किन असफल हुन्छन् अन्तरजातीय प्रेम ?
Saturday, December 30th, 2023, 2:49 pm
Kalpristha
उनीहरूले आफ्नो प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्ने सोचविचार गरे । तर केटाले त्यस्तो निणर्य लिने आँट गर्न सकेनन् । उनीहरूको गहिरो प्रेमलाई विवाहमा परिणत गर्न जात बाधा बनेर आयो । उपल्लो र निम्न जातको हैसियतकै कारणले उपल्लो जातको केटाले विवाह गर्न मानेनन् । तर उनले सधँै भन्ने गर्थे, ‘बिबाह जो सँगै भएपनि मेरो मनमा उनीबाहेक कसैले बास पाउन सक्दैनन् । त्यो समय मैले बुझे ।’ जात व्यबस्थाले मान्छेलाई कतिसम्म कमजोर र विवश बनाउँदो रहेछ ।
साबित्री बिश्वकर्मा
नेपालगन्ज, १४ पुष
मेरा दुई जना साथी छन् । एक दलित अनि अर्की गैर दलित समुदायकी । हामी सबै जना खुबै मिल्थ्यौँ । आफ्ना दुःख सुख एक आपसमा साट्थ्यौँ । हाम्रो मित्रता व्यक्तिगत सम्बन्धमा मात्र सीमित थिएन । दुबैका परिवारसँग हामी उत्तिकै नजिकिएका थियौ । एकअर्काको घरपरिवार आउजाउ गर्ने क्रममा दलित साथी गैरदलित साथीको दाइसँग नजिक हुँदै गईन् । उनीहरू एकअर्कालाई मन पराउँथे । उनीहरूको माया गहिरिदै गयो । उनीहरू एक अर्का बिना बाँच्न नसक्ने भए ।
उनीहरूले आफ्नो प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्ने सोचविचार गरे । तर केटाले त्यस्तो निणर्य लिने आँट गर्न सकेनन् । उनीहरूको गहिरो प्रेमलाई विवाहमा परिणत गर्न जात बाधा बनेर आयो । उपल्लो र निम्न जातको हैसियतकै कारणले उपल्लो जातको केटाले विवाह गर्न मानेनन् । तर उनले सधँै भन्ने गर्थे, ‘बिबाह जो सँगै भएपनि मेरो मनमा उनीबाहेक कसैले बास पाउन सक्दैनन् । त्यो समय मैले बुझे ।’ जात व्यबस्थाले मान्छेलाई कतिसम्म कमजोर र विवश बनाउँदो रहेछ ।
यो समाजले दलित र गैरदलितको ‘गोप्य प्रेम’ अनि शरीर स्वीकार्न सक्छ । तर आधिकारिक विवाह सम्बन्ध कहिल्यै स्वीकार्दैन । यो जात व्यवस्थाभित्र हुने वा गर्न सकिने सामाजिक अन्र्तरघुलनको दुष परिणामहरूबाट गैर दलित समुदाय कत्ति शसंकित छ भन्ने कुराको उदाहरण हो । दलित तथा गैरदलित सबैजना जम्मा हुँदा विभिन्न समसामयिक विषयमा कुरा गर्ने गर्छौ । बेला मौकामा दलित र गैरदलित बिच हुने अन्तरजातीय विवाह सम्बन्धको सम्भावना र चुनौतीका बारेमा पनि कुराकानी गथ्र्यौ ।
‘साथी सम्म त ठिकै हो तर विवाहको लागि त घरकाले मान्दैनन् र मैले पनि सोचेकै छैन’ भन्ने जस्ता विचारहरू प्रकट हुन्थे । यो पितृसत्तात्मक जात व्यवस्थाको मान्यता र त्यसको परिणति निमुखाको मस्तिष्कमा यसरी गढेको छ कि दलित स्वयं अन्तरजातीय विवाहको कल्पनाले मात्रै लागि डराउँछन् । गैरदलितहरूसँगको सम्बन्धलाई साथीमै सीमित राख्ने अभ्यास गर्छन् ।
दलित होस् या गैरदलित सबैले आ-आफ्नै जातमा विवाह गर्नुपर्छ भन्ने सोचाई बलियो छ । युवा उमेरकाहरू घरपरिवारदेखि लुकाई छिपाइ प्रेम सम्बन्ध बनाउन सक्छन् । शारिरिक सम्बन्ध बनाउन सक्छन् । तर त्यही सम्बन्धमा रहेका दुई व्यक्तिहरूबीच विवाह सम्बन्धको कुरा निकाल्दा “खै ! थाहा छैन”, “सोँचेकै छैन”, “घरकाले मान्दैनन्” लगाततका भनाईहरू राखेर उम्किन्छन् ।
अर्को त्यस्तै एउटा जोडी छ, प्रेमी र प्रेमिकाको । उनीहरू दुबै शिक्षित र आर्थिक रुपमा पनि सम्पन्न छन् । उनीहरू प्रेम सम्बन्धमा रहेो पनि धेरै बर्ष बितिसक्यो । एक अर्काको घरमा राम्रा साथी हुन् भन्ने थाहा छ । घर जाने आउने गरिरहन्छन् । तर त्यो जोडीले आफ्नो प्रेम सम्बन्धको बारेमा घरपरिवारमा जानकारी गराउन सकेकै छैनन् । कारण उनीहरूको बेग्लाबेग्लै ‘जात’ नै हो । उनीहरुले यो जकडिएर बसेको जात व्यवस्थालाई चिर्न सक्ने साहस नगरेसम्म उनीहरूको त्यो सम्बन्धलाई अरुहरूले ‘राम्रा साथी’कै रुपमा मात्रै लिनेछन् । उनीहरूले साहस गरेमा के हुनेछ भन्ने कल्पनामात्रै गर्दा पनि मुटु काँप्ने गर्छ ।
के शिक्षित मानिने परिवारमा जातीय विभेदबारे खुलेर कुराकानी हुन सक्दैन ? पक्कै पनि हुन सक्छ । तर परिवारसँग यसबारेमा तर्क वितर्क गर्ने, आफ्नो कुरामा उनीहरूलाई सहमत गराउने प्रयतनसम्म उनीहरूले गर्न चाहेका छैनन् । अहिलेका युवाले जात व्यवस्था, जातीय विभेद र अन्तरजातीय विवाह सम्बन्धका बारेमा आफ्नै परिवारका अघिल्ला पुस्तासँग खुलेर नबोल्ने हो भने जातीय विभेदको चक्रबाट हामी कुनैपनि पुस्ता मुक्त हुन सक्दैनौँ ।
एक दलितले अर्को गैरदलितसँगको प्रेम र विवाहको बारेमा सोंच्दा “म मान्छे हुँ भन्नुभन्दा पहिले दलित हुँ” भन्ने सोँच आउँछ । कुनै पनि मान्छेले आफू मान्छे हुँ भनेर सोच्नुभन्दा अगाडि कुन जातको हुँ भनेर नै सोँच्नुपर्ने अवस्था छ । यो जात व्यवस्थाले एउटा मान्छेले अर्को मान्छेलाई मान्छे नठान्ने, मान्छेलाई गर्नुपर्ने व्यवहार नगर्ने, सम्मान र आदर नगर्ने बानी बसालीदिएको छ । विभेद भोग्नेको आफ्नै पीडा छन् । विभेद गर्नेलाई पनि यो जात व्यवस्थाले अमानवीय व्यवहारमा अभ्यस्त पारीदिएको छ ।
गैर दलितहरूको अमानवीयताको पराकाष्ठा यति सम्म रहेको छ कि दलित (त्यसमाथि पनि विशेष महिला)लाई भोग्य वस्तुको रुपमा प्रयोग गरिरहेका छन् । तर औपचारिक विवाह सम्बन्ध, सम्मानित सम्बन्धहरूको कुरा सोँच्दा सम्म पनि उनीहरूलाई असहज हुन्छ । दलितलाई वस्तुको रुपमा प्रयोग (भोग) गरिरहँदा केही नसोच्नेहरूले उनीहरूको हक, अधिकार, सम्मानका निमित्त उभिन र औपचारिक विवाह सम्बन्धहरूमा बाँधिनबाट पन्छिन अनेक बहाना बनाउने गर्छन् ।
यस्ता सबै खालका अभ्यासहरूले नै दलितर्को मान्छे जसरी बाँच्न पाउने अधिकार कुण्ठित गरेको छ । समाजमा आफ्नो बलबूतामा इलम गरेर खाने मेहेनती र सीपयुक्त समुदायलाई छुद्र व्यवहार गर्ने गरेको छ । हामी नयाँ नयाँ सूचना तथा प्रविधिहरूले घेरिएको आधुनिक युगमा आइपुग्दा समेत दलितलाई साथी बनाउने तर घर लैजान नसक्ने, परिवारसँग भेट गराउन नसक्ने स्थिति छ । घर लगिहालेमा वास्तविक जात लुकाएर उपल्लो जातको नक्कली पहिचान दिन बाध्य पारिन्छ ।
विवाह भावनासँग जोडिएको व्यवहारिक कुरा हो । दलितको शरिरलाई बस्तु मान्ने समाजले उसको भावनाको ख्याल राख्ने कुरै भएन । दलितहरू पनि मान्छे हुन्, उनका पनि भावना, स्नेह, ममता, चाहना र आक्रोश हुन्छ भनेर मानिन्थ्यो भने नवराज विकहरूले प्रेम गरेकै कारण मारिनुपर्ने थिएन । नवराज विकहरूको प्रेम सम्बन्धलाई सकार्न साथ दिनेहरूको समेत बिल्लीबाठ बनाउने थिएनन् । विकको हत्यालाई राजनीतिक हतियार बनाएर शक्तिको चलखेल गर्ने थिएनन् ।