पत्रकार, पत्रकारिता र समाज
Sunday, January 29th, 2017, 10:43 pm
amit
धनबिर दाहाल
भनिन्छ पत्रकारिता राज्यको चौथो अंग हो । अघोषित रुपमा राज्यको चौथो अंग मानिदै आएको पत्रकारिता आफैमा कति मर्यादित र व्यवस्थित छ भन्ने कुरा अहिलेको गहन बहसको बिषय बनेको छ । समाजको ऐनाको रुपमा हेरिएको सञ्चार जगतले समाजप्रति कति उत्तरदायी भएर काम गरिरहेका छन् त ? यतिबेला हामी आफैले गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ ।
पत्रकारिताको आचारसंहितामा रहेर हामी कति काम गरिरहेका छौं ? समाजलाई ससुचित कति बनाइरहेका छौं त ? यो हामी सञ्चारकर्मीलाई आफैलाई आफैले गर्ने प्रश्न हो । हामीले सञ्चालन गरेका सञ्चार माध्यमहरु कति समाबेशी छन । के साँच्चीकै हामीले सर्वपक्षिय बनाउन सफल भएका छौं त ? यो पनि हामी आफैलाई सोध्ने प्रश्न हो । पछिल्लो पटक अत्यधिक प्रचलित यस्ता खालका छापा माध्यम चाहि वास्तवमा समाजमा कसरी पेपर पुर्याउने अर्थात समाजमा आफ्ना धारणा कसरी राख्ने भन्नेतिर मात्र केन्द्रीत भएको पाइन्छ ।
इलेट्रोनिक सञ्चार माध्यम पनि पार्टी वा कुनै एक समुदायको प्रचार गर्ने माध्यमको रुपमा प्रयोग भएको पाइन्छ । पत्रिकाहरु समुदायमामा विक्रि गर्न भनी र सबैजसोले पढोस् भन्ने उदेश्य राखेर प्रकाशित गरिएको हुन्छ । यो राजनीतिक उदेश्यले भन्दा पनि आधारभूत रुपमा नाफा कमाउने लक्ष्य सहित प्रकाशित भएको हुन्छ । तर ठूलो जनमानसलाई समेट्ने भएकाले प्रत्यक्ष अप्रत्यक्ष महत्वपूर्ण घटनामा यसले राजनीतिमा भूमिका खेलेकै हुन्छ । त्यस्ता मिडियाको मुख्य भूमिका भनेको पार्टीगत रुपमा कार्यकर्ताको जस्तो काम गर्ने, सूचना दिने र कुनै पनि घटनाको सामान्यीकरण गर्ने हो ।
प्रजातान्त्रिक राजनीतिमा अझै यस्ता प्रेस प्रचलनमा छन् । यो सरकारी हस्तक्षेपबाट स्वतन्त्र हुन्छ, व्यवसायिक हिसावले उत्पादन गरिएको हुदैन । यो सुचनामुलक भन्दा पनि विचारमूलक हुन्छ । कुनै पनि मानिसको विचार परिवर्तनका लागि यसको मुख्य भूमिका हुनसक्छ । यसमा अन्य व्यवसायिक पत्रपत्रिकामा जस्तो धेरै विज्ञापन हुूदैन । अनि कसरी पत्याउन सकिन्छ यि मिडियाहरु समाबेशी र स्वतन्त्र हुन् भनेर । तर पनि कतिपय मिडियाहरु स्वतन्त्र नभएका होइनन् । आचार संहिताको पुर्ण कार्यान्वयन गरेर उनीहरु सञ्चालन भइरहेका छन् । अहिलेको अवस्थामा कसले कसरी काम गरिरहेको छ भन्ने कुरा समाजमा आम पाठक, श्रोता र दर्शकले प्रष्टै छुट्याउन सक्छन ।
समाज भनेको सामाजिक सम्बन्धको यस्तो संंरचना हो, जुन संरचना मानव वा त्यसको समाजमा रहेका व्यक्तिहरुबीचको सामाजिक अन्तरक्रिया प्रणालीबाट निर्माण हुन्छ । समाजको परिभाषा यस्तो हुने हो भने संचार प्रक्रियाले महत्वपूर्ण भूमिका खेलेको स्वंयसिद्ध हुन्छ । किनकि समाजमा रहेका सदस्यहरुबीच एक आपसमा अन्र्तक्रिया हुन्छ । समाजमा आमसंचारको सामाजिक दृष्टिले अध्ययन गर्दा समाजको यथार्थलाई ध्यानमा राख्नुपर्ने हुन्छ । किनकि समाजशास्त्रमा यो संचारका कारणले नै संभव भएको हुन्छ । अर्थात् सामाजिक यथार्थलाई श्रृजना गर्न वा व्यवस्थित गर्न संचार प्रकृया आवश्यक हुन्छ भन्ने पूर्वअवधारण राखिएको हुन्छ । यसरी संचारको परिदृश्यलाई ध्यानमा राखेर समाजशास्त्रको अध्ययन गर्दा समाजशास्त्र स्वयंलाई नै अध्ययन गर्दा जुन किसिमका दृष्टिकोणहरु अपनाइन्छ, त्यसबाटै आमसंचार सम्बन्धि समाजशास्त्रलाई पनि अध्ययन गर्न सकिन्छ । पत्रकारले समाजशास्त्रीय ढंगबाट अध्ययन गर्दा कस्ता पद्धति अनाउनु पर्छ, प्रचलित पद्धति केके हुन भन्ने विषयमा विभिन्न प्रश्न खडा भएको पाइन्छ ।
यी प्रश्नलाई सही ढङ्गबाट उत्तर दिनका लागि आमसंचारका माध्यम र समाजबीच के कस्ता सम्बन्ध हुन्छन् भन्नेबारे मौलिक अवधारणालाई बुझ्नु आवश्यक हुन्छ । पत्रकारले यस्ता आधारभुत ज्ञान लिन आबश्यक छ । नत्र पत्रकारिता पत्रकारिता भनेर कराइरहन आबश्यक छैन । समाजमा थुप्रै काम गर्ने अरु अवसरहरु छन् । पत्रकारभएपछि सबै भन्दा ठुलो म नै हँु भनेर सोच्नु गलत हो । हामी पत्रकार समाज प्रति कति उत्तरदायी छौं अनि मात्र मुल्यांकन गरिन्छ । अहिलेको प्रचलन यस्तो भएको छ कि पत्रकारलाई केही गर्न पाइँदैन । पत्रकार सबैभन्दा ठुलो हो । तर त्यस्तो कदापी हुन सक्दैन । समाजमा बदमासी गर्छ भने त्यस्तालाई समाजले लखेट्नु पर्छ । कुनै ठेकेदार, कुनै कार्यालयको हाकिम लगाएतका सँग बसेर रमाइलो गर्दै गर्दा व्यक्तिगत लफडा पर्छ भनि पत्रकार महासंघले अर्थात पत्रकारका संगसंगठले बिज्ञप्ती निकाल्नु पर्ने । दोषी त्यही पत्रकार हुन्छ अनि हामीले राम्रोसँग अध्ययन नगरेर बिज्ञप्तीबाजी गर्नुपर्ने । यस्तो प्रबृति हामीले त्याग्न जरुरी छ ।
घटनाको सत्य तथ्य नबुझेर बिज्ञप्तीबाजी गर्नु तथा आन्दोलन गर्नु हुँदैन भन्ने मान्यता म राख्दछु । हाम्रै साथी दोषी हुन सक्छ अर्थात पत्रकार नै दोषी हुन सक्छ । पत्रकारकै कारणले अर्काे व्यक्तिलाई असर परेको हुन सक्छ । घटनाको अध्ययन गरेर मात्र हामी अगाडी बढ्नु पर्छ । समाजमा काम गर्दै गर्दा समाजको लागी काम गर्छाैं भनिरहेका सरकारी तथा गैरसरकारी निकायहरुले जनताप्रति उत्तरदायी भएर कति काम गरिरहेका छन् त्यो सुक्ष्म अध्ययन गरेर त्यसको बास्तवीकता बाहिर ल्याउँदा उसले गरेका नराम्रा कामहरु कुनै सञ्चार माध्यममा सार्वजनिक भए भने भोली पल्ट अर्काे पत्रकार त्यही हाकिमकोमा पुगेर त्यो त सामान्य हो हजुर हामी तपाईको राम्रो न्युज लेखिदिन्छौं अलिकति हामीलाई हेर्नुपर्यो भन्ने चलन छ ।
कुनै नेगेटिभ न्युज आयो भने अर्काे पत्रकारको कमाइखाने भाँडोको रुपमा पर्न जान्छ । एकले गरेको राम्रो काम अर्काले काट्ने प्रबृत्तिको अन्त्य गर्नुपर्छ । राम्रो कामको अनुशरण गर्दै आफुले पनि सिक्छु भन्ने उद्देश्य लिनुपर्छ । साँच्चीकै समाजमा रहेर सामाजिक प्रतिष्ठालाई उच्च राख्दै समाजकै लागी पत्रकारिता गरेको हो भने पत्रकार वा सञ्चार माध्यमले पालना गर्नुपर्ने न्युनतम आधारभुत आचारसंहिता पालना गरौं ।