लुम्बिनी प्रदेशका कानुन मन्त्री यादवले निरिक्षण गरे नेपालगन्ज रंगशाला
Sunday, June 21st, 2026, 8:38 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ असार
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाल यादवले साबिक मध्यपश्चिमांचल क्षेत्रीय खेलकुद बिकास समिती नेपालगन्ज अन्तरगत रहेको नेपालगन्ज रंगशालालगायतका खेलकुद संरचनाहरुको निरिक्षण तथा अनुगमन गर्नुभएको छ। आईतवार मन्त्री भण्डारीले नेपालगन्ज रंगशाला परिसरभित्र रहेको पौडी पोखरी, कवर्ड हल, शुटिङ रेन्ज लगायतका खेलकुदका संरचनाहरुको निरिक्षण तथा अनुगमन गर्नुभएको हो।
सो क्रममा समितीका कार्यालय प्रमुख महेश चन्दले संरचनाहरुको संरक्षण, खेलकुदको अवस्था, समस्या र सम्भावनाका बारेमा जानकारी गराउनु भएको थियो। त्यसैगरी समितीका प्राबिधिक सल्लाहकार फरमान अली सिद्दिकी सोनुले खेलकुद क्षेत्र, स्थानीय पालिका तथा प्रदेश सरकार बीच सहि समन्वय हुन नसक्दा खेलकुदले गति लिन नसकेको बताउनुभयो। लुम्बिनी प्रदेश खेलकुद परिषदका पूर्व सदस्य नरेन्द्र थापाले खेलकुद क्षेत्रको बिकासका लागि खेलाडी उत्पादन गर्न खेलाडी प्रतिभा खोज अभियान , प्रतियोगिताको निरन्तर आयोजना, खेल सामाग्रीको ब्यवस्थापन गर्न प्रदेश सरकारसँग पहल गरि दिन मन्त्री यादवलाई आग्रह गर्नुभयो। मन्त्री यादवले बाँकेको खेल क्षेत्रको बिकास र संरक्षणका लागि आफुले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले यसको लागि आफ्नो संसदीय कोषबाट मात्र नभई खेलकुद मन्त्रालय र प्रदेश सरकार्संग समेत कुरा गर्ने बताउनुभयो ।