कर्मचारी पुनर्बहालीको माग राख्दै नगरमा तालाबन्दी
Sunday, September 19th, 2021, 7:32 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा,३ असोज
कनेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आफ्ना कर्मचारीलाई पुर्नवहालीको माग राख्दै त्रिपुरासुन्दरी नगरपालिका कार्यालयको मुलगेटमा तालाबन्दी गरेको छ । नगरपालिकामा आइटी अफिसरको रुपमा कार्यरत हेमन्त बोहरालाई पुर्नवहालीको माग राख्दै नगरमा तालाबन्दी गरेको हो ।
त्रिपुरासुन्दरी नगरपालिका ६ पालङ्गका स्थानीय बासिन्दा हेमन्त बोहरा २०७६/०७७ देखि नगरमा आईटी अफिसरको रुपमा कार्यरत थिए । बोहरालाई कार्यालयको काम ईमानदारी रुपमा नगरेको भन्दै नगरले निलम्बन गरेको थियो ।
प्रविधि अधिकृत रहँदा बोहराले जनप्रतिनिधिको सम्पत्ति विवरण फारम भर्दा उपमेयर चन्दा कुमारी बुढाको नभरेर जरिवाना तिर्नु परेको कारणलाई लिएर विभिन्न समयमा नगरले बोहरालाई स्पष्टीकरण सोधेको थियो ।
नेपाल कम्युनिस्ट पार्टी माअनेवादी केन्द्र नगर ईन्चार्ज धर्मजित बोहरा, सचिव बुद्धि बुढा, प्रदेश कमिटी सदस्य काली चलाउने सहितको नेतत्वमा एक दर्जन बढीको संख्यामा रहेका माओवादीका कार्यकर्ताले बोहराको पुर्नवहालीको माग राख्दै नगरमा तालाबन्दी गरेको हुन् ।
नगरका कार्यकारी प्रमुख प्रितिभक्त गिरीले आफ्नो मनोमानी रुपमा काम गरेको नगरमा अनेक किसिमका गलत कार्य गरेकाले हेमन्त बोहरालाई पुनर्बहाली र नगर कार्यकारी प्रमुख गिरीलाई कारबाही नभएसम्मलाई नगरमा तालाबन्दी जारी राखिने र थप अनन्दोलनका कार्यक्रमसमेत गरिने नगर ईन्चार्ज धर्मजित बोहराद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति उल्लेख छ ।