मन्त्री हमाललाई प्याब्सन नेपालगन्जको सम्मान
Sunday, October 24th, 2021, 2:58 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ कात्तिक
निजि विद्यालयहरुको संस्था प्याब्सन नेपालगन्जले आइतबार लुम्बिनी प्रदेशका वन, वातावरण तथा भुसंरक्षण मन्त्री सुरेन्द्र हमाललाई सम्मान गरेको छ । नेपालगन्जमा भएको कार्यक्रममा प्याब्सन नेपालगन्जका अध्यक्ष विकास बज्राचार्यले सम्मान कार्यक्रममा ओलम्पिन एवम् वन मन्त्री हमाललाई निजि विद्यालयले भोग्नु परेका समस्याहरुका बारेमा जानकारी गराएका थिए ।
मन्त्री हमालले शिक्षा क्षेत्र आफनो कार्यक्षेत्रमा नपरेपनि त्यसका समस्या समाधानका लागि प्रदेश सरकार संसद मार्फत सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले भने,‘म धेरै कुरा गर्छु भनेर भन्दिन । मेरो क्षेत्र शिक्षा होइन । तर पनि म शिक्षा क्षेत्रको समस्या समाधानका लागि केहि सहयोग गर्छु । समस्या सबै समाधान गर्छु भनेर त म भन्दिन । थोरै भएपनि सकारात्मक परिवर्तन गर्ने कुरामा म सधै अग्रसर भएर लाग्छु ।’

नेपालगन्जको सुनाखरी रेष्टुरेन्टमा भएको कार्यक्रममा बाँकेका निजि विद्यालयका अध्यक्ष, प्रिन्सिपल लगायतले मन्त्री हमाललाई बधाई दिदैं सफल कार्यकालका लागि शुभकामना पनि दिएका थिए ।
प्याब्सन नेपालगन्ज कार्यसमितिका उपाध्यक्ष नरेन्द्र श्रेष्ठले स्वागत गरेको कार्यक्रममा प्याब्सन केन्द्रिय प्राज्ञिक सल्लाकार डा. राजेश केशर खनाल, प्याब्सन लुम्बिनी प्रदेश उपाध्यक्ष ऋषिकेश जिसी, नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ वडा सदस्य एवम युवा नेता तरुण बज्राचार्य, प्याब्सन बाँके अध्यक्ष राजेन्द्र आर्चाय, कोहलपुर प्याब्सन अध्यक्ष गोविन्द सुवेदी, खजुरा व्याब्सन अध्यक्ष दिनेश शर्मा, प्याब्सन बाँके पुर्व अध्यक्ष कमला डिसी, समाजसेवी एवम् एबिसी स्कुलकी संचालक शसी स्वाँर, शिक्षाकर्मी सुनिल गुप्ता लगायतले मन्त्री हमाललाई स्वागत तथा सम्मान गरेको प्याब्सन नेपालगन्जका सचिव मान बहादुर थापाले बताए ।