क्युएफएक्स हल दशैंपछि खुल्ने
Tuesday, October 5th, 2021, 5:30 am
Kalpristha
कालपृष्ठ समाचारदाता
असोज १८ नेपालगन्ज
नेपालगन्जमा सिनेमा हलमा सन्नाटा छाएको १८ महिना पुगिसकेको छ । कोरोना महामारीपछि बन्द रहेका सबै क्षेत्र खुला हुँदा सिनेमा हल खुल्ने टुंगो अझै लागेको छैन । दशैंअघि हल खुल्ने आशामा बसेका सिनेमा प्रेमीहरुले अझै केही समय कुर्नुपर्ने भएको छ ।
काठमाण्डु उपत्यकाका क्युएफएक्स हलहरु असोज २१ गते घटस्थापनाको दिन देखि संचालनमा आउने भएका छन् । नेपालगन्जस्थित सिनेमा हलहरु दशैंपछि मात्रै खुल्ने भएका छन् । नेपालगन्जको एकमात्र क्युएपएक्स हल बागेश्वरी तिहार अघि सन्चालनामा आउने हलका लेखा प्रमुख सकिल अहमदले जानकारी दिएका छन् ।
अहिले नेपालगन्जका दर्शकले रुचाउने किसिमको चलचित्रहरु नआएका कारण हल दशंै अगाडि संचालन नगरिएको बताइएको छ ।
काठमाण्डु उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले भदौ १७ गते बाट सुरक्षाका मापदण्ड अपनाएर सिनेमा हल सन्चालनका लागि बाटो खुल्ला गरिएको थियो । यस्तो निणर्य लिएको धेरै समय बितिसक्दा पनि देशका सिनेमा हलहरु खुलेका थिएनन् ।
सिनेमा हल संचालनमा ल्याइएमा करोना विरुद्ध सरकारको निति नियम र सोसल दिस्टेन्ड, माक्सको अनिवार्य प्रयोग, हललाई स्यानीटाइज गर्ने लगायतका सावधानीहरु अपनाइने बागेश्वरी क्युएपएक्सका लेखा अधिकृत अहमदले बताएका छन् ।