दुई लाख ५१ हजार मुल्य बराबरका अवैद्य सामान बरामद
Thursday, August 12th, 2021, 5:43 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ साउन
बाँके प्रहरीले बुधबार र बिहीबार गरी दुई लाख ५१ हजार मुल्य बराबरका अवैद्य सामान बरामद गरेको छ ।
प्रहरीले बिहीबार चाँदीका १५ थान बालासहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले नेपालगञ्ज नाका जमुनाहाबाट मुगुका कर्माठिले तामाङलाई चाँदीका बालासहित नियन्त्रणमा लिएको हो । तामाङले ६४ हजार मूल्यको १५ वटा बाला लिएर आएका थिए । बरामद सामान भन्सार कार्यालय पठाइएको छ ।

बरामद गोलिया
यस्तै, प्रहरीले डुडुवा गाउँपालिका ६ मोहनपुर्वाबाट झाडी भित्र लुकाई राखेको ३ थान सालको गोलिया बरामद गरेको छ । स्थानीय छब्बन खानको जमिनमा लुकाई राखेको करिब एक लाख छयानब्बे हजार पाँच सय साठी रुपैया बराबरको सालको गोलिया प्रहरीले बुधबार बरामद गरेको हो । बरामद काठ वन डिभिजन कार्यालय पठाईएको छ ।
यसैगरी बिहीबारै प्रहरीलले नेपालगन्ज-१० बाट बेवारिसे अवस्थामा रहेको कपडा बरामद गरेको छ । करिब पचपन्न हजार दुइ सय रुपैयाँको कुर्ता सुरुवाल लगायत अन्य कपडा फेला पारी भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।

बरामद कपडा