उपचार सहयोगका लागि याचना
Saturday, December 4th, 2021, 7:17 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ मंसिर
नेपालगन्ज मेडिकल कलेज शिक्षण अष्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज-१३ निवासी प्रकाश सिंहको उपचारमा खर्च बढने भएपछि आर्थिक सहयोगको अपील गरिएको छ । गम्भीर घाईते भई टाउकोमा रगत जमेकाले शुक्रबार शल्यक्रियामार्फत रगत झिकिएपनि होस नखुलेकाले भेण्टिलेटरमा राखिएको छ । दुई हप्ताअघि गम्भीर घाईते भई लखनउमा उपचार गरिएपनि खर्च धान्न गार्हो भएपछि भेरी अस्पतालको आपतकालिन कक्षमा ल्याई उपचार गरिएको थियो ।
लखनउमै लाखौं रुपैया खर्च भईसकेको र अझैं कती खर्च हुने हो यकिन नभईसकेकोले परिवारले आर्थिक सहयोगको अपील गरेको हो । ३२ वर्षिय एकल छोरा प्रकाश नै बेहोशी अवस्थामा पुगेपछि विधुवा आमा विक्षिप्त भएकी छन् । घरमा भएको कर्जा समेत गरेर सके जतिको खर्च परिवार र आफन्तबाट व्यहोरिसकिएको बताइएको छ । अब लाग्ने उपचार खर्च धान्न सकिने अवस्था नरहेको भन्दै आमा बीमला सिंहले आर्थिक सहयोग गरिदिएर छोरा बचाईदिन याचना गरिन् ।
घरको आर्थिक स्थिति कमजोर रहेकाले सहयोगको अपील गरिएको घाईते सिहंकी सानी आमा मिनासिंह ठकुरीले जानकारी दिइन् । सहयोग गर्न इच्छुक दाताले मिना सिंह ठकुरी (मो न ९८४८०२०६९५) सागरसिंह ठकुरी (मो न ९८५१०३९४२७) मार्फत सहयोग गर्न सकिन्छ । साथै सोझै बैंक र ई-सेवामार्फत सहयोग गर्न चाहनेहरुका लागि मीना सिंह ९mष्लब कष्लनज), ( माछापुच्छे्र बैंक लिमीटेड एकाउन्ट नं. (३४३६५२४७९३०३००१४) र ई-सेवाआईडी (भकभधब ष्म) ९८४८०१८८२७ पनि सार्वजनिक गरिएको छ ।