ईन्जिनियर बनेका विद्यार्थीको बिदाई
Monday, October 4th, 2021, 9:10 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ असोज
नेपालगञ्जको कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजम्याण्टले चौथो ब्याचका विद्यार्थीहरुलाई बिदाई गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी २०१६ मा भर्ना भई बीई सिभिल ईन्जिनियरिङका अध्ययन सकेका विद्यार्थीहरुलाई बिदाई गरिएको हो ।
कलेज सञ्चालक समितिका अध्यक्ष ईन्जिनियर किरणबहादुर शाहले शाहले आफुसं“ग भएको सम्पूणर् बुद्धि/विवेक सहिरुपमा प्रयोग गरी इन्जिनियरिङ तथा प्राविधिक दक्षताले देश बनाउन विद्यार्थीहरुलाई सुझाव दिए ।
कार्यक्रममा बोल्दै कलेज संचालक सदस्य डा. वेदराज केसीले ईन्जिनियरिङ विषय उत्कृष्ट भएकोले यसबाट आर्जन गरेको ज्ञान सिप र दक्षतालाई समग्र राष्ट निर्माणमा प्रयोग गर्न सकिने मात्रै नभई सामाजिक सेवामा समेत यस्तो शिक्षालाई लगाउन सकिने बताए । कार्यक्रममा कलेजका प्रिन्सिपल ईन्जिनियर विकास न्यौपानेले समेत बोलेका थिए ।
विद्यार्थीहरुलाई कलेज संचालक समिति अध्यक्ष शाह, कलेज संचालक समिति सदस्य डा. केसी र प्रिन्सिपल न्योपानेले दोसल्लाह ओढाएर मायाको चिनोसहित बिदाई गरेका थिए । २०१३ बाट स्थापना भएको पश्चिम नेपालको एकमात्र उक्त कलेजले बीई सिभिल ईन्जिनियरिङमा देशकै उत्कृष्ट नतिजा सहित चौथो ब्याचका विद्यार्थीहरुलाई भव्यताका साथ विदाई गर्न सफल भएको हो । कलेजमा यस वर्षबाट पोखरा विश्वविद्यालयबाट मान्यता प्राप्त चार वर्षे बीई आईटी कक्षा पनि सञ्चालन गरिएको कलेजका प्रशासन प्रमुख मनोज रेग्मीले जानकारी दिएका छन् ।