सगुनका कारण एनआरएन अमेरिका भित्र विवाद
Wednesday, February 1st, 2017, 5:05 am
amit
अमेरिका-गैर आवासीय नेपाली संघ अमेरिकाको (एनआरएन अमेरिका)को लेटरप्याडमा स्टार्टअप आईटी कम्पनी सुगनको उच्च जोखिम युक्त सेयरमा लगानी गर्न अनुरोध गर्दै इमेल गरिएपछि एनआरएन अमेरिका भित्र विवाद भएको छ । सुगनले २ करोड अमेरिकी डलरको प्रि आईपीओ ( सेयर)मा लगानी गर्न अनुरोध गरेको पत्रमा एनआरएन अमेरिकाको लोगो युक्त लेटरप्याडमा एनआरएनकै इमेल उपयोग भएको थियो ।
यसको विरोधमा एनआरएन अमेरिकाका कार्यसमिति सदस्यले अध्यक्ष डा केशव पौडेल माथि गम्भीर आरोप लगाउंदै राजीनामा समेत मागेका छन् ।
कार्यसमितिको कुनै परामर्श विना लोगो र इमेल प्रयोग गर्न दिएको विषयमापनि सदस्यले आपत्ति जनाएका छन् । विवाद आएपछि एनआरएनका मिडिया संयोजक सर्बज्ञ वाग्लेले सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले एनआरएन धनीहरुको संस्था होइन बरु सबै एनआरएनहरुलाई धनी बनाउन प्रयत्नशील संस्था भएको दाबी गर्दै यही उद्देश्य पुरा गर्ने एउटा अभियानमा सगुन लागेको एनआरएन लागो सहितको पत्रमा उल्लेख छ ।
सगुनले हाल २ करोड (करिब २ अर्ब १५ करोड नेपाली रुपैंया) बराबरको मिनी आईपीओ सेयर निकाल्नका लागि अमेरिकाको युएस सेक्युरिटीज एक्स्चेञ्ज कमिशन बाट स्विकृती पाएको जनाएको छ ।
सन् २०१४ मा स्थापना भएको सगुनले आफूलाई सोसियल इकमर्श मिडिया भएको दाबी गर्छ । कम्पनीको दाबी अनुसार ४ लाख भन्दा बढी प्रयोग कर्ता छन् कम्पनीको मूल्याकन ९८ मिलियत (९ करोड ८० लाख डलर) रहेको छ । यसको मुख्य कार्यालय अमेरिका सहित नेपाल र भारतमा यसका शाखाहरु रहेका छन् ।
कविन्द्रले पठाएको जानकारी पात्रमा यस अघि प्रि मिनी आईपीओ निष्कासन गर्दा कति रकम जम्मा भयो यो उल्लेख छन् । पहिले प्रि मिनी आईपीओको तुलनामा अहिलेको सगुनको मूल्याङ्कन किन बढ्यो यो पनि जवाफ दिइएको छैन ।
अमेरिकी सरकारले जारी गरेको रेगुलेशन ए प्लस अन्तरगत जब्स एक्ट २०१२ मा रहेर सगुनले सर्वसाधारणका लागि मिनी आईपीओ जारी गर्न लागेको विवरणमा उल्लेख छ । हाल शेयर किन्न प्रतिबद्धता मात्र गर्न पाइन्छ ।
स्टार्टअफ कम्पनीमा लगानी निकै जोखिम युक्त हुन्छन् । यस्ता कम्पनीले ल्याउने प्रोडक्ट बजारमा मन पराईए भने चिठ्ठा परेजस्तै शेयरको मूल्य बढ्छ । प्रोडक्ट ल्याउन सकेन चलेनन भने लगानी बालुवामा पानी हाले सरह हो । आफ्नो बचतमा उच्च जोखिम लिने इच्छा छ भने मात्र सुगनको सेयरमा लगानी गर्दा हुन्छ । उच्च जोखिम भनेको चिठ्ठा पर्छ, पर्दैन भने जस्तै हो ।
शेयरमा लगानी गर्दा कम्पनीको संरचना महत्त्वपूर्ण हुन्छ । कम्पनीका संस्थापक गोविन्द्र गिरीलाई आईटी इन्जिनियर भनिएको छ । तर, कहांवाट इन्जिरियरिगं गरेका हुन् खुलाईएको छैन । सह संस्थापक सिटौलालाई पहिले प्रिमियर फाइनान्सियल एलायन्स (पीएफए)मा कार्यरत रहेको उल्लेख छ । कम्पनीको कार्यालय सिलिकन भ्याली भनिने क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा नहुनु अर्को कमजोर पक्ष हो ।
(हिमालयखबरबाट)