कक्षा १२ को नतिजा प्रकाशित
Friday, December 3rd, 2021, 2:32 pm
Kalpristha
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । तीन लाख ७५ हजार १५ जना परीक्षामा सहभागी भएकोमा सात हजार ६३ जना परीक्षार्थीले ‘ए प्लस’ ल्याएर उतीणर् भएका छन् । ४० हजार २३९ जनाले ‘ए’ जीपीए ल्याएका छन् ।
७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’, ९९ हजार ५५३ जनाले ‘बी’, ७५ हजार ८८ जनाले ‘सी प्लस’ र २४ हजार ५१५ जनाले ‘सी’ जीपीए ल्याएका छन् ।
तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’ ल्याएका छन् भने ‘डी’ जीपीए ल्याउने परीक्षार्थीको संख्या २९६ छ । १० हजार ७३ जनाले ‘ई’ जीपीए ल्याएका छन् ।
कोभिड-१९ संक्रमणका कारण परीक्षा दिन छुटेका विद्यार्थीले भने गत बुधबारदेखि परीक्षा दिइरहेका छन् । बोर्डका अनुसार परीक्षामा ४१ विद्यार्थी सहभागी छन् । उनीहरूको परीक्षा सकिएको १० दिनभित्र प्रकाशित गरिनेछ । बोर्डले एक जना परीक्षार्थीको परीक्षा रद्द गर्नुका साथै ११ हजार ४९० जनाको परीक्षाफल स्थगित गरेको जनाएको छ । कक्षा ११ को प्राप्ताङ्क नभएका र कक्षा १२ को आन्तरिक मूल्याङ्कनको अंक प्राप्त नभएका परीक्षार्थीहरुको सम्बन्धित विषयको परीक्षाफल स्थगित गरिएको बोर्डले जानकारी दिएको छ ।
आंशिकतर्फ ३१ हजार ५५ सहभागीमध्ये ८१.४३ प्रतिशत परीक्षार्थी उत्तीणर् भएका छन् । २५ हजार २८८ जना उत्तीणर् भएका छन् । ग्रेड वृद्धितर्फ ९१ ह्जार ९०० सहभागी मध्ये दुई हजार ८८२ परीक्षार्थीको परीक्षा स्थगित गरिएको छ ।
कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।