मातृभाषा संरक्षणमा गिरीको योगदान
Wednesday, February 21st, 2024, 7:11 pm
Kalpristha
सन्दर्भ : अन्तराष्ट्रिय मातृभाषा दिवस
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ फागुन
मेरो प्यारो देश नेपाल। अनि देश भित्र रहेका फरक-फरक भाषा, साहित्य, कला र संस्कृतिका मान्छे। हामी सबैले नेपाली हुनुमा गर्वनै गर्नु पर्छ।
देशमा १४२ जातजातीको बासोवास उनिहरुले बोल्ने १३२ वटा बेग्ला बेग्लै भाषा। त्यसमा राष्ट्रको ११ओ स्थानमा पर्छ नेपालको संविधानले राष्ट्रभाषाको मान्यता पाएको अवधी भाषा, २०६८ को राष्ट्रीय जनगणना अनुसार देशमा अवधी भाषा बोल्नेको संख्या ५०१७५२ रहेको छ। भाषा आयोगले नेपाल सरकारलाई प्रदेश नम्बर ५ लुम्बिनीमा ११ दशमलव ५२ प्रतिशत वक्ता संख्या ४,९८,१८० रहेको अवधी भाषालाई सरकारी कामकाजमा प्रयोगका लागि सिफारिस गरेको छ।
आज अंतरराष्ट्रीय मातृभाषा दिवसको अवसरमा कुरा गर्छु नेपालकै युवा अवधी भाषाका अभियंता, कवि, लेखक, साहित्यकार तथा विज्ञ आनन्द गिरि मायालुको।
२० वर्षको उमेर देखि मातृभाषा अवधीमा कविता लेखनको शुरुवात भएको थियो । वि.सं. २०६३ ताका नेपालगंजको महेंद्र पुस्तकालयमा हुने धेरै जसो साहित्यिक गोष्ठीहरुमा उपस्थित भई अवधी कविता वाचन गर्थे।
पांच वर्ष सम्म रेडियो जनआवाज एफ एममा कार्यक्रम प्रस्तोता भई अवधी भाषाको समाचार वाचन संगै चेतनामूलक र मनोरंजनात्मक कार्यक्रम संचालन गर्नु भयो।
अवधी भाषाको त्रैमासिक साहित्यिक पत्रिका फुलवारीको चार वटा र नवा नेपाल त्रैमासिक साहित्यिक पत्रिकाको दुई वटा अंक प्रकाशन र संपादन गर्नु भएको थियो अहिले दुवैवटा पत्रिकाको प्रकाशन बन्द छ।
उहाको नेपाल देखि भारतका विभिन्न पत्र-पत्रिकाहरुमा अवधी रचना प्रकाशन भएका छन।
किरण साप्ताहिक तथा मधेश दैनिकमा सैकड़ों अवधी कविता, कहानी र लेखहरु छपि सकेका छन। नेपालको सब भन्दा जेठो पत्रिका गोरखापत्रमा पहिलो पटक वि. सं. २०७६ सालमा अवधी भाषाको कविता छपेको थियो। नेपालगंजका विभिन्न एफ एम रेडियो बाट काव्य पाठ तथा नेपाल टेलीविजन क्षेत्रीय प्रसारण कोहलपुर बाट काव्य पाठ संगै अंतरवार्ता प्रसारित भई सकेको छ।
फिल्म निर्माता निर्देशक लोकनाथ वर्माले निर्माण गरेको अवधी भाषाको टेलीश्रंखला यथार्थको एउटा भागमा अभिनय पनि गर्नु भएको छ। ५०० भन्दा बढ़िनै अवधी कविता लेखि सकेका कवि आनन्द गिरि मायालु भन्छन – ” अवधी भाषा साहित्यको क्षेत्रमा उल्लेखनीय योगदानका लागि पहिलो पटक वि. सं. मा भारतको सुलतानपुर जिल्लाको सरिता लोक भारती संस्थानले एउटा कार्यक्रम बिच सम्मानित गरेको थियो। “
अवधी भाषा,साहित्य,कला एवं संस्कृतिको सरंक्षण संवर्धन तथा विकासका लागि संधै आवाज उठाउने कवि मायालुलाई आफ्नो देश नेपालमा दांगको नेपाल अवधी भाषा, साहित्य, संस्कृति सरंक्षण प्रतिष्ठानले सम्मानित गरेको थियो र नेपालगंजको नेपाल अवधी प्रतिष्ठानले सम्मान प्रदान गर्यो। नेपालगंजका वरिष्ठ युवा लेखक असफाक ताबिश संघर्षले कवि मायालुको व्यक्तित्व र कृतित्व माथि शोध गरी शोध पत्र पुस्तकको रूपमा प्रकाशन गर्नु भएको छ।
वर्ष २०१५ मा उत्तर प्रदेशको बाराबंकी स्थित संस्था अवध भारती संस्थानले लखनऊमा एक कार्यक्रम गरि ” अवधी भाषा रत्न ” सम्मान प्रदान गरेको थियो। यसै वर्ष भारतको मथुरामा अवधी भाषा, साहित्य एवं संस्कृतिको सरंक्षण तथा संवर्द्धनका लागि महत्वपूर्ण योगदान दिएको भन्दै लाइफ टाइम अचीवमेंट अवॉर्ड प्रदान गरिएको छ।
कवि मायालु भन्नू हुन्छ – ” मोफसलका एफएम रेडियोहरुले अवधी भाषालाई स्थान दिए जस्तै मोफसलका पत्र पत्रिकाहरुले पनि लोकभाषा अवधीलाई स्थान दिन आवश्यक रहेको छ। मातृभाषा विकासका लागि राज्यले गर्ने काम अझै छ स्थानीय लोकभाषाको चलचित्र निर्माण लाई सहूलियत तथा प्रोत्साहन दिन जरूरी छ। स्थानीय निकायले पनि कानून बनाई अवधी विकासका लागि जवाफदेही हुनु पर्छ। “
बांके जिल्लामा सब भन्दा बढी बोलिने भाषा अवधीनैहो यसको वक्ता संख्या प्रशस्त रहेको छ। राज्यले अहिले विद्यालयहरुमा मातृभाषा पाठ्यक्रम पनि लागू गरेको छ। नेपालको संविधान पनि अवधीमा अनुवादित भई प्रकाशित भएको छ। लुम्बिनी प्रदेशले यस प्रदेशको सरकारी कामकाजको भाषा अवधीलाई बनाउने योजना बनाई रहेको छ।
फेरी कवि मायालु भन्छन – ” राष्ट्रमा रहेका विभिन्न लोकभाषा, साहित्य, कला संस्कृति हाम्रो गहना हुन । अमूर्त संपदा हुन जस लाई आउने संततिका लागि जोगाई राख्नु पर्छ। राज्यको उदासीनताले अवधी भाषाका धेरै लोककथा, लोकगीत, लोकवाद्य, लोककला, भेषभूषा पहिरन, चाल चलन, संस्कार लोप भई सकेका छन। केंद्र प्रदेश र स्थानीय तीनै तहको सरकारले भाषा, साहित्य, कला र संस्कृतिको विकास सरंक्षण तथा संवर्द्धनका लागि राम्रो राम्रो योजना बनाई बजेट विनियोजन गर्नु पर्छ। “
अवधी विज्ञको रूपमा ऑफ़नो पहिचान बनाइएका कवि, लेखक तथा साहित्यकार आनन्द गिरि मायालु भन्न हुन्छ – ” म ऑफनो आदर्श वरिष्ठ साहित्यकार विष्णु लाल कुमाल लाई मान्छु।
बांके विभिन्न भाषाको साझा फुलवारीहो यस फुलवारी लाई सिंगार गरेर राख्ने राज्यको दायित्व हुन्छ। ” अवधी भाषाको फुलवारीमा रहेका फुलहरू अर्थात बांके जिल्ला भित्र रहेका अवधी भाषा, साहित्य, कला, संस्कृति, पत्रकारिता, गायन, नृत्य लगायतका विज्ञहरुको परिचय सहित उनिहरुको उल्लेखनीय योगदान लाई झल्काउने पुस्तक आउंदो वैशाख सम्म प्रकाशनको योजना रहेको छ।
कवि मायालुको पहिलो अवधी काव्य संग्रह कृतिको रूपमा प्रकाशन हुने वाला छ। वर्षों देखि मातृभाषामा सामाजिक विकृति विसंगति विरुद्ध कलम चलाउदै आएका अवधी सृजक मायालुलाई राज्यले प्रोत्साहन दिन आवश्यक रहेको छ।