्टनर रहेको वाकाथन नेपालगन्जको गणेशमान चौकबाट बिहान ७ बजे सूरु भएको थियो ।
वाकाथन विभिन्न सन्देश सहितको नारा अंकित प्लेकार्ड, प्रहरीको व्याण्ड बाजा, नृत्य, गित सहित भ्रष्टाचार बिरुद्ध ऐक्यबद्धता जनाउँदै गणेशमान चौक, बिपि चौक हुदै धम्बोझि चौकमा पुगेर समापन गरिएको थियो ।
विभिन्न संघसंस्था तथा निकाय र युवा बिद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा साँस्कृतिक प्रस्तुती, विभिन्न खेल प्रर्दशन, लाठी प्रर्दशन गरिएको थियो ।
भ्रष्टाचार बिरुद्ध जागरण ल्याउने र नेपालगञ्जको पहिचानलाई व्यापकता दिने उद्धेश्यका साथ नेपालगञ्ज वाकाथन गर्न थालिएको हो ।
वाकाथन कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले नेपालगन्जलाई सुशासनयुक्त शहरको रुपमा पहिचान बनाउन सकिने बताए । सामाजिक सद्भाव शहरको रुपमा स्थापित नेपालगन्जलाई देशकै पहिलो सुशासन युक्त शहरको रुपमा स्थापित गर्नुपर्नेमा उनको जोड थियो ।
उनले हरेक ब्यक्ति नैतिकवान भएमा भ्रष्टाचारको अन्त्य हुने भन्दै नैतिक शिक्षामा जोड दिनु पर्ने बताए । सुशासन कायम गर्ने सन्दर्भमा आफु सदैव प्रतिबद्ध रहने उनको प्रतिबद्धता थियो । उनले सबै बाँके बासिलाई सुशासनका लागि क्रियाशिल रहन अपिल गरे ।
यसैगरी कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य मिना श्रेष्ठले भ्रष्टाचार बिरुद्धको अभियानलाई सबैले साथ दिनु पर्ने बताईन् ।
उनले सरकारी निकायमा भ्रष्टाचार ब्यप्त रहेको भन्दै त्यसको अन्त्यका लागि आफ्नो तहबाट लाग्ने प्रतिबद्धता गरिन् ।
कार्यक्रममा बोल्दै बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसलाई नेपाल सरकारले नमनाउने गरेको उल्लेख गर्दै दिवस मनाउन सरकारसँग माग गरे ।
…………
बास नेपालले स्थापना देखिनै भ्रष्टाचार बिरुद्ध आवाज प्रवाह गरिरहेको बताउँदै नागरिकहरुको साझा आवाजका रुपमा नेपालगन्ज वाकाथन गर्न थालिएको बताए ।
बास नेपालका उपाध्यक्ष शिव कुमार बर्माले स्वागत गरेको कार्यक्रमको सञ्चालन बास नेपालका सचिब दिला शाहले गरेकी थिइन । कार्यक्रममा गायक पूर्ण थापाले गित प्रस्तुत गरेका थिए भने बास नेपालका कलाकार मन्जु थापा र सविता थापाले नृत्य प्रदर्शन गरेका थिए ।
नेपालगन्जको गणेशमान चौकबाट शुरु भएको वाकाथनमा प्रहरीको ब्याण्ड बाजा, भ्रष्टाचार बिरुद्धका नारा सँगै कार्यक्रममा सहभागि बरिष्ठ पत्रकार तथा बास नेपालका सल्लाहकार पूर्णलाल चुके, नेपाल पत्रकार महासँघ बाँकेकी उपाध्यक्ष करुणा शाह, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशी, हरित अभियन्ता हेमन्तराज काफ्ले, सामाजिक अभियन्ता कृष्णजंग शाह, गैसस महासँघ नेपालका केन्द्रीय सदस्य धर्मलाल रोकाय, महिला जागृती सेलकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, बास नेपालका पूर्ब केन्द्रीय अध्यक्ष भाईराजा श्रीवास्तब, अपांगता अधिकारकर्मी पुष्प प्रसाद उप्रेति, गैसस महासँघ नेपाल बाँकेका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना, उच्च अदालत बार ईकाईका अध्यक्ष चित्र बहादुर शाही, बास नेपाल कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाही लगायतले ऐक्यबद्धता मन्तब्य राखेका थिए ।