सुर्धन नसकेको फुटबल व्यवस्थापन
Wednesday, June 23rd, 2021, 8:53 am
Kalpristha
जी. थापा
नेपालगंज, ९ असार
वर्तमान एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पा कहिलेकाँहि उनकै सम्बोद्धनले अप्ठ्यारोमा पर्ने गरेका छन् । तराईमा फुटबल विकासको लागि सेनालाई जिम्मा दिने बारे उनले गरेको सकारात्मक सम्बोद्धनले ठूलै हलचल मच्याएको थियो । यस विषयलाई तराई केन्द्रित राजनैतिक दलहरुले प्रतिष्ठाकै विषय बनाउँदा उनले झेल्नुपरेको दबाब उनका लागि सिकाइ नै भयो । ‘घोडा चढ्ने मान्छे लड्छ’, यो कुरा यथार्थ नै हो । यो कुरा बुझेका उनी अचेल मिडियामा बोल्दा सम्हालिएर सम्बोद्धन गर्ने गरेका छन् ।
अध्यक्ष शेर्पाले आफना हरेक भाषणमा व्यवस्थापनलाई बलियो बनाउँदै नेपाली टोलीको स्तर बढाउने बताउँदैं आएका छन । तर त्यसमा उनले भनिजति सफलता भने पाइरहेका छैनन् । व्यवस्थापनका पाटोमा एन्फा अझै कमजोर देखिन्छ । त्यो रोग केन्द्रमा मात्र होइन प्रदेश र जिल्लातह सम्म पनि छ । कोभिडले हरेक क्षेत्र प्रभावित भएजस्तै फुटबलमा त्यसबाट अक्षुतो छैन ।
लकडाउनको अवधिमा देशभरी प्रतियोगिता गर्ने अवस्था थिएन । यसअवधिमा एन्फाको तिन तहका निकायले भौतिक पुर्वाधार, अनुसन्धान, दिर्घकालिन योजना जस्ता विषयमा धेरै काम गर्न सक्थ्यो । तर त्यसमा नेतृत्व तहले ध्यान दिन नसकेको देखिन्छ । प्रतियोगिता सम्पन्न भैसकेको महिनौं सम्म क्लबहरुले पुरस्कार पाउन सकेका छैनन । जसको उदाहरण हो नेपालगन्जमा सम्पन्न भएको एन्फा प्रेसिडेन्ट लिग ।
प्रतियोगिता सम्पन्न भएको चार महिना बित्दा समेत विजेता टिम लगायत व्यवस्थापनसँग जोडिएका अन्य थुप्रैले रकम पाउन सकेका छैनन । व्यवस्थापनको नेतृत्व गर्ने व्यक्तिलाई आम मानिसले विश्वास गर्ने अवस्था कम हुदैं जान्छ । त्यसले जिम्मेवार व्यक्तिमा इमानदारिताको खाँचो रहेको संकेत गर्छ । जसको दिर्घकालिन असर नेपाली फुटबलको विकासमा पर्ने पक्का छ ।
लिगको मिति र घोषणा ः
लिगको मिति तोक्ने र घोषणा गर्ने विषय नियमित प्रक्रिया नै हो । यसबाट लिग हुने भो भनेर खुशी हुनैपर्ने छैंन् । एन्फाको वार्षिक क्यालेन्डर ठीक ठाक दुरुस्त नहुँदा वा भनौं आवश्यकता अनुसार अद्यावधिक नगरिँदा लिगको मिति बैठक बसेर तोक्ने गरिएको छ । विगतमा पनि लिगको मिति तोक्ने, सार्ने, पुनः मिति तोक्ने अनि लिग स्थगित गर्ने गरिएको नजिर छँदै छ । यसरी स्थगित भएको लिगलाई समयमा सुचारु गर्न आलटाल गर्दै जाँदा दुई-तीन वर्षसम्म लिग रोकिएको पीडा भोगेकै हो ।
परिवर्तित एन्फा टिमसहित अहिलेको नेतृत्वले लिगको मिति तोक्न हतार नगर्ने बरु उपयुक्त समय हेरेर निर्णय लिने निति लिएको देखिन्छ । गएको सिजनको राष्ट्रिय लिग यही असारबाट शुरु गर्ने पूर्वतयारी भएपनि फिफा विश्वकपको छनौट खेलको कारण हतारोमा घोषणा गरिएन । भर्खरै हिमालयन शेर्पा क्लबले आगामी लिगको लागि प्रशिक्षक युगलकिशोर राईलाई अनुबन्ध गरिसकेको हुँदा बिहानले दिनको सुनिश्चिता गर्छ भनेभैंm उनले मिडियालाई गरेको सम्बोद्धनलाई आधार मान्ने हो भने छिटोमा आगामी भाद्रसम्ममा सहिद स्मारक ए डिभिजन लिग हुने लगभग पक्कापक्की जस्तो देखिएको छ ।
प्रायोजक र पुरस्कार ः
फुटबलको मेरुदण्ड मानिने लिग आयोजना गर्नु सानो कुरो होइन् । लिगमा सहभागी ए डिभिजन क्लबहरुलाई लिगको तयारी खर्च वापत निश्चित रकम दिनुपर्ने हुन्छ । लिग लामो समय चल्ने हुँदा दैनिक खर्च व्यवस्थापनको लागि आयोजकमाथि ठूलै दबाब हुन्छ । विभागीय क्लबबाहेक काठमाडौंका ए डिभिजन क्लबहरु समुदायमा आधारित छन् । त्यस्ता सामुदायिक क्लबहरु चन्दा संकलन र शुभचिन्तक÷शुभेच्छुकहरुले दिने सहयोगमै भर परेका हुन्छन् । उपाधिका दाबेदार टोलीले ठूलै रकम खर्चेर खेलाडी अनुबन्ध गरिरहेका हुन्छन् । यस्तोमा लिग आयोजक र सहभागी क्लबहरु वित्तीय व्यवस्थापनलाई नै मुख्य ठान्दछन् ।
कोरोना महामारीको कारण आक्रान्त बनेको उद्योग, व्यवसाय अभैm तरङिने छाँट काँट देखिदैन । आर्थिक व्यभारले विक्षिप्तभैm बनेका उद्योगी, व्यवसायी खोलेर लिगका लागि अगाडि आउने अवस्था छैन् । यसरी हेर्दा लिगको मिति तय हुनुअघि प्रायोजकको टुंगो लाग्ने सम्भावना क्षिण हुँदै गइरहेको छ । मुख्य साझेदारीको टुंगो नलागेसम्म पुरस्कारको घोषणा लगायतका अन्य तयारीहरु ढिला हुन्छ । यसले प्रकान्तरमा विजेता र उपविजेता टोलीलाई उधारो चेक बोकेर वर्षभरी बैंक धाइरहनुपर्ने अवस्था दोहोरिन सक्छ । यस्ता कमीकमजोरीहरु नसचिए लिगको आयोजना र स्तरमाथि नै प्रश्न चिन्ह लाग्न सक्छ । सम्बोद्धनले सन्देह होइन, सन्देश दिनुपर्छ । असल सन्देशले नै सबै कुरा ठीक ठाक र दुरुस्त राख्छ ।
‘बेटर परफरमेन्स’को आशा ः
आसन्न साफ च्याम्पियनसिममा नेपाली राष्ट्रिय फुटबल टोलीले सुधारिएको प्रदर्शन गर्ने उनले मिडियालाई दिएको सम्बोद्धनबाट प्रष्टयाएका छन् ।
‘बेटर परफरमेन्स’को परिभाषा र त्यसको सीमा के हुन सक्छ, त्यो कुरा भने उनले सम्बोद्धनको क्रममा खुलाएका छैनन् । यसको परिभाषा र सीमा निर्धारण गर्नसके च्याम्पियनसिपपूर्व खेलाडीलाई कहिले, कहाँ र कति वटा मैत्रिपूर्ण खेलमा सहभागी गराउने, राष्ट्रिय टोलीका सदस्यको भत्ता÷सुविधाबारे छलफल गरेर धारणा बनाउने, मनोपरामर्श र फिजीयोको भूमिका लगायतका विषयहरु बेटर ‘परफरमेन्स’सँग प्रत्यक्ष रुपमा सरोकार राख्ने पक्षहरु हुन् । त्यसकारण उच्च प्रदर्शनसँग जोडिएका यस्ता सरोकारजन्य विषयहरुलाई क्रमानुसार सम्बोद्धन हुने गरी ब्रेक डाउन तयार पार्न सके उनले भने भैंm बेटर परफरमेन्स’को सुनिश्चिता गर्न असम्भव देखिन्न ।
बेटर परफरमेन्स’ को सुनिश्चिताको लागि ‘बेटर म्यानेजमेन्ट’ले खास अर्थ राख्छ । राम्रो भइरहेको छ । आशा गरौं, नेपाली फुटबलमा सबै कुरा राम्रा हुनेछन् । जय देश, जय नेपाली फुटबल ।