निन्जा इन्फोसिसले लियो ‘नेपालगन्ज स्पिच कम्पिटिसन’ को टाइटल स्पोन्सर
Monday, November 22nd, 2021, 6:57 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ मंसिर
नागरिक समाजले आयोजना गर्न लागेको नेपालगन्ज स्पिच कम्पिटिसन २०७८ को अनलाइन संस्करणको टाइटल स्पोन्सर निन्जा इन्फोसिसले लिएको छ । स्पिच कम्पिटिसनका संयोजक रामु ओलीका अनुसार अब नेपालगन्ज स्पिच कम्पिटिसनको टाइटल निन्जा नेपालगन्ज स्पिच कम्पिटिसन रहने छ ।
सोमबार निन्जा इन्फोसका प्रबन्ध निर्देशक रमेश क्षेत्री र नेपालगन्ज स्पिच कम्पिटिसनका कार्यक्रम संयोजक ओलीबीच निन्जा इन्फोसिस टाइटल स्पोन्सको रुपमा रहने गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।
वाक कलामा दखल राख्ने एवम् क्षमता भएकाहरुलाई लक्षित गर्दै अनलाइन डिजिटल पत्रिका नागरिक समाज डटकमले विगतका दिनदेखि नै स्पिच कम्पिटिसन गराउँदै आएको छ । त्यस्तै निन्जा आइटीको क्षेत्रमा पश्चिम नेपालमा आफ्नो छुट्टै स्थान र पहिचान बनाउन सफल संस्था हो ।
यसअघि गत वर्ष भोतिक उपस्थितिमा स्पिच कम्पिटिसन गराइएको संयोजग ओलीले बताए । ओलीका अनुसार गतवर्ष १८ जनाको सहभागिता रहेको उक्त कम्पिटिसनको फाइनलमा १० जना प्रतिस्पर्धी पुगेका थिए । ओली यस वर्ष ३० बढी व्यक्ति कम्पिटिसनमा सहभागिता जनाउने बताउँछन् ।
यसभन्दा अघिको संस्करणमा भौतिक उपस्थितिमा कम्पिटिसन गराइएको भएता पनि यस वर्ष भने अनलाइन माध्यमबाट गराइने ओलीले बताए ।
स्पिच कम्पटिसनको समय र पुरस्कारबा विषयमा छिट्टै पत्रकार सम्मेलन गरी जानकारी गराइने ओलीले बताए ।