दलित आन्दोलनको दृष्टान्तहरु
Saturday, February 17th, 2024, 6:07 pm
Kalpristha
कृष्ण रसाइली
दलितहरुले हतियार नउठायकै कारण दलित आन्दोलन सफल हुन नसकेको भने पनि बेला बेला चर्चा मा आउने गर्दछ । आन्दोलनको सफलता लाई निति गत सुधार को लागि बल प्रयोग बाट पनि सफलता मिलन सकला तर मानवीय चेतना मा बल प्रयोग को परिणाम खासै दिगो र प्रभावकारी नभएको दृष्टान्तहरु ले देखाउदछन ।
दलित सर्घष किन शान्तिपुणर् छ भन्ने बारे यसको ऐतिहासिक बिकास को जग र त्यसको बैचारिक पक्ष लाई पनि मुल्यांकन गर्नुपर्ने हुन्छ जात ब्यवस्था बिरुद्र भारत र नेपालमा भयका सुरुवाति सघर्ष बैचारिक वणर् व्यवस्था को स्विकार र यसको अमानवीय पक्षको सुधार मा आधारित थियो । जस्ले यो आन्दोलनलाई निरन्तर शान्तिपूणर् बनायो। १५औ शताब्दीमा भारतमा चलेको शक्ति आन्दोलन ले सबै बर्ग लाई सम्मान ब्यहोरा को वकलात गर्यौ । तर यसले वणर्ाश्रम धर्मलाई एक सामाजिक व्यवस्थाको रुपमा स्वीकारी रहयो।
सन्त रविदास र सन्त कविर ले पुरोहित पाण्डा एवम् प्रचलित धर्म हरुको कर्मकाण्ड को बिरोध गरे ।आर्य समाजका संस्थापक दयानन्द सरस्वती को अगुवाईमा नवबेदान्तिक आन्दोलन ले हिन्दु धार्मिक र समाज सुधार को नारा उठाए पनि जात ब्यवस्था लाई सासक हरु ले समाज को साझा हित का लागि राजनीतिक सस्था का रुप मा स्विकार गर्यो। यहि काल खण्ड को स्थापना गरि बाह्रमणबाद को चगुक बाट गैर बाह्रमण हरु लाई मुक्ति गर्ने अभियान सुरु गरेको थियो।
१९औ शताब्दीको पुबार्धमै भारतीय दलित आन्दोलन को पनि प्रभाव पर्न थाल्यो।आफुलाई उच्च स्थानमा मा पुर्याउन गैरब्राहामण हरु ले पनि ब्राह्मण आचाणर् अपनाउन शाकाहारी भोजन गर्ने जनै लगाउने चन्दन लगाउने बरत बस्ने अभिनय शुरू भय। भारत स्वतन्त्र हुनु अघि का यि अन्दोलन पुणर् तय शान्ति पुणर् बैचारिकता मा अडियो थियो। स्वतन्त्र भारत पछि भिमराव अम्बेडकर ले दलित आन्दोलन को अहिंसात्मक बैचारिकि लाई थप व्यापक बनाए।
बुद्ध र ज्योतिबा फुले सगै कविर लाई आफ्नो प्रेरणा मान्ने उनले सन १९५६मस शक्ति ले सबै चिज जित्न नसकिने भन्दै उत्प्रेरणा नैतिक शिक्षा र प्रेम ले मात्रै मान्छे लाई आफ्नो सिद्धान्त अगालन लगाउन सकिने मा जोड दिए । अम्बेडकर को यही बिचार बाट आज संसार का दलित सिमान्तकृत र महिला आधिकार का कैयन सघर्ष हरु प्रभावित छन। भारत मा अम्बेडकर पछि कासिराम ले बहुजन समाज पार्टी मार्फत १९८४मा दलित बहुजन को सामाजिक रुपान्तरण र आर्थिक मुक्ति लाई नै दलित बहुजन मुक्ति को उपायका रुपमा स्वीकार गरे उक्त पार्टी ले अम्बेडकर सहित बुद ज्योतिबा लगायत कै बिचार लाई आफ्नो बैचारिक आधार बनाई दलित सघर्ष र गौरवपुणर् ईतिहास को खोजि गर्दै सामुहिक ता लाई जोडदियो।
अम्बेडकर देखि मायावति सम्म आईपुग्दा भारतिय दलित आन्दोलन ले दलित समुदायको पछ मा थुपै उपलब्धि प्राप्त गरेयो । भारतिय दलित आन्दोलन भन्दा पनि जेठो २००२साल देखि सुरू भयको नेपाल को दलित आन्दोलन नेपाल मा राणा शासन को बिगबिगि रहदा सयौं वर्ष सम्म दास का रुपमा रहेका दलित ले २००२साल बाट सुरु गरेको दलित आन्दोलन ले सस्थागत सुरुवाति पायको थियो।२००४साल मा पुगदै गर्दा जातिय छुवाछूत अन्त्य का लागि अझ शसक्त बन्दै गयको दलित आन्दोलन २००७साल को प्रजातन्त्र स्थापना सगै देशमा भयको राजनितिक परिवर्तन सगै दलित आन्दोलन मा पनि राजनितिक जोडियो । दलित का अगुवा हरु लाई जातिय छुवाछूत अन्त्य गर्न आन्दोलन अगाडी बडाउनअझै उत्साहित बनायो।
२०२०सम्म आई पुग्दा दलित आन्दोलन ले लोकतान्त्रिक र बामपन्थी पार्टी हरु मा छुवाछूत अन्त्य गर्न पार्टीहरु ले आफ्नो एजेण्डा बनाउन थाले र राजदरबार सम्म जातिय छुवाछूत को आन्दोलन को आवाज पुग्न थाल्यो । परिणाम स्वरूप २०२०सालमा मुलकी ऐन ले छुवाछूत लाई प्रतिबन्ध लगायो।मुलकी ऐन बने पनि खासै छुवाछूत गर्ने लाई दन्डनिय बनाउन नसक्दा खासै प्रभावकारी हुन सकेन।फलसोरुप लोकतन्त्र बादि र बामपन्थी राजनीति मा दलित आन्दोलन ले प्राथमिकता पायो २०४६/४७ को जनआन्दोलन मा दलित हरु को उल्लेखनीय सहभागिता देखियो।
२०४७ को सबिधान पछि प्राप्त स्वतन्त्रता को अधिकार ले दलित हरु लाई संगठित हुने सघ सस्था खोल्ने र आफना आवाज हरु उठाउने अवसर ले छुवाछूत अन्त्य को आवाज सगै आर्थिक सांस्कृतिक शैक्षिक र रोजगारि साथै धार्मिक आवाज हरु उठन थाले ८दशक लामो नेपाल को दलित आन्दोलन ले बिभिन्न समय मा देशमा भयको राजनितिक परिवर्तन सगै उठेका आर्थिक सामाजीक सास्कृतिक शैछिक राजनैतिक प्रशासनिक मुद्दा हरु ले २०६२/६३को जन आन्दोलन पछि प्रबेश पायको छ। यतिबेला छुवाछूत कानुनी आपराध को रुप मा ब्यवस्था गरियको छ।
शैक्षिक प्रसासनिक स्वास्थ्य रोजगार लगायतमा दलित हरु ले उल्लेखनिय उपलब्धि प्राप्त गरे पनि छुवाछूत प्रथा उन्मूलन हुन सकेको छैन् । समाज मा हुने बिभेद अन्तय गर्न राज्य ले बनाय का कानुन र न्याय को क्षेत्रमा भने प्रभाव कसरि कार्यन्वयन हुन नसक्दा न्याय को अनुभुति गर्न सकिरहेका छैनन्।
आज दलित हरु ले जातिय भेदभावका कारण बिभिन्न बहाना मा ज्यान गुमाउनु परेको छ प्रहरी र न्याय क्षेत्र मा देखियको उदासिनता ले समाजमा दिनानुदिन घटना दुर्घटना हुदै गैरहेका छन दलित का पक्ष मा बनेका ऐन कानुन लाई अक्षर राज्य ले कार्यन्वयन नगरिदिएको अवस्था छ ।यस्तो अवस्था बाट मुक्ति पाउन राज्य र कार्यन्वयन गर्ने निकाय लाई घच्घच्याउन एक पटक दलित समुदायक दलित का शुभ चिन्तक सघ सस्था नागरिक समाज र राजनैतिक दल का भातृसंगठन हरु एक जुट भै न्यायको लागि आन्दोलनमा जुट्नु पर्ने आजको आवस्यकता भयो को छ ।