मन्त्री हमाललाई नगरपालिकाको सम्मान
Wednesday, October 20th, 2021, 7:44 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ कात्तिक
लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू-सरक्षण मन्त्री सुरेन्द्र हमाललाई नेपालगन्ज उप-महानगरपालिकाले स्वागत तथा सम्मान गरेको छ । उप-महानगरपालिकाका नगर प्रमुख डा. धवलसम्शेर राणा, उपप्रमुख उमा थापामगर, विभिन्न वडाका जनप्रतिनिधी तथा कर्मचारीले एक कार्यक्रमबा बीच स्वागत तथा सम्मान गरेका हुन् ।
उक्त अवसरमा उपमहानगरपालिकाले नेपालगन्ज र बाँकेमा बोटानिकटल पार्क, जडिबुटी प्रशोधन केन्द्र, बागेश्वरी मन्दिर पार्कको स्तरउन्नती लगायत माग मन्त्रीसमक्ष राखेको छ । मन्त्री हमालले उपमहानगरपालिकाबाट प्रस्तुत मागहरु पुरा गर्ने मन्त्री हमालले प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री हमालले नेपालगन्जवासीले दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ पुरा गर्ने प्रतिबद्धता जनाए । लुम्बिनी प्रदेशका ठूला शहरलाई हरित शहर बनाउन योजना बनाईरहेको उनले सुनाए ।
नगर प्रमुख डा. राणाले यसअघि प्रदेश सरकारले नेपालगन्जलाई विभेद गरेको भन्दै अब नगरबासी मन्त्री भएपछि उपमहानगरले प्राथमिकता पाउने आशा र अपेक्षा राखेको बताए । नेपालगन्जमा रहेका तालहरुको स्तरउन्नती गरी वातावरण संरक्षण गर्नुपर्ने, प्रदुषण न्यूनीकरण गर्नुपर्ने, पार्क निर्माण लगायत विभिन्न खालका विकास निर्माणका योजना प्रस्तुत गर्दै नगर प्रमुख राणाले प्रदेश सरकारबाट ठुलो अपेक्षा राखिएको धारणा राखेका थिए ।
यस्तै उप-प्रमुख थापाले नेपालगन्जबाट निर्वाचित सांसद मन्त्री भएपछि नेपालगन्जवासीका अपेक्षा बढेको र विकासले पनि गति लिने विश्वास गरिन् ।