डोल्पामा देउवा प्यानल विजयी
Wednesday, November 24th, 2021, 7:52 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, ८ मंसिर
बुधवार सम्पन्न नेपाली कांग्रेस डोल्पाको जिल्ला अधिवेशनवाट दीपेन्द्रबहादुर शाही सभापतीमा निर्वाचित भएका छन । शाही दुई सय ३७ मत ल्याएर विजयी भएका हुन । तत्कालिन सभापती अंगतकुमार बुढालाई ७९ मतले पराजित गर्दै शाही विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी बुढाले एक सय ५८ मत ल्याएर पराजित भएका छन् । सभापतीकै प्रत्यासी अर्का उम्मेदवार गौरीशंकर उपाध्यायले २३ मत र दुधकुमारी हमालले ११ मत प्राप्त गरेका छन् । दुई सिट रहेको उप सभापतीमा दुई सय ४४ मत सहित पुणर्बहादुर शाही विजयी बनेका छन् । यसैगरी लवकुमार शाही पनि दुई सय १० मत ल्याएर विजयी बनेका छन् । उपसभापती पदका प्रत्यासी श्यामबहादुर रोकाया दुई सय मत ल्याएर पराजित भएका छन् । यसैगरी सचिव पदमा हिक्मतबहादुर शाही दुई सय ४० मत र दशरथ बुढाले २ सय ५० मत ल्याएर दुवैजना निर्वाचित भएका छन् । सचिव पदका प्रतिस्पर्धी सुवास कठायतले १ सय ३५ र जनकबहादुर रोकायाले ८८ मत ल्याएर पराजित बनेका छन । सहसचिवमा लक्ष्मण शाहीले २ सय ३१ र सुरेन्द्र प्रसाद महतले २ सय ६० मत ल्याएर विजयी बनेका छन् । सहसचिवमा दिलकुमार रोकाया १ सय ५० मत ल्याएर पराजित भएका छन् ।