कालिकाको बदमासी : भएन मन्दिरको जीर्णोद्धार
Thursday, September 30th, 2021, 8:39 pm
Kalpristha
गोपाल बहादुर बुढाक्षेत्री
नेपालगन्ज, १४ असोज
नेपालगन्ज उपमहानगरपालिका-२ बागेश्वरी मन्दिर नजिकै रहेको एक सय वर्षभन्दा पुरानो मन्दिर जीणर् बनेको छ । सडक निर्माण गर्दा भत्काइएको संरचना पुनर्निमाण गर्न ढिलाई हुँदा मन्दिर जीणर् बनेको हो । दशै नजिकिँदै गर्दापनि मन्दिर निर्माणमा मन्दिर व्यवस्थापन समितिले कुनै चासो नदिएको र स्थानीय सरकारले पनि आफूहरुको माग नसुनेको स्थानीयले गुनासो गरेका छन् ।
स्थानीय लक्ष्मण काजी श्रेष्ठले बागेश्वरी मन्दिर हुँदै घरबारी टोलसम्मको सडक र मन्दिरदेखि जय बागेश्वरी स्कुल हुँदै सुर्खेत रोड निर्माण गर्दा मन्दिरको केही अंश भत्काइएको बताए । त्यतिबेला निर्माण कम्पनी कालीका कन्स्ट्रक्सनले मन्दिरको क्षति भएको भाग पुनर्निनिर्माण गरिदिने र मन्दिरको सौन्दर्यकरण पनि गरिदिने वाचा गरेको उनले बताए । तर सडक निर्माणपछि कम्पनीले मन्दिर छेउमा सटरका लागि बनाउन लागेका संरचना पनि अधुरै छाडिदिएको छ ।
दशैंमा विशेष पुजा गरिने एक सय वर्षभन्दा पुरानो उक्त काली माताको मन्दिरको जीर्णोद्धार नहुँदा आस्थावानहरुको चित्त दुःखेको स्थानीय हरिश्चन्द्र श्रेष्ठले बताए ।
मन्दिर व्यवस्थापन समितिले मन्दिरको एउटा सटर करिब तीन हजार पाँच सय रुपैयाँमा मासिक बुझाउनेगरी भाडामा दिएको थियो । उक्त भाडावाफत प्राप्त रकम बैंक खातामा जम्मा रहेको स्थानीयहरु दावी गर्छन् । तर व्यवस्थापन समितिले मन्दिरको आर्थिक अवस्थाको बारेमा पनि कुनैपनि जानकारी नदिएको स्थानीय एवं व्यवस्थापन समितिका पूर्व सदस्य जितेन्द्रकुमार अग्रवालले बताए ।
सडक निर्माण कम्पनी कालिका, मन्दिर व्यवस्थापन समिति र वडा कार्यालयमा समेत उक्त विषयमा जानकारी गराउँदा पनि कुनै चासो नदिएको स्थानीय बताउँछन् । समितिका सदस्य प्रदीप श्रेष्ठले पनि मन्दिरको जीर्णोद्धार गर्ने विषयमा पटक-पटक छलफल भएपनि कुनै चासो नदिएको बताए ।
उक्त मन्दिरसँगै भत्काइएका बागेश्वरी मन्दिर छेउछाउका मन्दिरहरु भने जीणर्ोद्धार भएर सौन्दर्यकरण पनि गरिसकिएको छ । अरु सबै मन्दिर बनिसक्दा पुरानो र ऐतिहासिक महत्वको मन्दिर नबाइएको भन्दै स्थानीयहरु रुष्ट भएका छन् ।
हाल काठमाडौंमा रहेका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्जय सिंहले कालिका कन्स्ट्रक्सनले मन्दिर जीणर्ाद्धार गरिदिन्छु भनेर ढाटेको टेलिफोनमा बताए । ‘अहिले आएर उसले हाम्रो काम सकियो । थप बनाउन सक्दैनौं भन्छ,’ उनले भने । अध्यक्ष सिंहले दशैंपछि व्यवस्थापन समितिले नै मन्दिरको जीर्णोद्धार गर्ने प्रतिबद्धता गरेका छन् ।