डेढ करोड लगानीमा केयर सिटी हस्पिटल सन्चालनमा
Monday, October 25th, 2021, 8:36 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ कात्तिक
नेपालगन्ज उप-महानगरपालिकामा निजी क्षेत्रको लगानीमा हस्पिटलहरु खुल्ने क्रम बढेको छ । स्वास्थ्य उपचारको हब नेपालगन्जमा करोडौँको लगानीमा नयाँ अस्पतालहरु सन्चालनमा आइरहेका छन् । यसैबिच, नेपालगन्ज-१८ भुजइगाउँ नजिकै डेढ करोडको लागतमा सोमबारदेखि केयर सिटी हस्पिटल तथा रिसर्च सेन्टर संचालनमा आएको छ ।
बालरोग विशेषज्ञ डा. विष्णुकुमार थापाले उक्त अस्पताल संचालनमा ल्याएका हु्न् । अस्पतालको एक कार्यक्रमकाबीच डा. थापाका हजुरबुवा ८७ वर्षीय सन्तबहादुर थापाले गरेका थिए । तत्कालका लागि ओपिडी, इमरजेन्सीसहितको सेवा दिने गरी १५ वेडको अस्पताल संचालनमा ल्याइएको थापाले जानकारी दिए ।
उक्त अस्पतालले एकसाता भित्र चौबिसैं घण्टा सेवा दिने अस्पतालका कार्यकारी निर्देशक डा. थापाले बताए ।
अस्पतालमा सबै खाले सेवा दिने तयारी छ । एक महिनाभित्रै भिडियो एक्स रे, एक्स रे, ल्याब, अक्सिजनसहितको सेवा दिइने जनाइएको छ । चौविसैं घण्टा मेडिकल अधिकृत रहने यो अस्पतालमा जनरल फिजिसियन सेवा डा. दृष्टि शाह, सर्जन डा. सुरेश थापा, इएन्टी सर्जन डा. आनन्द झा, गाइने सेवा डा. राजन महतलगायतले दिने बताइएको छ । संचालक डा. थापाले बालबालिकालाई सेवा दिनेछन् ।