‘एचसीआरसी’को वार्षिक समीक्षा सम्पन्न
Friday, December 3rd, 2021, 3:12 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
बर्दिया, १६ मंसिर
सूचना र मानव अधिकार अनुसन्धान केन्द्र (एचसीआरसी) बाँकेको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । त्यस अवसरमा संस्थाले ५ वर्षको अवधिमा बाँके र बर्दियामा नितिगत सुधारको निम्ति दुई ४५ वटा कार्यक्रम गरुेको जनाएको छ । त्यसमध्ये बर्दियामा एक सय ११ वटा र बाँकेमा एक सय १३ वटा गरेको छ भने एउटा वटा दाङ जिल्लामा समेत गरेको संस्थाका कार्यक्रम संयोजक टेकनाथ आचार्यले जानकारी दिए ।
संस्थाले यस अवधिमा स्थानीय तहहरुमा सूचनाको हकअनुसार पाँच सय २५ वटा सूचना माग गरेको छ भने ५० वटा विभिन्न सार्वजनिक मुद्धाहरु उठान गरेको छ ।
समीक्षा कार्यक्रममा इक्वेल एक्सेसका मिडिया अफिसर सोहम सुवेदीले सूचना र मानव अधिकार अनुसन्धान केन्द्रसँग समन्वय गरेर गरिरहेका कार्यक्रमका विषयमा जानकारी गराएका थिए । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वाजित तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा बाँके र बर्दियाका जनप्रतिनिधि, मानवअधिकारकर्मी, परियोजनासँग सम्बन्धी विभिन्न समूहका पदअधिकारी, नागरिक समाजका अगुवा र पत्रकारहरुको सहभागिता रहेको थियो ।
संस्थाले सन् २०१७ देखि निरन्तर रुपमा पाँच वर्षसम्म बाँकेको डुडुवा गाँउपालिका र बर्दियाको बढैयाताल गाँउपालिकामा मानवअधिकार तथा सुशासन सम्बन्धी काम गर्दै आएको छ । साथसाथै संस्थाले शिक्षा, स्वास्थ्य, कृषि र विपद व्यवस्थापनमा देखिएका समस्याको विषयमा पालिकामै बिभिन्न समुहहरु रेडियो श्रोता समुह, स्थानीय सभा, साझेदारी मन्च र जिल्लामा साझा सभा गठन गरेर छलफल गर्ने गर्दछ ।