कोभभिडविरुद्ध ‘सिड मनी’ परियोजना संचालन
Monday, November 22nd, 2021, 7:19 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ मंसिर
विश्वव्यापीरुपमा प्रभाप पारेको कोभिडको प्रभाव अझैपनि नेपालगन्जका देखिनै रहेको छ । नेपालगन्जमा कोभिडको प्रभाव कम भएसँगै जिल्लावासीमा मास्क प्रयोग, सामाजिक दूरी जस्ता विषयलाई बेवास्ता गरेको पनि देख्न सकिन्छ ।
त्यस्तै नेपालगन्ज उप–महानगरपालिकाभित्र कतिपयि वडाहरुमा अझैपनि कोभिडविरुद्धको खोप लगाउन मानिसहरु हिचकिचाई रहेको अवस्था रहेको छ । यसै विषयलाई लिएर सामाजिक विकास मंच(एसडिएफ)ले विगतका दिनदेखिनै कोभिड न्यूनिकरण गर्नका लागि विभिन्न कार्यक्रम संचालन गर्दै आई रहेको छ ।
सोमबार एसडिएफका कार्यक्रम संयोजक शिवानी भट्टराई र जिल्ला युवा क्लब संजालका अध्यक्ष आशिस बर्माबीच सिड मनी परियोजनाको सम्झौता भएको छ । उक्त परियोजना अन्तर्गत युवा क्लबले डिसेन्बर अन्तिमसम्म नेपालगन्जका विभिन्न वडामा पुगेर कोभिडविरुद्धका क्रियाकलापका बारेमा अभिमूखिकरण दिनेछन् ।
संयोजक भट्टराईका अनुसार सिड मनी परियोजनाअन्तर्गत युवा क्लबले प्रत्येक घरहरुमा गएर घर भेला गर्ने, अभिमूखिकरण दिने, मास्क तथा सामाजिक दूरीका विषयलगायत खोपका बारेमा कार्यक्रम संचालन गर्नेछन् । भट्टराई नेपालगन्ज उप–महानगरपालिकाका वडा नम्बर ८, ११, १५, २१ लगायतका क्षेत्रमा कार्यक्रम संचालन रहने छ ।
‘अहिले समाजमा फैलिरहेको कोभिड–१९ खोपविरुद्धको भ्रम, मिथ्या र अफ्वाहलाई हटाइ मानिसहरुलाई खोप लगाउन प्रेरित जस्ता क्रियाकलापलाई सि मनीले सहयोग गर्नेछ,’ भट्टराईले भनिन् ।
एसडिएफले गत अक्टोबर २०२१ बाटनै सेव द चिल्ड्रेनसँगको साझेदारीमा नेपालगन्ज उप– महानरपालिका भित्र कोभिडविरुद्ध धेरै कार्यक्रम संचालन गर्दै आई रकेको छ । एसडिएफले नगरस्तरका बाल क्लब, युवा क्लब, धर्म गुरु, स्वस्थाकर्मी र नगरस्तरका अन्य सरोकारवालासँगको समन्वयमा विभिन्न कार्यशाला गोष्ठी, सिखाई तथा क्रियाकलापलाई, समुदायस्तरमा कार्यान्वयन गर्नका निम्ती कार्ययोजना निर्माण, टोल समाजमा माइकिङलगायतका कार्यक्रम सम्पन्न गरेको छ ।