बाँके जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हुने
Saturday, November 27th, 2021, 4:07 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ मंसिर
मंसिरको २४ गतेदेखि बाँके जिल्लास्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । नेपाल आइटिएफ तेक्वान्दोसंघ बाँकेको आयोजनामा नेपालगन्ज रङ्गशालाको कर्बडहलमा प्रतियोगिता हुने शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
नेपाल आइटिएफ तेक्वान्दो संघ बाँकेको समन्वय र नेपाल आइटिएफ तेक्वान्दो संघ लुम्बिनी प्रदेशको व्यवस्थापनमा प्रतियोगिता सम्पन्न गरिने सम्मेलनमा जानकारी दिइयो । संघका लुम्बिनी प्रदेश अध्यक्ष वीरेन्द्र शाहीले प्रतियोगितामा बाँके जिल्ला भरका र नेपालगन्जका २३ वटै वडाहरुबाट तीन सय तीस खेलाडीहरुको सहभागी रहने छ । दुई दिन चल्ने प्रतियोगिता सम्पन्न गर्न अनुमानित पाँच लाख ३० हजार रुपैयाँ आवश्यक पर्ने कार्यक्रममा जानकारी दिइयो ।
खेलमा भाग लिनका निम्ति कुनै प्रकारको शुल्क नलाग्ने नेपाल आइटिएफ तेक्वान्दो संघ बाँकेका अध्यक्ष्य रञ्जित गिरीले जानकारी दिएका छन् । प्रतियोगितामा आइटिएफ तेक्वान्दोका प्याटन र गेरोगी(फाइट) दुईवटै विद्या समावेश गरिएको छ ।
प्रतियोगितामा २० केजी माथि समुहदेखि ७० केजी मुनी समुहका महिला पुरुष खेलाडीहरुले भाग लिन पाउने छन् । प्रतियोगितामा जित हात पार्न सफल खेलाडीहरुलाई नगद पुरस्कारसहित मेडेल र प्रमाणप्रत्र प्रदान गरिने तेक्वान्दो संघ बाँकेका अध्यक्ष रन्जित गिरीले जानकारी दिए । बाँके जिल्लाका युवाहरुमा खेलकुदको विकास र विस्तारका लागि एवम् खेलाडीका प्रोत्साहन गर्ने उद्धेश्यका साथ जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरेको आयोजकले जनाएको छ ।