मन्त्रीसँग नेपालगन्जको विकासबारे छलफल
Wednesday, August 11th, 2021, 11:04 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं,२७ साउन
नेपालगंज उप महानगरपालिका उपप्रमुख उमा थापा मगरले बुधबार गृह मन्त्री र स्वास्थ्य राज्यमन्त्री लाई भेटघाट गरेकी छन् ।
गृह मन्त्री बालकृष्ण खांण र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेट गरि समग्र नेपालगंजको स्थितिवारे अवगत गराएकी हुन् ।
भेटघाटमा उप प्रमुख थापाले गृह मन्त्री बालकृष्ण खांणलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै नेपालगन्जको शान्ति सुरक्षा र आजै देखि शुरू भएको होल्डिङ सेन्टरका वारेमा जानकारी गराएकी थिइन् ।
उनले बुधबारै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई समेत भेट गरी कोभिड विरूद्ध खोप प्रशस्त मात्रामा सहज तरिकाले उपलब्ध गराउनुको साथै भेरी अस्पताललाई मेडिकल कलेजमा रूपान्तरण गर्नुपर्ने माग राख्नुभएको छ ।
उपप्रमुख थापाको माग सम्बोधन गर्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड विरूद्दको खोप सहज तरिकाले आम नागरिकलाई उपलब्ध गराउने कार्यमा आफू लागिपरेको र कोभिड महामारीको बेला उपचारमा उल्लेखनीय काम गरेर विरामीको सेवामा लागि परेको र भेरी अस्पतालको स्तर उन्नतिको लागी आफुले सक्दो प्रयास गर्ने प्रतिबद्दता ब्यक्त गरे ।
यस अघि उप प्रमुख थापाले प्रधानमन्त्री शेरबहादुर देउवा र विभिन्न मन्त्रालयका सचिवहरूलाई समग्र नेपालगंजको विकास र समस्याकाबारे जानकारी गराएकी छन् ।