बिपी अस्तु नेपालगन्ज, १ असार
प्रधानमन्त्री केपी शर्मा ओलीको एक नारा छ, ‘अब कोही भोकै पर्दैन, भोकले कोही मर्दैन ।’ प्रधानमन्त्रीलेआफ्नो नारा कार्यान्वयन गर्न के गरे? त्यो अर्कै कुरा। तर, नेपालगन्जमा एक भान्सा चल्छ, जसले भान्साअघि आउनेहरूलाई भोकै फर्काउँदैन । २० रूपैयाँमा पेटभरी खान पाउने व्यवस्था रहेको उक्त भान्सामा २० रूपैयाँ तिर्न नसक्नेहरूलाई पनि पेटभरी खाना खुवाइन्छ । ‘२० रूपैयाँ पनि नलिनेकी भन्ने सल्लाह भएको थियो । तर अपनत्व महसुुस गराउन र खानाको दुरूपयोग हुन नदिन यति शुल्क त राख्नुपर्छ भन्ने निणर्य भयो,’ रसोई सन्चालकहरू भन्छन्।
पश्चिम नेपालका बिरामीहरूको सबभन्दा ठूलो उपचार केन्द्र भेरी अस्पताल परिसरमा रहेको उक्त भान्सा हो, अन्जनी माता रसोई । यो रसोईले अहिले चौतर्फी चर्चासँगै साथ, शुभेच्छा, सहयोग र हौसला पाइरहेको छ ।
आइतबार देखि शुक्रबार बिहान १० देखि १ बजेसम्म रसोईमा खाना खुवाउने गरिन्छ । निषेधाज्ञा लागु भएयतासाँझ बिहान दुई छाक नै खानाको व्यवस्था गरिएको छ । बिरामीहरूलाई लक्षित गरेर रोटी समेत उपलब्ध गराइन्छ ।
टिनले बनाइएको टहरामुनि रसोई सन्चालित छ । वरिपरि बार लगाइएको रसोईमा प्रवेश गर्नुअघि हात स्यानिटाइज गर्न लगाइन्छ । रसोई परिसरमा एक टेबल छ, जहाँ२० रूपैयाँ दिएर एक टोकन पाइन्छ ।जुन नेपालगन्जका सामान्य होटलमा पाइने खानाको मुल्यभन्दा ६ भाग सस्तो हो । पैसादिन नसक्नेहरूलाई पनि फिर्ता पठाइँदैन । टोकन लिएर खाना पस्किने टेबलमा पुगेर टोकन बुझाएपछि पेटभरी खाना खानपाइन्छ । रसोईमा खाना खाइसकेपछि प्रतिक्रिया दिँदै बर्दियाका सुरेश चौधरीले भने, ‘एक चियाको मूल्यमा पेटभरी गुणस्तरीय खाना खान पाइयोे । यस्तो सुविधासबै अस्पतालमा हुनुपर्छ ।’
खाना विशुद्ध साकाहारी र सात्त्विक हुन्छ । प्याज र लसुनको समेत प्रयोग हुँदैन । खानामाभात, दाल, तरकारी र सलाद समावेश हुन्छ । विशेष अवसरहरुमा हलुवा, पुरी, खिर, मिठाई लगायतका परिकार पनि तयार गरिन्छ । टिनको टहरामुनि बेन्च र टेबलहरू राखिएको छ । सेवाग्राहीहरू ती टेबलमा भौतिक दुरी पालन गरेर खाना खान सक्छन् । खाना खाने ठाउँमा पंखाको समेत व्यवस्था गरिएको छ । खाना खानआउनेहरूविशेषगरी बिरामीका आफन्त, मजदुरहरू र अस्पतालका कर्मचारीहरूहुने गरेका छन् । २०७७ साल कार्तिक १० गतेबाट सुरू भएको रसोईमा दैनिक करिब सात सय जनाले खाना खान्छन् । पहिले बिहान एक छाक मात्र खाना खुवाउने गरिएकोमा कोरोनाको पछिल्लो लहरका कारण गरिएको निषेधाज्ञापछि दुवै छाक खुवाइने गरिन्छ । खाना प्याकिङ गरेर समेत लैजाने व्यवस्था गरिएको छ । प्याकिङ गर्दा १० रूपैयाँ थप शुल्क लाग्छ । बिरामीहरूलाई दालको रस र जाउलो निःशुल्क उपलब्ध गराइन्छ । खाना प्याकिङ गरेर घरमा समेत लैजान मानिसहरूआउँछन् ।
सेवाग्राहीको आँखैअघि ग्याँस चुल्होमा खाना पकाइन्छ । खाना खाने ठाउँसँगै जोडिएको क्याबिनमा खाद्यान्न भण्डार गरिएको सबैले देख्न सक्छन् । तरकारी भण्डारण गर्ने कोठा पनि सबैले देख्ने ठाउँमा छ । खानामा प्रयोग हुने सामग्रीको गुणस्तर सबैले अवलोकन गर्न सक्छन् । रसोई सन्चालक सुन्दरकाण्ड मित्र मण्डलीका अध्यक्ष विनोद कुमार राठी भन्छन्, ‘हाम्रो पहिलो उदेश्य सस्तोमा गुणस्तरीय खाना खुवाउनु हो । चामल, दाल र तरकारीको गुणस्तरमा सम्झौता गर्दैनौँ ।’
खाना खाने भाँडाहरूसफा गर्न कर्मचारीहरू छन् । भाँडा चार चरणमा सफा गर्ने गरिन्छ । सबैभन्दा पहिले पानीले भाँडा पखालिन्छ । त्यसपछि ती भाडालाई डिटरजेन्ट घोलिएको पानीमा डुबाइन्छ । त्यसबाट निकालेर राम्ररी धोइपखाली बाटामा जम्मा गरिएको सफा पानीमा पखालिन्छ र त्यसबाट निकालेर पुनः पानीले धोएर मात्रैपुनः प्रयोग गरिन्छ ।
कसरी सुरू भयो रसोई ?
नेपालगन्जस्थित गौशालाको सहायक संस्था हो सुन्दरकाण्ड मित्र मण्डली । जुन मण्डली हनुमान भक्तजनहरूको भजन मण्डली हो ।मण्डलीका गुरू थिएब्रह्मलीन हिरामान हरिशंकर गिरी । मण्डलीका संरक्षकएवं मधेशी आयोगका सदस्य विजय कुमार गुप्ता भन्छन्, ‘गुरुको इच्छा थियो विपन्नहरूका लागि भोजनको व्यवस्था गर्ने । उहाँको इच्छा बमोजिम समय-समयमा त्यस्ताकार्यक्रमको पनि आयोजनागथ्र्यौँ । तर, नियमित हुन सकेका थिएनन् । कोभिड-१९ महामारीले त्यसको आवश्यकता थप उजार गरिदियो र सुरू गर्यौँ ।’
कोरोनाको पहिलो लहर सृजितलकडाउनका बेला सबैतिर जनजीवन ठप्प हुँदा भेरी अस्पतालमा भनेलुम्बिनी, कणर्ाली र सुदुरपश्चिम प्रदेशका बिरामीहरूको चाप उच्च थियो । मानिसहरूसँग खाना खाने विकल्पका साथै आर्थिक अभाव पनि थियो । त्यहीबेला२६ सदस्यीय मण्डलीकाकेही सदस्यहरू, बाँकेका तत्कालिन प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ,भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. प्रकाश थापा लगायतकाबिच अस्पतालमा आउने बिरामी र बिरामीका आफन्तलाई लक्षित गरी सुलभरुपमा गुणस्तरीय खाना खुवाउने विषयमा छलफल भयो ।आ-आफ्नो तर्फबाट सकेको सहयोग उठाउने र त्यसैबाट रसोई सन्चालन गर्ने निणर्य भयो । उक्त सल्लाह नेपालगन्ज उप-महानगरपालिकाका मेयर डा. धवलशमशेर राणासँग पनि साझा गरियो । राणालेहौसला थप्दै उप-महानगरपालिकाबाट मासिक ५० हजार रूपैयाँ उपलब्ध गराउने वाचा गरे । भेरी अस्पतालले ठाउँ उपलब्ध गरायो र सुरु भयो रसोई ।
रसोई सन्चालन भएपछि अस्पतालमा आएका बिरामी र बिरामीका आफन्त मात्रै नभई अप्ठ्यारोमा परेका नागरिकले समेत ठूलो राहत महसुस गरे । सुरुमा खुला ठाउँमा खाना खुवाइएको रसोईको छाना र टहरा बनाउन कसैले टिनका पाता सहयोग गरे, कसैले फलामका एंगल ।कोरोनालाई लक्षित गरेर सन्चालन गरिएको रसोई अब निरन्तर सन्चालन गर्ने निणर्यमा पुगेको छ सुन्दरकाण्ड मित्र मण्डली । मण्डलीमा नेपालगन्जमा व्यवसायीक र सामाजिक क्षेत्रमा प्रतिष्ठित व्यक्तिहरूसदस्य छन् ।
यसरी हुन्छ रसोईको व्यवस्थापन
यस्तै खालको रसोई आवश्यकता भएका अन्य स्थानमा पनि सन्चालन गर्नुपर्यो भने सबभन्दा ठूलो चुनौति के देख्नुहुन्छ ?भन्ने प्रश्नमा मण्डलीका एकजना सदस्य एवं राजनीतिकर्मी प्रशान्त विष्टको एक शब्दमा उत्तर छ, ‘व्यवस्थापन’ । उनका अनुसार २० रूपैयाँमा खाना खुवाउनु आर्थिक दृष्टिले चुनौति होइन । विष्ट भन्छन्, ‘यो त असल उदेश्यका लागि गरिएको काम हो । आर्थिक समस्या निम्तिहाल्यो भनेपनि सहयोगी हातहरूतुरून्तै खडा हुन्छन्।तर, उदेश्य अनुसार सेवा दिन व्यवस्थापनको पाटो चुनौतिपूणर् छ ।’
रसोईको मुख्य उदेश्य अप्ठ्यारोमा परेकाहरूलाई गुणस्तरीय खाना खुवाउने हो । जसको लागि मण्डलीको प्रत्यक्ष निगरानी आवश्यक छ । तर मण्डलीमा संलग्न सबैले रसोईमा समय दिनसक्ने अवस्थाछैन । उक्त चुनौतिलाई समाधान गर्न मण्डलीमा आवद्ध र समय दिन सक्ने केही सदस्यहरूलाई रसोईको निगरानी गर्न बारअनुसार पालो लगाइएको छ । रसोईमा प्रयोग हुने चामल, दाल र तरकारीको गुणस्तरमामण्डलीका सदस्यहरूको प्रत्यक्ष निगरानी रहन्छ । खाना खुवाउने अवधिमा एकजना मण्डलीको सदस्य अनिवार्य उपस्थित रहन्छन् । मण्डलीका सदस्य जितेन्द्र कुमार सिंह (ठाकुर) लाई व्यवस्थापकको जिम्मेवारी दिइएको छ । खाना पकाउने,बाँड्ने र सरसफाईका लागि तलब नै दिएर कर्मचारीहरू राखिएको छ ।
अप्ठ्यारोमा परेकालाई रोजगारी
बर्दियाकोबढैयातालकी मखमली परियार विगत तीन वर्षदेखि हप्तामा दुईपटक अस्पताल धाइरहेकी थिइन् । उनका १६ वर्षीय छोराको दुवै मिर्गौला खराब भएर भेरी अस्पतालमा हप्तामा दुईपटक डाअलसिस गराउनुपर्छ । पछिल्लोपटक भएको निषेधाज्ञाका कारण यातायातठप्प भएपछि उनले छोरालाई हप्तामा दुईपटक घरदेखि अस्पताल पुर्याउन सक्ने अवस्थारहेन । एम्बुलेन्सको भाडा तिर्ने उनको आर्थिक क्षमता छैन । उनले घर जानुभन्दा अस्पतालकै भुईँमा दिन काट्टे निधो गरिन् । खानाको समस्या रसोईले नै पुर्ति गरिरहेको थियो ।
अस्पतालमा बस्दा छोराको हेरचाह बाहेक अरू काम थिएन । अस्पतालमा सरसफाईको काम गरिरहेका आफूजस्तै महिला देखेर उनलाई छोराको उपचार गर्दा लागेको ऋण र टार्न धौ धौभइरहेको दैनिक खर्चको झल्कोले सताउँथ्यो । ‘कसैले यत्तिको काम दिएपनि ठूलो दया हुन्थ्यो भन्ने लाग्थ्यो,’ मखमलीले भनिन् । एकदिन उनले रसोईका सन्चालकहरुसँग आफ्नो लागि कुनै काम भए मिलाइदिन आग्रह गरिन् ।त्यसको केही दिनपछि दिनको पाँच सय रूपैयाँ ज्याला पाउनेगरी उनले भाँडा सफा गर्ने काम पाइन्।मखमलीले खुसी व्यक्त गर्दै भनिन्, ‘छोरालाई अस्पताल ल्याउने लैजानेभाडासम्म नभएकी मलाई यो काम दैवले जुराइदिए जस्तै लागेको छ ।’मखमलीले आफ्ना कलिलो उमेरका छोराको जीवन रक्षाका लागि गरिरहेको संघर्ष र उनका छोराको पीडाबारेको सामग्री पनि कालपृष्ठमा पढ्न सक्नुहुनेछ । प्रतिक्षा गर्नुहोला ।
मखमलीजस्तै अप्ठ्यारोमा परेका र कामको सख्त जरूरत भएकाहरूलाई नै रसोईले रोजगारी दिएको छ । हाल ३२ जना कर्मचारीहरू रहेकोमा उनीहरूले दिने समय हेरेर मासिक १० देखि २० हजार रूपैयाँसम्म पारिश्रमिक दिने गरिएको मण्डलीका प्रवक्ता विमल चन्दले जानकारी दिए ।
बढ्दै सहयोगी हातहरू
रसोई सन्चालनमा आएपछि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम सुरु भयो । मानिसहरू स्वतः स्फुर्तरूपमा सहयोग गर्न आउन थाले । परदेशमा रहेका नेपालीहरूले सहयोग गर्ने इच्छा व्यक्त गर्न थाले । सहयोगीहरू बढ्दै गएपछि उनीहरूको सहजताका लागि बैंक खाता पनि सार्वजनिक गरियो । विभिन्न सामाजिक संघ संस्थाहरूले पनि सहयोग गरे । रसोईमा एकपटक सेवा लिएर गएका मानिसहरूप्रभावित भएर आफै सहयोग गर्न सम्पर्कमा आउन थाले । मानिसहरू आफ्नो विशेष दिनमा दान गर्नका लागि पनि रसोईलाई सम्झन थाले । हिन्दु आस्थावान् मण्डलीद्धारासन्चालित रसोईमा नेपालगन्जको धार्मिक सद्भावको परीणामस्वरूप मुस्लिम, इसाई लगायतकाविभिन्न धार्मिक संस्था र संगठनहरूले पनि सहयोग गर्न थाले । ‘हाम्रो उदेश्य त जति खर्च आउँछ २६ जनाले मिलेर व्यहोर्ने भन्ने थियो । तर, मनकारी मानिसहरूको पवित्र इच्छालाई पनि सम्मान गर्दै हामीले सबैलाई स्वागत गर्यौँ,’मण्डलीका संरक्षकगुप्ताले भने । नगद सहयोग गर्न चाहनेहरूका लागि ग्लोबल आइएमई बैंकको २१०१०१०००००७५ नम्बरको बैंक खाता सार्वजनिक गरिएको छ । विदेशबाट सहयोग गर्न चाहनेहरूले GLBBNPKA कोड प्रयोग गर्न सक्छन् । हालसम्म १० लाखभन्दा बढी सहयोग उठेको प्रवक्ता चन्दले जानकारी दिए । नेपालगन्ज उप-महानगरपालिकाले यसवर्षबाट मासिक एक लाख रूपैयाँ रसोईलाई उपलब्ध गराउने भएको छ । निरन्तरताका लागि निःस्वार्थ सेवाभाव
रसोईका सेवाग्राही र मण्डलीका सदस्यहरूयस्ता रसोईहरूआवश्यकता भएका अन्य ठाउँमा पनि सन्चाहन हुनु आवश्यक रहेको बताउँछन् । त्यसका लागि निःस्वार्थ सेवा भावसहितलाग्नुपर्ने उनीहरूको सुझाव छ । सुन्दरकाण्डा मित्र मण्डलीमा पनि विभिन्न व्यवसायीक र राजनीतिक क्षेत्रमा प्रभाव भएका मानिसहरू छन् । तर, रसोईलार्ई राजनीतिक उदेश्यका लागि प्रयोग हुन नदिन सबै प्रतिबद्ध छन् । यसका साथै आफैले खर्च धान्न नसक्ने अवस्थाभएका ठाउँमा कुनै भरपर्दो दाता खोज्नुपर्ने मण्डली सदस्यहरूको सुझाव छ । सामाजिक काम गर्दा अगुवाहरूको छवीले पनि ठूलो भूमिका खेल्ने भएकोले त्यसलाई पनि ध्यानमा राख्नुपर्ने संरक्षक गुप्ताले बताए । यस्तो सेवाको निरन्तरताका लागि सबभन्दा ठूलो चुनौति व्यवस्थापन पनि रहेको उनीहरूको ठम्याई छ । यी सबै चुनौतिलाई ध्यानमा राखेर भेरी अस्पतालमा सन्चालित रसोई निरन्तर सन्चालन गर्नप्रयासरत रहेको मण्डलीले जनाएको छ । अस्पताल परिसरमा रहेको होटेलहरूको व्यवसायलाई पनि ध्यानमा राखेर निषेधाज्ञा हटेको परिस्थितिमा एक छाकमात्रै खानाको व्यवस्था गरेर निरन्तरता दिइने अध्यक्ष राठीले बताए ।मण्डलीकासदस्य प्रशान्त विष्ट भन्छन्, ‘हामी २६ जनाले आफूले सक्ने सहयोग गर्यौँ भनेपनि रसोई निरन्तर चल्छ भन्ने विश्वास छ ।’