बाँकेमा ८ बजेपछि देउसीभैलो खेल्न नपाइने
Wednesday, November 3rd, 2021, 5:43 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ कात्तिक
बाँकेमा यसवर्षको तिहारमा राती ८ बजेपछि देउसीभैलो खेल्न नपाइने बताएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बाँकेमा रातको ८ बजेपछि देउसीभैलो खेल्न निषेध गरिएको जानकारी दिए ।
शान्ति सुरक्षा प्रदान गर्न रातीको समयमा देउसी भैलो खेल्न निषेध गरिएको उनले बताए । जिल्लामा रहेका सबै धार्मिक गुरु, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायको संयुक्त बैठकले रातीको समयमा देउसीभैलो खेल्नु सुरक्षाका दृष्टिकोणले उपयुक्त नहुने भएकोले ८ बजेको समयसीमा निर्धारण गरेको प्रजिअ खत्रीले जानकारी दिएका छन् । प्रजिअ खत्रीले देउसी भैलो खेल्ने समयको निधारण सर्वसम्मतिबाट गरिएको बताएका छन् ।
जिल्लामा एकीकृत सुरक्षा योजना लागु गरिएको पनि प्रजिअ खत्रीले बताएका छन् । तिहारमा पटाका पड्काउन र बिक्रीवितरण गर्न पूणर्रुपमा निषेध गरिएको, चेकजाँचमा कडाई र संभावित झैझगडा हुने क्षेत्रमा उच्च निगरानी पनि सुरु गरिएको उनले बताए ।
तिहारलक्षित सुरक्षा योजनामा सबै सुरक्षा निकायहरु अलर्टमा राखिएको उनको भनाइ छ ।